Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • माउण्टेन टुरिज्म एलाईन्समा  ‘मुन्दुम ट्रेल’ सम्मानित
माउण्टेन टुरिज्म एलाईन्समा  ‘मुन्दुम ट्रेल’ सम्मानित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २८, २०८२

काठमाडौं -चीनमा हालै सम्पन्न IMTA-MTOS २०२५मा नेपालकाे ‘मुन्दुम ट्रेल’ सम्मानित भएकाे छ । नेपालको पूर्वी पहाडमा अवस्थित सांस्कृतिक र पारिस्थितिक विविधताले भरिपूर्ण मुन्दुम ट्रेललाई यस वर्षको IMTA -MTOSपुरस्कारमा दिगो पर्वतीय पर्यटन प्रवद्र्धनमा उत्कृष्ट योगदानका लागि सम्मानित गरेकाे हाे ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले इन्टरनेशनल माउण्टेन टुरिज्म एलाईन्स (IMTA) वार्षिक सम्मेलन र इन्टरनेशनल कन्फरेन्स अफ माउण्टेन टुरिज्म एण्ड आउटडोर स्पोट्रस(MTOS २०२५) मा नेपालको सफल प्रतिनिधित्व गरेको छ ।

सम्मेलन चीनको गुइयाङकाे गुइझो प्रान्तमा नोभेम्बर ११ देखि १३ तारिखसम्म भएकाे थियाे ।   “संस्कृति, खेलकुद र पर्यटनको सयोंजनद्वारा उच्च गुणस्तरीय जीवन” भन्ने विषयवस्तुमाथि आधारित उक्त सम्मेलनमा ४० भन्दा बढी देशका प्रतिनिधि तथा १०० भन्दा बढी संस्थाहरू सहभागी भएका थिए, जसले दिगो पर्वतीय पर्यटनको प्रवद्र्धनका लागि सहकार्यलाई प्रोत्साहित गरेको छ ।

यसअघि गत वर्ष अन्नपूर्ण -१ लाई “विश्वप्रसिद्ध पर्यटन पर्वत” का रूपमा मान्यता दिइएको थियो । यो सम्मानले नेपालका पर्वतीय पर्यटन उत्पादहरूको विश्व नेतृत्वलाई पुनः प्रमाणित गरेको छ । मुन्दुम ट्रेलको यो मान्यताले स्वदेशी संस्कृति, जैविक विविधता र सामुदायिक नेतृत्वमा आधारित साहसिक पर्यटनको उत्कृष्ट संयोजनलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको छ ।

Hardik health

त्यसैगरी, नाट्टाका अध्यक्ष  कुमारमणि थपलियाले नेपालका पर्वतीय पर्यटनको दृष्टिकोण प्रस्तुत गरेकाे थिए । उक्त प्रस्तुतिमा नाट्टाका महासचिव युविका भण्डारीले लेखन र संयोजन गरेका थिए। साथै छोटो भिडियो सहित प्रस्तुत गरिएको थियो , जसमा नेपालको पदयात्रा, सांस्कृतिक संरक्षण, र सामुदायिक समावेशी लाभप्राप्तिको दृष्टिकोणलाई केन्द्रमा राखि तयार गरिएको थियो ।

अध्यक्ष थपलियाले भने, 'नेपालको पर्यटन दृष्टिकोण सरल छ, हाम्रा हिमालहरू जोगाऔँ, हाम्रा मानिसहरूलाई अभिप्रेरित गर्दै, पर्यटकहरूलाई आत्मीय, अर्थपूर्ण र अविस्मरणीय अनुभव प्रदान गरौँ ।'  हिमालहरूले नै नेपालीहरुको सही परिचय प्रदान गर्ने कुरा उनले व्यक्त गरे।

नाट्टा आफै IMTAका संस्थापक तथा परिषद सदस्य भएकोले सम्मेलन अवधिमा अध्यक्ष थपलिया पनि परिषद बैठकमा सहभगी भए । बैठकमा संस्कृति, खेलकुद र पर्यटनको एकीकरण, सुरक्षा मापदण्डको सुदृढीकरण, र सहकार्यद्वारा पर्वतीय सहनशीलता निर्माणका विषयमा छलफल भएको थियो ।

सम्मेलनमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (PATA) का अध्यक्ष  पिटर सेमोन, IMTA का उपाध्यक्ष लिउ झाओहुई, तथा FAO ,माउण्टेन पार्टनरशिप सेक्रेटेरिएटका  जियोर्जियो ग्रुसु लगायतका वक्ताहरूले समेत आफ्नो विचार प्रस्तुत गरेका थिए l नाट्टा प्रतिनिधिमण्डलमा अध्यक्ष कुमारमणि थपलिया, महासचिव युविका भण्डारी, र कार्यकारी सदस्य  बिदुर खातीवडा लगायत सहभागी  थिए ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षको अवसरमा, नाट्टाले पर्यटनमार्फत जनस्तरमा सम्बन्ध सुदृढ गर्न प्रतिबद्धता प्रकट गरेको छ । आगामी दिनमा नेपाल पर्यटन बोर्ड (NTB),TAAN,NMA, तथा IMTA साझेदारहरूसँग मिलेर नेपालको पर्वतीय गन्तव्यहरूलाई दिगोपन, सुरक्षात्मकता र साझा समृद्धिको विश्व नमूना बनाउन निरन्तर काम गर्न तत्पर रहेको नाट्टाका अध्यक्ष थपलियाले बताए  । समस्त विश्व पर्यटनलाई हाम्रो पर्वतीय समुदायसँग मिलेर संरक्षण, प्रवद्र्धन र साझा समृद्धिको यात्रा गर्न नेपाल भ्रमणका लागि आह्वान समेत उनले गरेका छन्  । 

 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन आइतबार, फागुन १०, २०८२
मुख्य याममा सौराहामा पर्यटक घटे
मुख्य याममा सौराहामा पर्यटक घटे शुक्रबार, फागुन ८, २०८२
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक शुक्रबार, फागुन ८, २०८२
साके एन्ड फेंगमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक
साके एन्ड फेंगमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक बुधबार, फागुन ६, २०८२
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता मंगलबार, फागुन ५, २०८२
बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी 
बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी  सोमबार, फागुन ४, २०८२
खुल्यो तुम्लिङटार विमानस्थल
खुल्यो तुम्लिङटार विमानस्थल सोमबार, फागुन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP