काठमाडौं - नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज काठमाडौंमा प्रदर्शन र सभा गर्दैछ ।दिउँसो १ बजे भृकुटीमण्डमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्याउने उद्देश्यले प्रदर्शन र सभा गर्न लागेकाे जनाएकाे हाे ।
आयोजना हुने सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् । सभा अगाडि र्याली निकाल्ने योजना नेकपाको छ । सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उतार्ने तयारी छ । सभामा १० हजार बढीको संख्यामा कार्यकर्ता उतार्ने दाबी छ ।