Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २४, २०८२

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङकी ६५ वर्षीय नरिमाया गर्बुजा गुरुङलाई बाल्यकालमा हिउँद याममा गाउँ वरपरका पहाड जस्तै लाग्दथ्यो । संसारको दशौँ अर्थात् आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा रहेको पञ्चकुण्ड तालको छेउमा बेमौसमी होटल सञ्चालन गरेर बसेकी गर्बुजालाई अहिले हिमाल पहाड जस्तै लाग्छ । 

'यो एकदमै राम्रो र रमाइलो ठाउँ थियो, पहाड हिमालझै थियो', नरिमायाले आश्चार्य मान्दै भने, 'अहिले हिमाल पहाड हुन लाग्यो र पो !' पछिल्लो १५ वर्षयता चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा आउजाउ गरिरहेकी गर्बुजा सो क्षेत्रको मौसममा आएको परिवर्तनका कारण अचम्मित हुन्छिन् । विश्वव्यापी रूपमा देखिएको तापक्रम वृद्धि, जलवायु परिवर्तन, प्रदूषण र अव्यवस्थित विकासको असर हिमाली क्षेत्रमा धेरै परेको नरिमायाले बताए । बेमौसमी वर्षा र हिमपात, खडेरी, अनावृष्टि, अतिवृष्टिका कारण हिमाली क्षेत्रको जनजीवन र पर्यटन व्यवसायमा असर परेको छ । 

यही कात्तिक दोस्रो साता भएको हिमपात र वर्षातका कारण म्याग्दी, मुस्ताङ, मनाङ र कास्कीका पर्यटकीय क्षेत्रको भ्रमणमा आएका पर्यटक समस्यामा परेको छ । सुरक्षा निकाय परिचालन गरेर उनीहरूको उद्धार गरियो । किसानले भित्र्याउनका लागि काटेर खेतमा सुकाएको धान भिज्यो । मुख्यबाली धान भित्र्याउन झरिका कारण किसानलाई समस्या भयो । हावाहुरीका कारण धानको बोट लडेर दाना झर्दा किसानलाई क्षति भयो ।  मौसम विज्ञान पूर्वअनुमान महाशाखाको सूचना, सरकारी निकायको पूर्वतयारी र सतर्कताका कारण क्षति न्यूनीकरण भए पनि कात्तिक महिनाको दोस्रो साता नै भारी हिमपात भएको कमै इतिहास रहेको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका पर्यटन ब्यवसायी डमबहादुर पुनले बताए ।  

Hardik health

'पुस, माघमा हिउँ नपरेर हिमालको चुचुरे बाहेकको पहाड कालो पत्थर देखिन्छ', ७० वर्षीय पुनले भने, 'कहिले कात्तिकमा त कहिले वैशाखमा बेसैसमी हिउँ परेर खत्तम पार्न लाग्यो ।' हावापानीमा आएको फेरबदलले घोडेपानी–पुनहिलको पर्यटन क्षेत्रलाई असर पुर्‍याइरहेको छ ।  पुस–माघ महिनामा पर्नुपर्ने हिउँ कात्तिक, चैत, वैशाख महिनामा पर्दा पदयात्रामा आएका पर्यटकहरू यात्रा स्थिगित गर्नुपर्ने र तोकिएको गन्तव्यमा पुग्न समस्या हुने गरेको छ । पछिल्लो दुई वर्षको वसन्त याममा तुँवालो मडारिएर हिमाल हेर्न नपाउँदा पर्यटक खिन्न हुँदै फर्कन बाध्य भए । 

गत असोजको अन्तिम साता अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका नुवाकोटका विद्युत् नेपालले हिमालमा हिउँको मात्रा घट्दै जाँदा नेपालको परिचय नै नरहने होकी भन्ने चिन्ता व्यक्त गरे । 'पहाड, हिउँ र हिमाल नेपालको परिचय हो, आधार शिविरमै आएर हिमाललाई नजिकबाट नियाल्दा जलवायु परिवर्तनको असरले नेपालको पहिचान नरहने हो की भन्ने चिन्ता लाग्यो', उहाँले भने, 'हिउँ पग्लिएर हिमाल कालापत्थरमा परिणत हुने मात्र नभई हिमाल नै स्रोत भएका हाम्रा नदीको तटीय क्षेत्रमा जोखिम बढाएको महसुस भयो ।' विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्दा यही शताब्दीको अन्त्यसम्ममा हिन्दूकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनले देखाएको छ । 
सन् २०१५ मा भएको पेरिस सम्झौतामा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्ने र २ डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरेका थिए । पृथ्वीको तापमान बढ्नुको मुख्य कारण हरित ग्यासको उत्सर्जन रहेको अध्ययनबाट पुष्टि भएको छ । 
नेपालले नगरेको गल्तीको क्षति जलवायु क्षेत्रमा भोग्न थालेको छ । सोमबारदेखि ब्राजिलको बेलेम सहरमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०) मा नेपालले हिमाली क्षेत्रमा देखिएका असर न्यूनीकरण र क्षतिपूर्तिको मुद्दालाई उठान गर्नुपर्ने बताइएको छ । 
 


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध बिहीबार, पुस १०, २०८२
आठौँ पर्वत महोत्सव आजदेखि
आठौँ पर्वत महोत्सव आजदेखि बुधबार, पुस ९, २०८२
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन मंगलबार, पुस ८, २०८२
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’ सोमबार, पुस ७, २०८२
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’ सोमबार, पुस ७, २०८२
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै सोमबार, पुस ७, २०८२
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP