Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा ध्यानाकर्षण
मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा ध्यानाकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २८, २०८२

पाटन- आगामी मङ्सिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाई लागू गर्न नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले पार्टी कार्यालय सानेपामा ध्यानाकर्षणपत्र दर्ता गराएका छन् ।

पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणासहितका २५ केन्द्रीय सदस्यले आज पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेर १५औँ महाधिवेशन सम्पन्न गर्न समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न गर्नाका साथै २०८२ फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधानबमोजिम २०८२ मङ्सिरभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्न ध्यानाकर्षणपत्र दर्ता गराएका हुन् ।

ध्यानाकर्षणपत्र दर्तापश्चात् प्रतिक्रिया दिँँदै केन्द्रीय सदस्य राणाले पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन गर्दै जनविश्वास जित्नेगरी अगाडि बढ्न मध्यमार्गी बाटोका लागि ध्यानाकर्षणपत्र दर्ता गराएको बताए ।  “हामीले मध्यमार्गी बाटो अपनाएर अहिलेको समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हौँ, यो दबाब हैन, धारणा हो, हामीले पार्टीलाई एकबद्ध गराउन मध्यमार्गी बाटो खोजेका हौँ, मध्यमार्गी बाटो लिनुपर्छ र अधिकांश साथीहरूले जटिल अवस्था निम्त्याउनु हुँदैन भनेर धारणा राख्नुभएको छ, विशेष महाधिवेशन गर्दा जञ्जालमा फस्छौँ, मङ्सिर २९ अगावै १५औँ महाधिवेशनको सुरुआत गर्नुपर्ने धारणा राखेका छौँ,” उनले भने ।

Hardik health

केन्द्रीय सदस्य राणाले कांग्रेस केन्द्रीय समितिको मात्रै नभइ धेरै क्रियाशील सदस्य, पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताको समेत लगानी, मेहनत र अथक प्रयासले पार्टी जीवन्त रहेको धारणा राखे । “अहिले पार्टीमा विशेष महाधिवेशन र नियमित महाधिवेशन गरेर दुई धार आएका छन्, यी दुई धारबाहेक पनि हामीसँग धेरै विकल्प छन, महाधिवेशनको बाटो तय गर्नुपर्छ, चुनावअघि हामीसँग धेरै समय छैन, घोषणापत्र र पार्टीको अवधारणा तय पनि गर्नुपर्छ, त्यसका लागि समयबद्ध रुपमा काम गर्नुपर्छ,” उनले भने ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गरेर बुझाइएको ध्यानाकर्षणपत्रमा केन्द्रीय सदस्य राणासहित राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङ्गेलु शेर्पा, डा डिला सङ्ग्रौला, नानु बाँस्तोला, धना खतिवडा, अब्दुल रज्जक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सतार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का र नारायणबहादुर कार्कीले हस्ताक्षर गरेकाे छन् । 

 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेता सन्तोष परियारले छाडे रास्वपा
नेता सन्तोष परियारले छाडे रास्वपा शुक्रबार, कात्तिक २८, २०८२
पार्टी दर्ताबारे कुनै भ्रममा नपर्न संयोजक दाहालको आग्रह
पार्टी दर्ताबारे कुनै भ्रममा नपर्न संयोजक दाहालको आग्रह शुक्रबार, कात्तिक २८, २०८२
छलफल गर्न निर्वाचन आयोगले बाेलायाे राजनीतिक दल
छलफल गर्न निर्वाचन आयोगले बाेलायाे राजनीतिक दल बिहीबार, कात्तिक २७, २०८२
निर्वाचन एकमात्र विकल्प हो : कांग्रेस नेता कोइराला
निर्वाचन एकमात्र विकल्प हो : कांग्रेस नेता कोइराला बुधबार, कात्तिक २६, २०८२
तत्कालीन नेकपा विभाजनको घाउमा मलम लागे जस्तो भयो : डा रावल
तत्कालीन नेकपा विभाजनको घाउमा मलम लागे जस्तो भयो : डा रावल बुधबार, कात्तिक २६, २०८२
नागरिक हितार्थ तीन तहका सरकारको समन्वय र सहकार्य अपरिहार्य छ : मुख्यमन्त्री कँडेल
नागरिक हितार्थ तीन तहका सरकारको समन्वय र सहकार्य अपरिहार्य छ : मुख्यमन्त्री कँडेल बुधबार, कात्तिक २६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP