Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • धनकुटाको 'ओरेन्ज सिटी'
धनकुटाको 'ओरेन्ज सिटी'
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २४, २०८२

धनकुटा -  धनकुटाको राणाकालीन सहर कोप्चे अहिले ओरेन्ज सिटीको रुपमा चिनिएको छ भने पर्यटकको स्वागतका लागि तयार छ । पर्यटकको स्वागतका लागि तयार भएको सन्देश दिन नेपाल पर्यटन बोर्ड, ईसिमोड, दीगो विकास, सामुदायिक होमस्टे नेटवर्क, हुसाडेक, स्मार्ट पानीले कोप्चे पुनर्जागरण अभियानले कोप्चे फेस्टिभल आयोजना गरिएको हो ।

धनकुटा नगरपालिकाका स्थानीयको  सक्रियता, सामुदायिक प्रतिबद्धता र नगरपालिकासँगको सहकार्यले  कोप्चे पुनर्जागरण भइरहेको छ ।कोप्चे फेस्टिभलको अवसरमा आयोजित सुकुल संवादका क्रममा स्थानीय रामबहादुर श्रेष्ठले कोप्चेबाट सरकारी कार्यालय सरिसकेपछि सहर खालीजस्तै भएको तर, २०७८ जेठतिर गाउँलेले ‘अब केही गर्नैपर्छ’ भन्दै प्रतिबद्धता जनाएपछि परिवर्तनको यात्रा सुरु भएको जानकारी गराए । 

उनले भने, "स्थानीयको एकताबद्ध पहलसँगै कोप्चे फेस्टिभल पहिलोपटक २०७८ मा कोप्चे फेस्टिभलको आयोजना गरिएको थियो ।  जसले थलिएको समुदायलाई आत्मविश्वास दियो ।  त्यही वर्ष नगरपालिकाले माथिल्लो कोप्चेलाई पुरस्कार पनि प्रदान गर्‍यो । सुन्तलाको पकेट क्षेत्रका रूपमा चिनिएको धनकुटाको कोप्चेमा रहेका सम्पूर्ण घरहरुमा ‘सुन्तला रंग’  लगाइयो ।"  

Hardik health

बाटोघाटो सुधार, स्थानीय सिर्जनात्मक कार्यक्रम र सामूहिकतामा आधारित विकासले कोप्चे फेरि गति लिन थालेको छ । स्थानीय युवा गाइड नविन राईले युवाहरू अग्रपंक्तिमा उभिएर पर्यटनमैत्री संरचना र स्वागत संस्कृति विकासमा ठूलो भूमिका खेलेको बताए ।

'ओरेन्ज सिटी' अवलोकनका लागि आएका काठमाडौँ महानगरपालिकाका वडा ५ सदस्य शशी थापाले कोप्चे–हाडिगाउँ अनुभव आदान–प्रदानले विशेष अर्थ राखेको उल्लेख गर्दै 'ओरेन्ज सिटी' का कयौं कुराहरु सिक्ने मौका मिलेको जानकारी गराए । 
उनले भने, “हाडिगाउँ लिच्छविकालीन सहर हो, पुरानो सभ्यता र वास्तुकलालाई जोगाउँदै आधुनिक विकास भइरहेको छ । यस्तै सामुदायिक एकता र स्थानीय सरकारबीचको तादाम्यता कोप्चेसमेतले सिक्न सक्छ ।” उनका अनुसार हाडिगाउँका मिथक, कथा र सांस्कृतिक सम्पदाले पर्यटक आकर्षण बढाइरहेको छ—यही मोडेल कोप्चेसमेतका लागि प्रेरक बन्नेछ ।

नेपाल पर्यटन बोर्डकी वरिष्ठ अधिकृत सिर्जना नेपालीले बोर्ड अब ‘क्वान्टिटी’भन्दा ‘क्वालिटी’–केन्द्रित दिगो पर्यटनतर्फ आफ्ना कार्यक्रमहरु गरिरहेको जानकारी गराएकी छन् । उनले भनिन्, “यूएनडीपीसँग सहकार्य गर्दै हामी दिगो पर्यटनका आधारहरू सुदृढ गरिरहेका छौँ ।  धनकुटालाई नयाँ गन्तव्यको रुपमा अघि सारिएको उल्लेख गर्दै लन्डनमा भएको वर्ल्ड टुरिजम् मार्टमा समेत धनकुटालाई 'इमरसिभ डेस्टिनेसन' को रुपमा प्रबर्द्धन गरिएको बताएकी हुन् ।

सिएचएनकी प्रतिनिधि पुनम गुप्ताले उदयीमान गन्तव्यको रुपमा रहेको धनकुटाका पर्यटकीय गतिविधिले यहाँका सम्भावनाहरु उजागर गरेको बताएकी छन् । “पहिले पर्यटक धरान आएर फर्किन्थे, धनकुटालाई गन्तव्य नै मानिँदैनथ्यो,” उनले भनिन्, “यहाँको सांस्कृतिक वैभव, प्राकृतिक सुन्दरता र स्थानीयको क्षमता विकासमा ध्यान दिएको पाइएपछि पर्यटक अचानक बढ्न थालेका छन् । दिगो पर्यटनका लागि समुदायको सक्रियता र स्थानीय सरकारको साझेदारी अत्यावश्यक छ।”

सामूहिकता, पहिचान पुनर्स्थापना र पर्यटन–केन्द्रित विकासका कारण आज कोप्चे ‘पनर्जागृत सहर’को नमुना बनेको छ । स्थानीय नेतृत्व, युवाको सहभागिता र संस्थागत सहकार्यको यही संयोजनले धनकुटाको 'ओरेन्ज सिटी' पर्यटकको स्वागतका लागि तयार भएको भएको सन्देश दिएको छ ।
 


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १०:२९
#कोप्चे #ओरेन्ज_सिटी
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटकको रोजाइमा  वैकल्पिक अन्नपूर्ण-धौलागिरि पदमार्ग
पर्यटकको रोजाइमा वैकल्पिक अन्नपूर्ण-धौलागिरि पदमार्ग मंगलबार, मंसिर २३, २०८२
टानका पूर्वअध्यक्ष सिंहको निधन
टानका पूर्वअध्यक्ष सिंहको निधन सोमबार, मंसिर २२, २०८२
मुग्लिन- मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै
मुग्लिन- मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै सोमबार, मंसिर २२, २०८२
टुप्चेश्‍वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी संकलन
टुप्चेश्‍वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी संकलन सोमबार, मंसिर २२, २०८२
पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’
पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’ आइतबार, मंसिर २१, २०८२
पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण आइतबार, मंसिर २१, २०८२
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु शुक्रबार, मंसिर १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP