Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार
छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २०, २०८२

मुस्ताङ– मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको हो ।

पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका जानकारी पाएपछि सेनासँगको समन्वयमा सकुशल उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए।

यही कात्तिक ९ गते उपल्लो डोल्पाको भ्रमणमा निस्किएका दुवै जना पहिलो दिन मुस्ताङ वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता गाउँमा बास बसेका थिए । त्यसपछि त्यहाँको साङ्ता गाउँ हुँदै उपल्लो डोल्पाको भ्रमणका लागि उपल्लो डोल्पाको छार्का पुगेका थिए । प्रतिकूल मौसम र भारी हिमपातका कारण उपल्लो डोल्पाको छार्कामा रोकिएका जिसी र कुँवर छ दिनसम्म छार्कामा रोकिएका उनले बताए । 

Hardik health

हिमपात रोकिएर मुस्ताङ फर्किने पर्खाइमा रहेका जिसी र कुँवर कात्तिक १६ गते हिमापात रोकिएपछि त्यहाँबाट स्थानीय निर्माण व्यवसायी विकास रोकायासँगै छार्का हुँदै मुस्ताङ प्रस्थान गरेका थिए । दुई जना पर्यटकसँगै आएका रोकाया छार्का भेरोलबाट छुट्टिएका थिए । 

रोकाया स्थानीय नागरिक भएकाले मुस्ताङको साङ्ता गाउँ पुगेपनि पर्यटकद्वय समुद्री सतहको पाँच हजार मिटर उचाइमा पर्ने छार्का भेरोलबाट पदमार्ग पहिचान गर्न नसक्दा चार दिनसम्म अलपत्र परेका प्रजिअ भुसालले उल्लेख गरे । उनका अनुसार रोकायाले सेटलाइट फोनमार्फत छार्का भेरोलमा दुई पर्यटक अलपत्र परेका स्थानीय प्रशासनलाई जानकारी गराएका थिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले नेपाली सेनाको इन्द्रबक्स गणबाट दुई जना सेनाको टोली पुगेर हिमपातमा फसेका पर्यटकको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको जानकारी दिए ।

पर्यटक जिसीले उपल्लो डोल्पामा भारी हिमपात भएकाले आफूहरू चार दिनसम्म मुस्ताङ र डोल्पाको सिमानामा अलपत्र परेको बताए । उनका अनुसार रोकायाले दिएको जानकारी पश्चात् स्थानीय प्रशासन र सेनाले उद्धार गरेको हो ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनौठो ‘स्काई केभ’
अनौठो ‘स्काई केभ’ बिहीबार, कात्तिक २०, २०८२
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो बिहीबार, कात्तिक २०, २०८२
‘जाउँ है बेगनास पोखरा’ सम्पन्न
‘जाउँ है बेगनास पोखरा’ सम्पन्न बुधबार, कात्तिक १९, २०८२
वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती
वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती बुधबार, कात्तिक १९, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
रोल्वालिङ हिमपहिरोमा पाँच जनाको उद्धार, सात अझै बेपत्ता
रोल्वालिङ हिमपहिरोमा पाँच जनाको उद्धार, सात अझै बेपत्ता मंगलबार, कात्तिक १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP