काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।
उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् ।
उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए ।पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तको बहसमा परियार पनि थिए ।
यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत राखेका थिए ।