काठमाडाैं - एमालेले विघटित संसदीय दलको बैठक बोलाएको छ। देशको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एमालेले विघटित संसदीय दलको बैठक बोलाएको हाे ।
नेकपा एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक, संवैधानिक निकासका लागि छलफल गर्न आगामी मंसिर २ गतेका लागि बैठक बोलाइएको जानकारी दिए।
प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पनि बर्तौलाले आफूलाई प्रमुख सचेतककै हैसितमा राखेर बैठकको सूचना जारी गरेका हुन्। उनका अनुसार बैठक मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
एमालेले वर्तमान सरकार गठनसँगै प्रतिनिधिसभा विघटन गरिएको कदमलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको माग गर्दै आइरहेको छ।