Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
साहित्य
  • Home
  • साहित्य
  • आचार्यका बालकथाको समीक्षात्मक कृति र ढुंगानाको बालकविता संग्रह सार्वजनिक
आचार्यका बालकथाको समीक्षात्मक कृति र ढुंगानाको बालकविता संग्रह सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २१, २०८२

काठमाडौं- नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यका बालकथामा आधारित समीक्षात्मक कृति र बालसाहित्य सर्जक उर्मिला ढुंगानाको बालकविता संग्रह 'मिठा मिठा तरकारीहरु' सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंको पुतलीसडकमा एक कार्यक्रम आयोजना गरी दुवै कृति सार्वजनिक भएको हो।

'विजयराज आचार्यस् स्टोरिज फर चिल्ड्रेन :अ क्रिटिकल इस्टिमेसन'मा आचार्यका अंग्रेजीमा अनुदित ४० बालकथाका कथा, तीनका पात्र, कथाका सन्देश र मर्मलाई भारतका सहित्यकार अतनुकमार बसुले बोधगम्य शैलीमा समीक्षा तयार पारेका हुन्। ढुंगानको 'मिठा मिठा तरकारीहरु' साना बालबालिकालाई तरकारीसँग परिचित गराउने हेतुले तयार पारिएको बालकविता संग्रह हो। किताबमा ३३ थरी तरकारीबारे ३३ वटा कविता समावेश छन्। नेपाल बालसाहित्य समाजका उपाध्यक्ष विजयराज न्यौपानेले दुवै कृतिका लेखकबारे परिचय गराउँदै शुभकामना मन्तव्य दिए। अर्का सर्जक माधव घिमिरे 'अटल'ले विजयराज आचार्य नेपाली बालसाहित्यको फ्याक्ट्री भएको बताए।

आचार्यको कृतित्व र व्यक्तित्वमाथि घिमिरले प्रकाश पारेका थिए। आचार्यले १०० भन्दा बढी बालपुस्तकका लेखक, अनुवादक, सम्पादकका साथै बाल कथा लेखनमा प्रशिक्षकका रुपमा काम गर्दै आएका छन्। 'मिठा मिठा तरकारी'बारे समीक्षात्मक टिप्पणी गर्दै डा.विष्णु केसीले उक्त किताबले बालबालिकालाई सधैं खाइरहने तरकारीबारे चिनाउने बताए। किताबबाट तरकारीका औषधीय गुण,रुप रंग र आकारबारेसमेत बालबालिकाले जानकारी हासिल गर्न सक्ने उनले बताए।

Hardik health

कार्यक्रममा डा.बुनु दाहाले लेखिका ढुंगानालाई नयाँ कृतिका लागि शु्भकामना व्यक्त गर्दै उक्त किताब साना बालबालिका र अभिभावकका लागि निकै महत्त्वपूर्ण हुने बताइन्।

भारतका साहित्यकार अतनुकुमार बसुले 'इम्प्याक्ट अफ वार अन चिल्ड्रेन'विषयक कार्यपत्र प्रस्तुत गरे। उनले इजरायल–प्यालेस्टाइन–गाजा नरसंहार, भारत–पाकिस्तान युद्ध आदिको उदाहरण दिँदै जति पनि युद्ध भएका छन् तीनमा मुख्यत:बालबालिका त्यसको सिकार भएको उनले उल्लेख गरे। युद्धका बेला बालबालिका र शैक्षिक संस्थालाई कुँज्याइने गरेको उनले बताए। संसारभर हुने युद्धमा ७० देखि ८० प्रतिशत सर्वसाधारण त्यसको सिकार हुने र अझ त्यसमा पनि बालबालिका र महिलाहरु अझ बढी त्यसबाट प्रभावित हुने उनले बताए।

ठूला–ठालूहरुको गल्तीको सजाय अबोध बालबालिकाले पाइरहेको सन्दर्भ उल्लेख गर्दै उनले निर्दोष बालबालिकाको बालापन र जीवन खोसिएको बताए। बसुको कार्यपत्रमाथि टिप्पणी गर्दै सर्जक महेश पौड्यालले बसुको कार्यपत्रमा अझै केही मिहिनेत परेमा त्यो संसारको जुनसुकै स्थानबाट जर्नलमा स्थान पाउने बताउँदै विश्वभर ४० प्रतिशत बालबालिका रहेको र उनीहरु गैरमतदाता भएको हुँदा उनीहरु सधैं राजनीतिज्ञ र युद्धको चेपुवामा पर्ने गरेको कुरा उल्लेख गरे।

हाम्रो चिन्तनबाट हराउँदै जान थालेको कुरालाई प्रकाश पारेकोमा उनले लेखक बसुलाई धन्यवादसमेत दिए। उनले नेपाल र बंगाली साहित्यबीचको सम्बन्धबारेसमेत प्रकाश पारेका थिए। यस्तै,कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाल बालसाहित्य समाजका पूर्वअध्यक्ष प्रमोद प्रधानले विजयराज आचार्यका कृतिमाथिको समीक्षात्मक किताबले नेपाली बालसाहित्य १३० वर्षे इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय ढोका खोलेको बताए। नेपाली बालसाहित्यकार र बालसाहित्यबारे अन्तर्राष्ट्रिय लेखकका रुपमा बसुबाट पहिलोपटक कुनै किताब लेखिएको उनले बताए।

त्यस्तै, सर्जक सिर्जना शर्माले तरकारीबारे ढुंगानाको महत्त्वपूर्ण कृति आएको र कार्यपत्रका रुपमा आएको युद्ध र बालबालिका विषयक छलफलले युद्धलाई निरुत्साहित गर्नुपर्ने कुरालाई आह्वान गरेको उनले जनाइन्। आचार्यको किताब महेश पौड्यालले सम्पादन गरेका हुन् भने विवेक सिर्जनशिल प्रकाशन प्रालिले किताबलाई छापेको हो। मिठा मिठा तरकारीमा प्रज्ज्वल थापा मगरका चित्रहरु समावेश छन् भने अनुष्का सुवेदी किताबकी प्रकाशक हुन्। दुवै कृतिको बजार मूल्य ३५० रुपैयाँ तोकिएको छ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
हेमजा साहित्य महोत्सव सम्पन्न
हेमजा साहित्य महोत्सव सम्पन्न आइतबार, मंसिर २१, २०८२
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण आइतबार, मंसिर २१, २०८२
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP