Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटक नआउँदा सुनसान,नाढीमन ताल घोषणामै सीमित
पर्यटक नआउँदा सुनसान,नाढीमन ताल घोषणामै सीमित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २८, २०८२

बरहथवा-  सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ र ७ मा अवस्थित ऐतिहासिक, प्राकृतिक तथा धार्मिक पर्यटकीयस्थल नाढीमन ताल अहिले सुनसान बनेको छ । पर्यटनको ठूलो सम्भावना बोकेको यस ताल अलपत्र पर्दा पर्यटकको आगमन शून्य बनेको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको देशका उत्कृष्ट १०० भ्रमण स्थलमा पर्न सफल यस क्षेत्रमा पर्यटक नआउँदा स्थानीय व्यवसायीसमेत पलायन भएका छन् । चन्द्रनगर गाउँपालिका–७, निवासी ४५ वर्षीया ललिता भगतले नाढीमन ताल नजिकै कस्मेटिक पसल सञ्चालन गरेका छन्  ।ताल घुम्न आउने पर्यटकलाई लक्षित गरेर उनले सञ्चालन गरेको पसल नचलेपछि उनी चिन्तामा छन् । उनले यस ठाउँमा पसल चलाउनुभएको १० वर्ष हुन लाग्यो । उनका अनुसार सुरुमा पसल राम्रो चलेको थियो । दैनिक पाँच हजार रुपैयाँसम्मको व्यापार हुने गरेको थियो ।

यस तालमा नेपालसहित भारतको विभिन्न स्थानबाट पर्यटकसमेत आउने गरेका थिए । पर्यटकको सेवाका लागि भनेर ताल परिसरमा होटलसहित विभिन्न पसल व्यवसाय सञ्चालनमा पनि आए । तर, २०७२ सालमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत नेपाली सेनाले सरसफाइसँगै निर्माण गरिदिएको संरचनामा जीर्ण भएपछि तालको अवस्था उस्तै बनेको हो ।

विसं २०७३ असारमा आएको बाढीले सदरमुकाम मलङ्गवाबाट तालसम्म पुग्ने केही सडक बगाएपछि अवस्था थप बिग्रिएको हो । तालसम्म पुग्ने सडकको दुरावस्थाकै कारण भारततर्फबाट पर्यटकहरू आउन छाडेका स्थानीयको कथन छ । क्रमिक रुपमा ताल व्यवस्थापन तथा प्रचारप्रचारमा समेत अस्तव्यस्तता देखिएपछि तालसम्म आउने आन्तरिक तथा बाह्य दुवै किसिमका पर्यटक घटेका उनले बताए ।

Ncell
Hardik health

तालसम्म पुग्न नेपाल–भारत सीमास्थित भारतको सोनवर्षा बजारबाट १२ किलोमिटर र पूर्वपश्चिम लोकमार्गबाट पनि उत्तिनै दूरी तय गर्नुपर्छ । दुवैतर्फको सडकमा अहिले पनि केही भाग कच्ची सडक छ । यसले गर्दा पर्यटकहरूले सास्ती व्यहोर्नुपर्ने बाध्यता छ । व्यवस्थित सडक सञ्जाल नभएकै कारण यस क्षेत्र ओझेलमा परेको स्थानीयको दाबी छ । “यसको विकास नभएकै कारण एकपटक आएका पर्यटक फर्केर आएनन्”, उनले भने, “सम्भावना देखेर सुरु गरेको व्यवसायसमेत चौपट भयो । हामीलाई दैनिकी गुजार्नसमेत धौधौ छ ।” पालिकाको आन्तरिक बजेट नभएकाले गर्दा यस क्षेत्रको विकासका लागि सङ्घ वा प्रदेश सरकारले लगानी गर्नुपर्ने उनले बताए । 

छिमेकी पालिका बागमतीमा केही समय पहिला निर्माण गरेको कृत्रिम भरत ताल गुल्जार हुँदा प्राकृतिक नाढीमन पर्यटकको नजरमा नपरेको उनले दुःखेसो पोखे । पर्यटक आउन छाडेपछि अहिले दिनमा पाँच सय रुपैयाँको पनि व्यापार नहुने भगतको भनाइ बताए । ताल व्यवस्थित भए यस क्षेत्रका सयौँ व्यक्ति स्वरोजगार हुने अर्का स्थानीय महेन्द्र कापरले आशा ब्यक्त गरे । 

चन्द्रनगर गाउँपालिका–६, निवासी उनले सोही ताल किनारमा रहेको मरिचिमानेश्वर महादेव मन्दिरमा पुजारी छन्  । यस ऐतिहासिक स्थलको प्रवद्र्धनमा जनप्रतिनिधिसमेत उदासिन बनेका उनको गुनासो छ । “कसैले ध्यान नदिएका कारण यो अलपत्र परेको छ”, कापरले भने, “दुई वडामा यो ताल छ । दुवै वडाले अहिलेसम्म एक रुपैयाँ बजेट हालेका छैनन् ।” 

यस ऐतिहासिक, प्राकृतिक तथा धार्मिक सिमसार क्षेत्रका रुपमा रहेको नाढीमन ताललाई कुनै सरकारले नहेरेको चन्द्रनगर गाउँपालिका–७, निवासी बेचु साहले गुनासो गर्नुभयो । सङ्घ सरकारले पनि घोषणा गर्नेबाहेक केही नगरेको उनको तर्क छ । “घोषणा गरेर मात्र केही हुँदैन”, उनले भने, “विकास गर्नुपर्छ, लगानी गर्नुपर्छ, ताललाई पर्यटकको रोजाइको केन्द्र बनाउनेतर्फ ध्यान गएको छैन ?”

यस क्षेत्रको आर्थिक, समाजिक, धार्मिक तथा सांस्कृतिक विकासको लागि एकमात्र उपाय तालको विकास भएको साहले ठोकुवा गर्नुभयो । ताल व्यवस्थापन मात्र हुने हो भने यहाँका हजारौँले रोजगारी पाउने, स्थानीयको आयआर्जन बढ्ने, स्थानीय तहदेखि प्रदेश र सङ्घ सरकारलेसमेत ठूलोमात्रामा राजस्व आर्जन गर्ने बलियो स्रोत बन्ने उनले सुनाए । अस्तव्यस्तताले चन्द्रनगरवासी सुनको अण्डा बोकेको भिखारी देखिएको उनको कथन छ ।

माछापालका लागि ताल ठेक्का लगाएर मात्र यस पालिकाले बर्सेनि करोड बढी राजस्व सङ्कलन गरिरहेको थियो । तर, राजनीतिक खिचातानीका कारण बढेको आन्तरिक कलहपछि आन्तरिक राजस्वमासमेत ठूलो असर परेको छ । पछिल्लो समय पालिकाले तालको विकासको लागि चौतर्फी पहल गरिरहेको पालिका अध्यक्ष राजकुमार महतोले बताए ।आफू निर्वाचित भएर आएपछि सबैभन्दा सुरुमा तालको अतिक्रमण हटाउन पहल थालेको अध्यक्ष महतोको भनाइ छ । यस तालको पुरानो क्षेत्रफल ५२ बिघा रहेको स्थानीयको दाबी रहेपछि अतिक्रमणका कारण हाल यस ताल ३५ बिघा क्षेत्रफलमा खुम्चिएको छ । यसले ताललाई आकर्षक बनाउने र पर्यटक पहिलाको भन्दा धेरै आउन सुरु गर्ने उनले विश्वास व्यक्त गरे ।

आफूले पालिकाकोतर्फबाट मधेस र सङ्घ सरकारसँग यस क्षेत्रको विकासका लागि पहल गर्दा कुनै सुनुवाइ नभएको उनको गुनासो छ । निकै पहलपछि मधेस प्रदेश सरकारले ताललाई प्रदेश गौरवको आयोजनाका रुपमा समावेश गर्ने र सङ्घ सरकारले १०० उत्कृष्ट घुम्नैपर्ने स्थानका रुपमा सूचीकृत गर्नेबाहेक कुनै काम नगरेको उहाँको भनाइ थियो । पालिका आफैँले भने तालको इतिहासको खोजी, अध्ययन र दस्तावेजीकरणको कार्य अगाडि बढाएको छ ।

गाउँपालिका अध्यक्ष महतोका अनुसार ठेकेदारले माछा निकाल्न भन्दै २०८० मा पोखरीको पानी सबै सुकाएपछि ताल गौचरणमा परिणत भएको थियो । त्यसपछि झन पर्यटकमा नराम्रो छाप परेको उनको दाबी छ । तालको दिगो विकास र प्रवद्र्धनको उद्देश्य राखेर पालिकाले वृक्षरोपण तथा सरसफाइलगायत कार्यलाई सञ्चालनको तयारी गरेको जनाएको छ । 

ताल परिसरमा प्रत्येक वर्ष भव्य महोत्सव लाग्ने गरेको स्थानीय महन्त महेन्द्र कापरले बताउनुभयो । मेलामा नेपालसँगै भारतको विहार राज्यका विभिन्न जिल्लाबाट धार्मिक पर्यटकको ओइरो लाग्ने गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तालमा सञ्चालनका लागि पाइडल र मोटरबोटसमेत पालिकाले ल्याएको छ तर पर्यटक अभावमा प्रयोग हुन नसक्दा ती बोटहरु ताल किनारमा अलपत्र छ । यसैबीच हिन्दू धर्मग्रन्थ महाभारतमा उल्लेख भएको यक्ष दह नै चन्द्रनगरको नाढीमन ताल रहेको हुनसक्ने सम्भावनासहित पालिकाले यसको अध्ययन सुरु गरेको अध्यक्ष महतोले जानकारी दिए । 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? बुधबार, भदौ २४, २०८३
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या मंगलबार, भदौ २३, २०८३
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा सोमबार, भदौ २२, २०८३
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म मंगलबार, भदौ ९, २०८३
आहा, यस्तो पो झरना !
आहा, यस्तो पो झरना ! मंगलबार, भदौ ९, २०८३
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव सोमबार, भदौ ८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP