Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अन्योलमा फस्यो कांग्रेस
अन्योलमा फस्यो कांग्रेस
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २६, २०८२

काठमाडौं- असोज २८ देखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै सकिएको छैन । मंगलबार १३ जनाले बोलेपछि बैठक आज (बुधबार)सम्मका लागि स्थगित गरियो । मंगलबारसम्म बोलेका नेताहरुले व्यक्तिपिच्छे धारणा राखेका छन् । १६७ सदस्यीय केन्द्रीय सदस्यमा १३३ जनाले आफ्नो धारणा राखिसकेका छन् । केन्द्रीय सदस्यहरुको धारणा सुन्दा एजेण्डाबाट निकै पर बरालिएको छ । कांग्रेसले खासमा १५औं महाधिवेशनको मिति तोक्न यो बैठक आयोजना गरेको हो । तर केन्द्रीय समितिले सुरुमा यो विषय एजेण्डा नै बनाउन सकेन ।

सभापति शेरबहादुर देउवाले असोज २८ गते सम्बोधन गरेर कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिए । त्यसपछि असोज ३१ देखि बैठक सुरु भयो । बीचमा तिहार र छठका कारण केही समय बैठक अवरुद्ध भयो ।बैठकको सुरुमा कांग्रेस नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने प्रश्नमै अल्झियो । किनकि, विधानअनुसार आउँदो मंसिरमा कांग्रेसको १५औं महाधिवेशन गर्नैपर्छ । तर क्रियाशील सदस्यता विवाद अझै टुंगो लागेको छैन । कांग्रेसमा महाधिवेशन गर्न क्रियाशील सदस्यता सुल्झिनुपर्छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजकमा महामन्त्री गगन थापा छन् । 

  • महाधिवेशनको कार्यतालिका ल्याउने विषय अन्योलमा
  • संसद् पुनस्र्थापनासम्बन्धी मागको विषय अन्योलमै
  • निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा पनि अन्योल
  • केन्द्रीय समितिमा सदस्यहरुको व्यक्तिपिच्छेको धारणा

सभापति शेरबहादुर देउवापक्षका नेताहरुले सहयोग नगरेका कारण क्रियाशील सदस्यता विवाद सल्टिन नसकेको थापाको आरोप छ । ‘महामन्त्री र समिति सदस्यले गरेनन् भनेर हुन्छ ? ३६ पटक ताकेता गरिएको छ,’ थापानिकट केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले मंगलबारको बैठकमा प्रश्न गरे । करिब नौ लाख क्रियाशील सदस्यमा छ लाखले नवीकरण गरिसकेको उनको दाबी छ ।

नियमित वा विशेष महाधिवेशन भन्ने विषयमा लामो बहस गरेको कांग्रेसले केन्द्रीय समितिमा महाधिवेशन निर्वाचन अघि कि निर्वाचनपछि विषयमा पनि लामै छलफल ग¥यो । संस्थापनपक्षका अधिकांश नेताहरु निर्वाचनपछि महाधिवेशन गर्ने लाइनमा उभिए भने महामन्त्री थापा र संस्थानपइतरका नेता डा. शेखर कोइरालालगायतका नेताहरु निर्वाचनअघि नै नेतृत्व छानेर जानुपर्ने पक्षमा उभिए ।

Hardik health

पछिल्लो समय भने देउवा समूहकै नेताहरु निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा बोल्न थालेका छन् । निर्वाचनअघि महाधिवेशन गर्दा चुनावी माहोल बन्ने उल्लेख गर्दै देउवानिकट नेता मीन विश्वकर्माले तत्काल महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न माग गरे । ‘अधिवेशनका लागि उपयुक्त मितिमा सहमति गरौं र तत्काल कार्यतालिका सार्वजनिक गरौं,’ विश्वकर्माले भने ।

चर्को दबाबसँगै कांग्रेसले निर्वाचनअघि नै महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गरेको छ । मंगलबार पार्टी सभापति देउवानिकट नेताहरुलेसमेत १५औं महाधिवेशन कार्यतालिका निर्वाचन अगाडि नै ल्याउनुपर्ने माग गरेसँगै संस्थापनपक्ष दबाबमा परेका छन् ।देउवानिकट नेता ज्ञानेन्द्रबहादुर कार्कीले ५४ प्रतिशतले विशेष महाधिवेशनको माग गरेको अवस्थामा यसलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । निर्वाचन नजिकिँदै गएकोले अब कांग्रेस महाधिवेशन कहिले गर्ने भन्ने विषयमा अल्झेर बस्न नहुने कार्कीको भनाइ थियो । यद्यपि, विशेष महाधिवेशनको मागलाई नीति महाधिवेशन गरेर सम्बोधन गर्न सकिनेसमेत उनको मत थियो ।

यसै विषयलाई देखाउँदै अहिले केही नेताहरु भने विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको विषयमा सनाखत हुनुपर्ने मागतिर लागेका छन् । यसरी कांग्रेस आफ्नो चरित्र सुधार र महाधिवेशन कहिले गर्ने भन्नेतिर एकत्रित नभई भद्रगोल धारणा राख्न थालेको छ । यही बीचमा संसद् पुनस्र्थापना गर्नुपर्ने माग उठेको र केही पूर्वसांसदले अदालत जान हस्ताक्षरसमेत गर्न थालेका छन् । यो विषय पनि केन्द्रीय समितिमा विवादमा तानिएको छ ।

कांग्रेस संस्थापनइतरका नेता डा. कोइरालाले पुस मसान्तसम्ममा १५औं महाधिवेशन गर्न सकिने बताएका छन् । ‘मंसिरमा महाधिवेशन हुन सक्दैन । पुस मसान्तसम्म १५औं महाधिवेशन गरौं । नयाँ नेतृत्वले चुनाव हाँक्नुपर्छ,’ मंगलबार सञ्चारकर्मीसँगको कुराकानीमा कोइरालाले भने । हस्ताक्षर सनाखत गर्न थाले कांग्रेस अप्ठ्यारोमा फस्ने कोइरालाको भनाइ थियो । ‘हस्ताक्षर रूजु गर्ने क्रममा वादविवाद हुन्छ र त्यसले कांग्रेसलाई अप्ठ्यारोमा लैजान सक्छ,’ कोइरालाले भने ।

निर्णय गर्न देउवाको खोजी
कार्यवाहक सभापति पूर्णबहादुर खड्का सबै पक्षलाई मिलाउन लागिपरेका छन् । तर यो भद्रगोल नमिल्ने देखिएपछि शेरबहादुर देउवानिकट नेताहरुले सभापति देउवाको खोजी गरेका हुन् । आज (बुधबार) वा भोलि बिहीबार केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्ने तयारीमा खड्का लागेका छन् ।

तर अहिले तत्काल निर्णय नगर्न विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रवक्ता डा. प्रकाशशरण महतलगायतले आग्रह गरेका छन् । उनीहरुले देउवा शुक्रबार नै काठमाडौं आइपुग्ने तालिका रहेको भन्दै निर्णय लम्ब्याउन आग्रह गरेका हुन् । ‘सभापति शुक्रबार उड्ने भन्ने छ । त्यसैले केही समय निर्णय होल्ड गरौं,’ कार्यवाहक सभापतिसँग उनीहरुले भनेका थिए । 

देउवा आइपुगेपछि महाधिवेशन पुसको मसान्तमा आयोजना गर्ने गरी निर्णय गर्न उनीहरुले सुझाएका छन् । फागुन २१ गते निर्वाचन तोकिएकोले पुसको मसान्तमा महाधिवेशन भएमा उपयुक्त हुने धारणा डा. शेखरलेसमेत राखेका छन् । देउवाको सचिवालयले भने उनी फर्कने टुंगो नभएको जानकारी दिएको छ । ‘उहाँ महिना दिनका लागि जानुभएको हो । कात्तिक १० गतेमात्र जानुभएको हो । अहिले फर्कने कुनै कार्यतालिका छैन,’ देउवाको सचिवालयले भन्यो ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP