काठमाडौं - नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । नागरिक उन्मुक्ति पार्टी नेपालले आयोगमा दर्ता गरेर दल प्रमाणपत्र लिएको हो ।
पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । नागरिक उन्मुक्ति पार्टीमा कवीर सोप अध्यक्ष रहेको छन् । दलकाे चुनाव चिन्ह जाँतो रहेको छ ।
योसँगै जेनजी आन्दोलनपछि दर्ता हुने दलको संख्या पाँच पुगेको छ । यसअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी र सीके राउतको जनमतबाट विभाजन भएको जनस्वराज पार्टी दर्ता भइसकेका छन् ।
आयोगका अनुसार कुल दर्ता गर्ने दलको संख्या १२६ छ । नयाँ दर्ताका लागि निवेदन दिने दलको संख्या २९ रहेको छ ।