Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • समावेशी पर्यटनको ‘टर्निङ पोइन्ट’: पहिलो पटक बहिरा व्यक्तिका लागि ट्रेकिङ गाइड तालिम 
समावेशी पर्यटनको ‘टर्निङ पोइन्ट’: पहिलो पटक बहिरा व्यक्तिका लागि ट्रेकिङ गाइड तालिम 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १८, २०८२

काठमाडौं - नेपालको पर्यटन क्षेत्रलाई सबैका लागि समान, पहुँचयोग्य र अवसरमूलक बनाउन पहिलो पटक बहिरा व्यक्तिहरूका लागि ट्रेकिङ गाइड तालिम सुरु गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोगमा राष्ट्रिय बहिरा महासंघ नेपाल (एनडीएफएन) र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले संयुक्त रूपमा यो तालिम सञ्चालन गरेका हुन् ।

यो तालिम नेपालमा समावेशी पर्यटन विकासका लागि ‘टर्निङ पोइन्ट’ का रूपमा हेरिएको छ । पहिलो चरणमा सात हप्तासम्म सञ्चालन हुने यस तालिममा देशभरका २५ जना बहिरा युवा- १८ पुरुष र ७ महिला सहभागी छन् । उनीहरूलाई व्यावसायिक ट्रेकिङ गाइडका रूपमा दक्ष बनाउँदै रोजगारी, आत्मनिर्भरता र समावेशी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।

तालिममा सहभागीहरूले पर्वतीय सुरक्षा, प्राथमिक उपचार, पदमार्ग व्यवस्थापन, अतिथि स्वागत, सांस्कृतिक व्याख्या, वातावरणीय उत्तरदायित्व, वाइल्डलाइफ, संकट व्यवस्थापन, र नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता जस्ता विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गर्नेछन् । तालिम पूर्ण रूपमा सांकेतिक भाषामार्फत सञ्चालन गरिएको छ, जसले सिकाइलाई सहज र सबैका लागि पहुँचयोग्य बनाउन मद्दत गर्नेछ ।

Ncell
Hardik health

यो पहल समावेशी पर्यटनको दीर्घकालीन रणनीतिक यात्रा भएको बोर्डले जनाएको छ । यूएनडीपी र बोर्डको संयुक्त कार्यक्रम एसटीपीका परियोजना प्रबन्धक धर्मराज दवाडीले भने, “पर्यटन केवल आर्थिक क्षेत्र होइन, सामाजिक समानता र अवसर विस्तारको माध्यम पनि हो । हरेक नागरिकले पर्यटनबाट फाइदा लिन पाउनु नेपालको दिगो विकासको आधार हो ।”

उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का तथ्यांक उदृत गर्दै हाल विश्वभर करिब ४३ करोड मानिस सुन्ने क्षमतामा गम्भीर समस्या भएकका मानिसहरु रहेको उल्लेख गरेका छन् । उनले थपे, “तीमध्ये सात करोडभन्दा बढीले सांकेतिक भाषा प्रयोग गर्छन् । उनीहरूका लागि यस्तो पहल अन्तर्राष्ट्रिय स्तरमा समावेशी पर्यटनको उत्कृष्ट नमूना बन्न सक्ने र पर्यटनका विविध आयाममा श्रमशक्ति कम भएका व्यक्तिहरुले पर्यटन विकासमा योगदानको अवसर प्राप्त गर्नेछन् । यो पहलले फरक क्षमताका भएका समुदायका लागि नेपालको पर्यटन खुला बनाउनेछ ।”

उद्घाटन कार्यक्रममा वक्ताहरूले यस तालिमलाई नेपालको पर्यटन इतिहासमा नयाँ युगको सुरुवातका रूपमा व्याख्या गरे । उनीहरूले दृष्टिविहीन, शारीरिक अपांगता भएका र अन्य विशेष आवश्यकता भएका व्यक्तिहरूका लागि पनि यस्ता सीप विकास कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिए ।नाथमका विभागीय प्रमुख ज्ञानेन्द्र राज पण्डितले तालिमको महत्वबारे बताउँदै भने, “नाथम र सस्टेनेबल टुरिज्म प्रोजेक्टले सहकार्यमा अघि बढाएको यो कार्यक्रमले नेपालको पर्यटन शिक्षामा समावेशी दृष्टिकोण स्थापित गरेको छ ।”

राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले यो तालिमले नेपाली पर्यटनमा नयाँ सम्भावना देखाएको उल्लेख गरे । उनले भने, “हामी विश्वास गर्छौं, बहिरा युवाहरूले पनि नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान दिन सक्छन् । आगामी दिनमा यस्ता तालिमहरूलाई निरन्तरता दिँदै समावेशी पर्यटनलाई देशव्यापी अभियान बनाउने हाम्रो योजना छ ।” नाथमका प्राध्यापक अजयकुमार ढकालले समावेशीतालाई पर्यटनको मूल आधारका रूपमा लिनुपर्ने बताए । उनले यस तालिमले समावेशी र मानवकेन्द्रित विकासको उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गर्दै, “नेपालले पर्यटनमा समान पहुँच र अवसर सुनिश्चित गर्ने दिशामा सार्थक कदम चालेको छ ।” 

नाथमका कार्यकारी निर्देशक दिव्यराज पोखरेलले सहभागीहरूप्रति विश्वास व्यक्त गर्दै भने, “तपाईंहरूको आत्मविश्वासलाई आत्मअनुशासनमा परिणत गर्दै यो तालिमले तपाईंहरूको सोच र सीपमा रूपान्तरण ल्याउनेछ । तपाईंहरूको सकारात्मक सोचले नेपालको पर्यटनमा नयाँ ऊर्जा भर्नेछ ।” उनले थपे, “यो व्याच नेपालको पर्यटन क्षेत्रमा अग्रणी समूहका रूपमा स्थापित हुनेछ र देशभरका नागरिकलाई आत्मनिर्भर बन्न प्रेरणा दिनेछ ।” यो तालिमले बहिरा समुदायका सदस्यहरूलाई नेपालका प्रमुख ट्रेकिङ गन्तव्यहरूमा व्यावसायिक रूपमा संलग्न गराउने मात्र होइन, नेपालको पर्यटनलाई सामाजिक न्याय, समानता र मानवकेन्द्रित दृष्टिकोणबाट अघि बढाउने पनि अपेक्षा गरिएको छ ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? बुधबार, भदौ २४, २०८३
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या मंगलबार, भदौ २३, २०८३
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा सोमबार, भदौ २२, २०८३
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म मंगलबार, भदौ ९, २०८३
आहा, यस्तो पो झरना !
आहा, यस्तो पो झरना ! मंगलबार, भदौ ९, २०८३
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव सोमबार, भदौ ८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP