Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • झलनाथको बुझिनसक्नु लीला 
झलनाथको बुझिनसक्नु लीला 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २३, २०८२
  • दाहाल–नेपालसँगै समाहित हुँदा ‘एकता र विभाजनको विजारोपण एकैपटक गरेको’ आरोप
  • खनालमाथि लाग्यो ‘महाअवसरवादी नेता’को ट्याग
  • नवगठित नेकपालाई खनाल समूहले विग्रह गर्न सक्ने आशंका

काठमाडौं– नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अन्तिम घडीमा समाहित भएपछि पार्टीभित्रै भन्न थालिएको छ, ‘एकता र विभाजनको विजारोपण एकैपटक भयो ।’ उनको प्रवृत्ति केन्द्रित टिप्पणी गर्नेहरूलेचाहिँ ‘झलनाथको लीला बुझ्न सकिँदैन’ भनिरहेका छन् ।

यी दुई आरोपले खनाल यतिबेला डामिएका छन् ।  ‘महाअवसरवादी नेता’को ट्यागसमेत लागेको छ । नेकपाका एक नेताका अनुसार पार्टीमा खनालको आगमनलाई कम्युनिस्ट एकता र विभाजनको एकैसाथ विजारोपण भनिनुमा दुई कारण छन् । पहिलो, दिल्लीमा रहँदा गत २६ असोजमा खनालले जारी गरेको वक्तव्य अनि भए एमालेसँग एकता, नभए व्यक्तिगतरूपमा महत्‍वपूर्ण पदीय हैसियतमा फर्किन अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटघाट ।

दोस्रो, तत्कालीन नेकपा एकीकृत समाजवादीको १२ र १३ कात्तिकको केन्द्रीय समिति बैठकमा वाम एकताबारे राखेको फरक मत र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै उनको दल माओवादीप्रतिको घृणामिश्रित अभिव्यक्ति ।  खनाल खासगरी दाहाल नेतृत्वको तत्कालीन माओवादी केन्द्रसँग एकता गर्न पहिल्यैदेखि अनिच्छुक थिए । बरु, एमालेसँग एकतामा उनको पूरै जोडबल थियो । उनको तर्क थियो, ‘एमालेसँग विभाजनको औचित्य पुष्टि गर्न सकेनौं । त्यो हाम्रो पनि पसिनाले बनेको घर हो, त्यहीँ फर्कौं ।’ 

समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने एमाले फर्किन तयार थिएनन् । उनको दृष्टिमा ओली प्रधान राजनीतिक सत्रु हुन् । दक्षिणपन्थी नेता हुन् । त्यही भएर दाहाललगायतसँग मिलेर नयाँ कम्युनिस्ट पार्टी गठन गर्न नेपाल अग्रसर थिए । गत असोजको तेस्रो साता त जसरी पनि एकता गरेर नयाँ पार्टी बनाउन दाहालसँग संवाद थाले । उनी काभ्रेको पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार आरोपी हुन् । खनाल समूहबाट नेपालमाथि आरोप लाग्यो– पक्राउ पर्नबाट जोगिन ठूलो दलको ओत लाग्न खोजे । उता खनालले दिल्लीबाट वक्तव्य जारी गरेर भने, ‘कुबेलाको सहनाइ नबजाऔं ।’

Hardik health

खनालनिकट एक नेताका अनुसार त्यसबेला दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत श्रीमती रविलक्ष्मी चित्रकारले पार्टी एकता गर्ने नै भए एमालेसँग गर्नू भनेर खनाललाई सुझाएकी थिइन् । लगत्तै खनालको माओवादीलगायत दलसँग एकताविरोधी अभिव्यक्ति आएको हो ।  खनालपत्नी चित्रकार गत २४ भदौमा जेन–जी विद्रोहीहरूले घरमा आगो लगाउँदा जलेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचार गर्न दिल्ली लैजान ओलीले नै फोन गरेर भनेको खनालनिकट ती नेता बताउँछन् । त्यसबेला आफू आर्थिक संकटमा रहेको भन्दै ओलीलाई खनालको जवाफ थियो, ‘तपाईंले पो भ्रष्टाचार गरेर कमाउनुभयो । मैले त्यसो गरिनँ । मसँग पैसा छैन । केले लानु ?’

ओलीले सम्हालिएर भनेका थिए, ‘अहिले ह्याँ–त्याँ  कुरा नगरौं, पछि गरौंला । अहिले म्याडमलाई उपचारमा दिल्ली लानू । म एयर एम्बुलेन्स मिलाइदिउँला ।’ खनालनिकट ती नेताको दाबीमा नभन्दै ओलीले एयर एम्बुलेन्स मिलाइदिए । ६ असोजमा चित्रकारलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि दिल्ली लगियो । नेपालदेखि दिल्लीमा एयर एम्बुलेन्सको भाडा कम्तीमा ४२ लाख रुपैयाँ हो । भाडा सबै ओलीले बेहोरेको ती नेताको दाबी छ ।

भनिन्छ, त्यसबेला तत्कालीन एकीकृत समाजवादीका अध्यक्ष नेपालले खनालपत्नी चित्रकारको उपचारमा १० लाख र हाल नेकपा संयोजक दाहालले पाँच लाख रुपैयाँ सहयोग गरेका थिए । तर, ओलीले ठूलो खर्च बेहोरेपछि चित्रकारले पति खनाललाई पार्टी एकता गर्ने भए एमालेसँग गर्नु भनेकी थिइन् ।

खनाल नेपाल फर्किंदा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दल र समूह एकता प्रक्रियामा धेरै अगाडि बढेका थिए । १२ र १३ कात्तिकमा एकताबारे निर्णय गर्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्यो । बैठकमा सहभागी समाजवादीका एक केन्द्रीय सदस्यले खनालको भनाइ उदृत गर्दै भने, ‘तपाईंहरू १७ हजारको हत्या गर्ने दलसँग, त्यसको नेतासँग मिल्न जाँदै हुनुहुन्छ । जानेहरूलाई रोक्न सकिँदैन । जानुहोस्, शुभकामना । हामी पार्टी पुनर्गठन गर्छौं । क्रान्तिकारी र जुझारु पार्टी निर्माण गर्छौं ।’

बैठकपछि पार्टीको बहुमतले एकताको निर्णय पारित गरेको प्रवक्ता प्रकाश ज्वालाले घोषणा गरिदिए । एक दिनपछि १४ कात्तिकमा एमाले अध्यक्ष ओलीले एकता प्रक्रियामा अघि बढेका नेताहरूलाई रोक्न एमालेमै फर्किन आह्वान गरे । उनले भने, ‘जहाँ हुनुहुन्छ, फर्किनुस्, आफ्नै घर फर्किनुस् ।’

खनाल एमाले फर्किन केही वर्षदेखि खुट्टा उचालिरहेका थिए । त्यसैले ओलीको आह्वानले उनी खुसी भए । भोलिपल्ट उनी र घनश्याम भुसाल समूहको भेलामा पत्रकारहरूले ओलीले एमालेमा फर्कन आह्वान गरेको प्रसंग कोट्याउँदा ढोका राम्रोसँग खोले फर्किने बताएका थिए । त्यसबेला उनको घुमाउरो अर्को सर्त पनि थियो– ‘बस्ने ठाउँ पनि राम्रो हुनुपर्‍यो ।’ त्यो भनेको पदीय जिम्मेवारी उपयुक्त हुनुपर्छ भन्ने हो । उता दाहाल–नेपाललगायतले नयाँ पार्टीको नाममा एकताबद्ध भएको घोषणा मिति १९ कात्तिकमा जुराए ।

खनाल भने १८ कात्तिकको साँझ ओली बस्दै आएको भक्तपुरको गुण्डु पुगे । त्यहाँ ओलीसँग हात मिलाएर फोटो खिचाए । ओलीनिकट नेता महेश बस्नेतले त्यसदिन पत्रकारहरूलाई ओली–खनालको भेटवार्ताबारे कूटनीतिक जवाफ दिए, ‘भेटवार्ता सकारात्मक भयो ।’ 

भोलिपल्ट १९ कात्तिकको बिहानै फेरि खनालले ओलीसँग भेट गरे । खनालनिकट ती नेता भन्छन्, ‘खनालले पार्टीमा दोस्रो वरीयता माग्नुभयो । आफूसँगै आउने नेताहरूको सम्मानजनक व्यवस्थापन गर्नुपर्‍यो भन्नुभयो तर ओलीले सरक्क आउनू, तपाईंहरूलाई जानू भनेको थिइनँ । अहिले पद सदको कुरा नगर्नू भन्नुभयो । त्यसपछि कुरो मिलेन ।’ ओलीको यस्तो अभिव्यक्तिले एमाले फर्किन तयार खनाल बिहानै निराश भएर फर्किए । अनि, दाहालसँग संवाद थाले । आफूलाई तेस्रो वरीयता दिन र आफूसँग आएका नेताहरूको व्यवस्थापनको प्रतिबद्धता खोजे । स्रोतका अनुसार दाहाल सहमत भए ।

अन्ततः खनाल भृकुटीमण्डपमा आयोजित एकतासभामा पुगे ।  जबकि, खनाल पहिले माओवादीसँग एकताको विपक्षमा थिए । माओवादी र दाहाललाई हिंसासँग जोडेर टिप्पणी गर्थे । एमाले फर्किन तम्तयार थिए । तर, ओलीले सर्त नमानेपछि खनाल लुसुक्क एकता प्रक्रियामा सामेल भए । यस्तो अवसरमुखी दौडधुपलाई नेकपाका नेताहरूले भन्न थालेका हुन्, ‘झलनाथको लीला बुझ्‍न सकिँदैन ।’

नेकपामा खनालको प्रवेश विशुद्ध आफू र आफूनिकट नेताहरूको व्यवस्थापनका लागिमात्रै हो । समाजवादी शक्तिहरूको बृहत् ध्रुवीकरण गर्दै बलियो शक्ति निर्माण गर्ने राजनीतिक स्वार्थ खनालसँग छैन । त्यसो हुनाले भोलि पार्टी संगठनमा पदीय जिम्मेवारीमा चित्त नबुझाएर वा चुनावमा टिकटमा असहमति जनाउँदै नेकपालाई खनाल समूहले विग्रह गर्न सक्ने शंकाउपशंका गर्न थालेका छन् । यस्तो शंका गर्ने पूर्वमाओवादी नेता लेखनाथ न्यौपाने पनि हुन् ।

उनले पार्टी एकतासभामै दाहाल, नेपाल र खनाललक्षित व्यंग्य गरेका थिए, ‘यसो हेरेको सबै दाने गाईजस्ता, फुकाएपछि आ–आफ्नै बाटो लाग्ने, फागुन २१ सम्म रहे ठूलो कुरो ।’
 


प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP