Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा विशेष भेला आयोजना
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा विशेष भेला आयोजना
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १८, २०८२

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौँमा छुट्टै भेला आयोजना गरेका छन् । पार्टीभित्र लामो समयदेखि देखिएको असन्तुष्टि, संगठनात्मक निर्णयमा ढिलाइ र १५औँ महाधिवेशनको विषयमा ठोस निर्णय नआएकाले असन्तुष्ट समूहले नयाँबानेश्वरस्थित थापागाउँमा विशेष भेला आयोजना गरेका हुन् ।

भेलामा विशेष महाधिवेशनका पहलकर्तासहित देशभरका महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, प्रदेशस्तरका नेताहरू, क्षेत्रीय प्रतिनिधि तथा असन्तुष्ट कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ । भेलामा नेपाली कांग्रेसका नेता देवराज चालिसेले पार्टी नेतृत्वले लामो समयदेखि संगठनका महत्वपूर्ण निर्णयहरूमा ध्यान नदिएको आरोप लगाउँदै कांग्रेसको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन विशेष महाधिवेशन अपरिहार्य भएको बताए । उनले भने, 'कांग्रेसको ऐतिहासिक भूमिकालाई सशक्त बनाउन र पार्टीभित्रको असन्तुष्टिलाई समाधान गर्न अब विशेष महाधिवेशनबाहेक अर्को विकल्प छैन ।'

चालिसेका अनुसार केन्द्रीय कार्यसमितिले पछिल्लो बैठकबाट १५औँ महाधिवेशनबारे कुनै ठोस निर्णय गर्न नसकेपछि, विशेष महाधिवेशनको माग गर्दै असोज २९ गते देशभरका दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो ।  सो मागपत्रमा पार्टीको वैचारिक दिशानिर्देश, सङ्गठन पुनर्गठन, आन्तरिक लोकतन्त्र र नेतृत्वको जवाफदेहिताको प्रश्न उठाइएको छ । आजको विशेष भेलामा कांग्रेसका नेता गुरुराज घिमिरे, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्वसांसद जगदीशनरसिंह केसीलगायतका नेताहरूले पार्टीभित्रको सुधार र संगठन  सुदृढीकरणका लागि तत्काल विशेष महाधिवेशन आह्वान गर्न माग गरेका छन् । 

Hardik health

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी र प्रतिमा गौतमलगायतको सहभागिता रहेको थियो ।भेलाका वक्ताहरूले हालको पार्टी नेतृत्वले सङ्गठनभित्र देखिएका असन्तुष्टि, गुटबन्दी र निर्णय प्रक्रियामा पारदर्शिताको कमीलाई सम्बोधन गर्न नसकेको आरोप लगाउँदै पार्टीलाई पुनर्जीवित गर्न सबै कार्यकर्तालाई एकजुट हुन आह्वानसमेत गरेका छन् । यसैबीच आजै ललितपुरको सानेपामा कांग्रेसको केन्द्रीय समिति बैठक पनि बसिरहेको छ । 
 


प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सिफलमा श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङकाे भेला
सिफलमा श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङकाे भेला सोमबार, मंसिर २२, २०८२
कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित
कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित आइतबार, मंसिर २१, २०८२
एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र आइतबार, मंसिर २१, २०८२
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा शुक्रबार, मंसिर १९, २०८२
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा शुक्रबार, मंसिर १९, २०८२
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान शुक्रबार, मंसिर १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP