Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २०, २०८२

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकहरुले भ्रमण गरेका छन् । गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरुको चाप बढेकाे हाे ।

उक्त अवधिमा दैनिक दुईसयदेखि पाँच सयसम्म पर्यटकहरु यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर पुग्ने ‘मौरिस हर्जोग’पदमार्ग अन्तर्गत हुमखोलामा होटल व्यवसाय गर्दै आएका पर्यटन व्यवसायि तेज गुरुङले जानकारी दिए । उनकाअनुसार, दसैँ–तिहार र छठ पर्व बिदाका अवसरमा अन्नपूर्ण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक आएका हुन् । 

गतबर्षदेखि यस पदमार्ग अन्तर्गत हुमखोला, फुतफुते झरना, साँधिखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्ड ताल परिसरमा पर्यटकहरुको सुविधाकालागि होटलहरु सञ्चालनमा आएका छन् । नारच्याङदेखि हुमखोलासम्म सडक सञ्जालको पहुँचपुगेको र त्यहाँबाट आधार शिविरसम्म केही पदमार्ग निर्माण भएकाले दुई दिनमै पदयात्रा पुरा गर्न सकिने भएपछि यस पदमार्ग अहिले आन्तरिक पर्यटकहरुका रोजाइमा छ । 

Hardik health

पदमार्ग सञ्चालनमाआएको छोटो अवधिमै यस क्षेत्रमा पर्यटकहरुको आगमन बढेपछि पर्यटन व्यवसायिहरु उत्साहित बनेका छन् । अन्नपूर्ण आधार शिविरमा रहेको मनमोहक पञ्चकुण्ड ताल, पदमार्गमा पर्ने फुतफुते लगायतका झरना, मिस्त्रीखोलाको रमणीय दृष्यहरु हेर्न देशका विभिन्न ठाउँबाट युवायुवतिहरुको यस क्षेत्रको भ्रमणमा आउनेक्रम बढेको छ । 

अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रको प्राकृतिक सौन्दर्यताको प्रचार प्रसार,पूर्वाधार निर्माण र आधारभूतखाना बस्नको सुविधाले पर्यटकहरुको आगमन बढाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । उनकाअनुसार, अन्नपूर्ण हिमालआरोहण भएको ७५ बर्ष पूरा भएको अवसरमा गत वर्ष गाउँपालिकाको अगुवाईमा नारच्याङदेखि आधार शिविरमामनाईएको ‘अन्नपूर्ण हीरक जयन्तीमहोत्सव’ले यस क्षेत्रको प्रचार प्रसारमाव्यापकता गराएकोहो ।

उनले भने, 'अहिले आधार शिविर क्षेत्रमा रहेका होटलहरुको क्षमताभन्दा बढी पर्यटकहरुको आगमनभयो, हामीले यसलाई थप व्यवस्थित गर्नेतर्फ योजना बनाएका छौँ, भुसकेट मेलादेखि पञ्चकुण्ड तालको बीचमा पनि थप एक होटल सञ्चालनमा ल्याउनका लागि एक्यापसंग समन्वयगर्न लागेका छाैँ, पर्यटकहरुको बसाईलाई सहजबनाउनु हाम्रो पहिलो दायित्वहो ।’ अन्नपूर्ण गाउँपालिकाले यस पदमार्गको आधार शिविर क्षेत्रमा सञ्चार र विद्युतको पहुँच पुर्‍याउन समेत आबश्यक पहल थालेको छ । 

पर्यटकहरुको आगमन बढेसंगै पदमार्ग र आधार शिविर क्षेत्रमाफोहोर बढेको कारण गाउँपालिकाले सरसफाई अभियन्ताहरुको टोलीलाई आधार शिविरमा खटाउने तयारी समेत गरेको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिए । अन्नपूर्ण आरोहण दिवसलाई निरन्तर रुपमा मनाउने प्रवन्ध मिलाएको गाउँपालिकाले आधार शिविर पुग्ने पदमार्गलगायतका पूर्वाधार स्तरोन्नतीका लागि चालु आर्थिक बर्षमा विनियोजन गरेको र २० लाख रुपैयाँ बजेट परिचालनगर्ने जनाएको छ । 
 


प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल सोमबार, साउन १८, २०८३
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द सोमबार, साउन १८, २०८३
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै बिहीबार, साउन १४, २०८३
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल आइतबार, साउन १०, २०८३
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक शुक्रबार, साउन ८, २०८३
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण मंगलबार, साउन ५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP