Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रतिनिधिसभा पुनःस्थापनाको माग चर्काउँदै एमाले-कांग्रेस
प्रतिनिधिसभा पुनःस्थापनाको माग चर्काउँदै एमाले-कांग्रेस
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २१, २०८२
  • प्रतिनिधिसभा पुनःस्थापना खातिर एमाले पूर्वसांसदहरूले थाले हस्ताक्षर अभियान
  • प्रतिनिधिसभा पुनःस्थापनामा दबाब दिने उद्देश्य
  • कांग्रेस नेता कृष्णप्रसाद सिटौला, सांसद डा. चन्द्र भण्डारी पुनःस्थापाको पक्षमा 

काठमाडौं– डेढ महिनादेखि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय न्यायिक परीक्षणमा छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासबाट विघटनको निर्णय सदरयोग्य वा बदरयोग्य ? फैसला भने आउन बाँकी छ । 

प्रधानमन्त्री सुशीला कार्कीले गत २७ भदौमा जेन–जी विद्रोहपछि आवश्यकताको सिद्धान्त भन्दै प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध अदालतमा लगत्तै कानुनी चुनौती त भयो नै, अब भने सडकबाट राजनीतिक चुनौती पनि थपिने भएको छ ।  खासगरी नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आन्दोलन गर्ने भएको छ ।

उक्त दलका अध्यक्ष केपी शर्मा ओलीले विघटनलाई असंवैधानिक भन्दै पुनःस्थापना गर्न आन्दोलन गर्नैपर्ने बताएका छन् । हैसियत नै नभएकाले विघटन गरेको कडा टिप्पणीसमेत गरे । ‘यो असंवैधानिक सरकारले प्रतिनिधिसभा किन भंग गरेको हो भने देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरेको हो । यो असंवैधानिक ढंगले भंग गरेको छ, सिफारिस गर्ने हैसियतनै नभएकाहरूले सिफारिस गरेको छ,’ ओलीले भने, ‘संविधानको धारा कुनै केही नभएको ठाउँमा राष्ट्रपतिज्यूले भंग गर्नु भएको छ । गर्नु हुँदैन्थ्यो । त्यसकारण हामीले यो विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दछौँ । त्यसका लागि आन्दोलन गर्दछौँ ।’

विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दछौँ । त्यसका लागि आन्दोलन गर्दछौँ 
केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले 

Hardik health

उनका दलका पूर्वसांसदहरूले प्रतिनिधिसभा पुनःस्थापनाका लागि बिहीबारदेखि हस्ताक्षर संकलन थालेका छन् । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भेला भएर हस्ताक्षर गर्नेमध्ये एक पूर्वसांसद हेमराज राईले प्रभावसँग भने, ‘हामीले प्रतिनिधिसभा विघटन पुनःस्थापनाको पक्षमा हस्ताक्षर अभियान थालेका छौँ । काठमाडौंमा भएका माननीयहरूले हस्ताक्षर गर्न थाल्नुभयो ।’ हस्ताक्षर गर्ने पूर्वसांसदहरू रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठलगायत २० जना छ । अझै केही दिनसम्म एमालेले आफ्ना पूर्वसांसदहरूको हस्ताक्षर संकलन गर्ने भएको छ । तर, हस्ताक्षर के का लागि ? एमालेले प्रष्ट पारेको छैन । 

तर, विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक रहेका महेश बर्तौलाको भनाइलाई आधार मान्दा एमालेले सांसदहरूको हस्ताक्षरलाई प्रतिनिधिसभा पुनःस्थापनाका लागि दबाब दिन प्रयोग गर्ने छ । ‘सांसदहरूलाई आफैं प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर जानुपर्छ भन्ने परेको छ । म त सांसदहरू अदालत जानुपर्छ, कानुनी चुनौती दिनुपर्छ भन्नेमा छु तर यसबारे हामी छलफलमै छौँ,’ बर्तौलाले भने । 

एमालेको सचिवालय बैठकले यअसघि नै प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै पुनःस्थापनाको पक्षमा उभिने निर्णय गरेको थियो । यही निर्णयलाई टेकेर एमालेले सडक आन्दोलन गर्ने र पुनःस्थापनाका लागि दबाब दिन हस्ताक्षर संकलन थालेको हो । जारी कांग्रेस केन्द्रीय समितिमा समेत प्रतिनिधिसभा पुनःस्थापनाको माग उठेको छ । कांग्रेसका पूर्वसांसद डा. चन्द्र भण्डारी पुनःस्थापनाको पक्षमा छन् । पुनःस्थापित प्रतिनिधिसभाबाट जेन–जीको माग सम्बोधन गर्नुपर्ने उनले बताए । 

‘संसद् पुनःस्थापना गरौं । संविधान संशोधन पनि गरौं र जे–नजीको माग सम्बोधन गरेर अघि बढौँ,’ भण्डारीले कांग्रेस केन्द्रीय समिति बैठकमा मंगलबार भने ।  कांग्रेस नेता कृष्णप्रसाद सिटौला प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा खुलेरै लागेका छन् । उनले विघटन असंवैधानिक भएको जिकिर गर्दै पुनःस्थापनाको माग प्रमुख बनाउनुपर्ने बताउने गरेका छन् । पार्टीमा संस्थापनइतरका नेताहरू ताजा जनादेशका लागि चुनावमै जानुपर्नेमा जोड दिइरहँदा अधिकांश संस्थापनपक्षीय नेताहरू पुनःस्थापनाको पक्षमा उभिएका छन् । पार्टीले भने औपचारिक रूपमा पुनःस्थापना कि चुनावबारे ठोस निर्णय गरेको छैन ।

यस्तोमा एमालेले कांग्रेसमा विस्तारै पुनःस्थापना पक्षधरहरू बढी देखिँदै जाँदा छलफल पनि थालेको छ । नेता बर्तौलाका अनुसार दुवै दलका पूर्वसांसदहरू अदालतमा पुनःस्थापनाको मागसहित जानुपर्नेबारे छलफल भइरहेको हो ।  विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि यसअघि विघटनविरुद्ध सर्वोच्च अदालत जाने मनस्थितिमा थिए । तर, उनलाई कानुन व्यवसायीहरूबाट १६ वटा रिट परिसकेको हुनाले सभामुख जानु गलत हुने दलहरूको सुझाव थियो ।

उनका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार घिमिरे अदालत नजाने भएका छन् ।   जेन–जी विद्रोहपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । उनको राजीनामापछि प्रतिनिधिसभा बैठक आह्वान गर्ने र त्यहाँबाट सरकार बन्ने अवस्था रहेन । त्यसपछि विद्रोही जेन–जीहरूको चाहनाअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भइन् । अहिले उनी अन्तरिम सरकारको प्रधानमन्त्री हुन् । 

कार्की सरकारलाई आगामी २१ फागुनमा चुनाव गर्ने मूल दायित्व छ । चुनावको तयारीमा निर्वाचन आयोग खटिरहेको छ । तर, एमाले र कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिँदै आन्दोलनमा उत्रिए चुनाव भाँडभैलो हुने विश्लेषण हुने गरेको छ । हुन पनि यी दुई दलले गत आम चुनावमा झन्डै ५० लाख मतदाता होल्ड गरेका थिए ।  


प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP