Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नाम नयाँ, नेतृत्व पुरानै 
नाम नयाँ, नेतृत्व पुरानै 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २०, २०८२
  • नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित नौवटा दल र समूहबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी गठन
  • पुष्पकमल दाहाल संयोजक र माधवकुमार नेपाल सहसंयोजक चुनिए
  • देशको एक नम्बर पार्टी बन्न अब कसैले रोक्न नसक्ने दाहालको दाबी
  • पार्टी र नेताको उपादेयता नसकिएको सहसंयोजक नेपालको भनाइ
  • झलनाथ खनाल तेस्रो वरीयतामा रहनेगरी एकीकृत पार्टीमा समाहित, अब कहिल्यै नफुट्ने उद्घोष
  • एक करोड पार्टी सदस्य पुर्‍याउने वामदेव गौतमको घोषणा

 
२३ भदौमा हजारौं संख्यामा जेन–जी युवा सडकमा आएर भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा तथा राजनीतिक अस्थिरताको विरुद्ध र स्थायित्वको पक्षमा जो आवाज उठाए । त्यसले हामीलाई राम्रैसँग घोच्यो, हाम्रा कमजोरी राम्रैसँग उजागर गरिदियो । त्यसले हामीलाई आफ्ना पार्टीभित्रका कमजोरी सच्याएर नयाँ अभियानमा अघि बढ्न प्रेरित गर्‍यो ।
पुष्पकमल दाहाल
संयोजक, नेपाली कम्युनिस्ट पार्टी
 

काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित नौवटा दल र समूहबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ । बुधबार भृकुटीमण्डपमा आयोजित सभामा पार्टी एकीकरण घोषणा गरिएको हो । सोही सभाले पार्टीको २३ बुँदे घोषणापत्र पारित गरेको छ ।

नवगठित पार्टीको संयोजक पुष्पकमल दाहाल भएका छन् । पार्टी सहसंयोजकमा माधवकुमार नेपाल चयन भए । एकता घोषणापछि भएको सम्मेलनमा नेता महेन्द्र राय यादवले दाहाललाई संयोजक र नेपाललाई सहसंयोजक प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई हलबाट ताली बजाएर समर्थन गरिएको थियो । दाहाल एकता प्रक्रियामा सामेलमध्ये सबैभन्दा ठूलो दल माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति संयोजक थिए । सहसंयोजक चुनिएका नेपाल नेकपा एकीकृत समाजवादीमा अध्यक्ष थिए ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसमेत नवगठित पार्टीमा समाहित भएका छन् । उनलाई दाहाल र नेपालपछि तेस्रो वरीयता दिइएको छ । यसअघि एकीकृत समाजवादीले माओवादीसहितका दलहरुसँग एकीकरणमा जाने निर्णय गर्दा खनालले अध्यक्ष नेपालसँग असन्तुष्ट थिए । एमालेसँग एकता गर्नुपर्नेपक्षमा उनी थिए ।

Hardik health

एमालेमा फर्कने चर्चाकाबीच मंगलबार साँझ खनालले भक्तपुरको गुण्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । ओलीनिकट स्रोतका अनुसार खनालले दोस्रो वरीयतामा रहनेगरी एमालेमा फर्किने प्रस्ताव गरेका थिए । तर, ओली सकारात्मक भएनन् । उल्टै आत्मालोचना गर्नुपर्ने र दिएको जिम्मेवारीमा रहनुपर्ने बताएका थिए । त्यसपछि खनाल एमाले फर्किन तयार भएनन् । अन्ततः बुधबार बिहान माओवादी अध्यक्ष दाहालसँग भेटवार्ता गरेर तेस्रो वरीयतामा रहनेगरी नेपाली कम्युनिस्ट पार्टीमा जोडिएका हुन् । खनालपछिको वरीयतामा वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् ।

एकता प्रक्रियामा माओवादी केन्द्र, नेकपा एीकृत समाजवादीसँगै जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट अलग भएर चिरन पुनले गठन गरेको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादी सामेल भए । पूर्वमन्त्री गोपाल किरातीको समूह सोमबारमात्रै माओवादी केन्द्रमा समाहित भएको थियो ।

एकीकृत पार्टीको चुनाव चिह्न पाँचकुने तारा भएको छ । बुधबार एकतापछि संयोजक दाहालले आगामी चुनावमा नेपाली कम्युनिस्ट पार्टी एक नम्बर शक्ति बन्ने दाबी गरे । ‘यो पार्टीलाई देशको एक नम्बर पार्टी बन्न अब कसैले रोक्न सक्दैन । यो एक नम्बर पार्टी त भयो–भयो अब,’ उनले भने, ‘कसैलाई टाउको दुखेको पनि हुन सक्छ ।’

उनले यसअघि यति धेरै दल र समूहसँग पार्टी एकता कहिल्यै गरेका थिएनन् । हरेक चुनावमा पार्टीको जनमत गुमाउँदै जाँदा पार्टी गम्भीर संकटउन्मुख भएका बेला दाहालले पहिलोपटक अघिल्लो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दल एकीकृत समाजवादी र साना दल तथा समूहसँग एकता गरेका हुन् । एकताको आधार जेन–जी विद्रोह भएको दाहालले बताए । 

‘२३ भदौमा हजारौं संख्यामा जेन–जी युवा सडकमा आएर भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा तथा राजनीतिक अस्थिरताको विरुद्ध र स्थायित्वको पक्षमा जो आवाज उठाए, त्यसले हामीलाई राम्रैसँग घोच्यो, हाम्रा कमजोरी राम्रैसँग उजागर गरिदियो,’ दाहालले भने, ‘त्यसले हामीलाई आफ्ना पार्टीभित्रका कमजोरी सच्याएर नयाँ अभियानमा अघि बढ्न प्रेरित गर्‍यो ।’ जेन–जी युवापुस्ताको भावनालाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टी अघि बढ्ने दाहालले बताए । 

पार्टी सहसंयोजक नेपालले अझै पार्टी र नेताको उपादेयता नसकिएको दाबी गरे । ‘पार्टी र नेताको उपादेयता सकिएको होइन,’ उनले भने, ‘तर, आशा र भरोसा जगाउनुपर्ने छ ।’ नेपालले विगतका गल्तीको समीक्षा गरी नयाँ पार्टी बनाएको बताए । उनले बुधबारदेखि नै आशा र भरोसाको पार्टी बनाउने अग्निपरीक्षा सुरु भएको बताए ।

अर्का नेता खनालले अब कहिल्यै पनि नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरेका छन् । ‘यहाँ एकताका लागि जम्मा हुनुभएका सबै घटकहरूलाई भन्न चाहन्छु, अब हामी कहिल्यै फुट्ने छैनौं । यो संकल्पका साथ अघि बढौं,’ उनले भने । कम्युनिस्टहरू एकअर्काबीच आरोप प्रत्यारोप गर्न नहुने पनि उनले बताएका छन् ।  एकतासभामै नेता गौतमले एक करोड पार्टी सदस्य बनाउन सकिने दाबी गरे । अहिले १०/१२ लाख भएको र छ महिनामा २० लाख नघाएर केही वर्षमै करोड पुर्‍याउन सक्ने बताएका हुन् । 


 


प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १०:४०
#‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP