Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बहसमा प्रत्यक्ष निर्वाचित कार्यकारी
अस्थिरता र अव्यवस्था हटाउने तर्क बहसमा प्रत्यक्ष निर्वाचित कार्यकारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १८, २०८२
  • संसद्बाट निर्वाचित कार्यकारीको विकल्प खोजिँदै
  • अस्थिरता र अव्यवस्थाको मूल कारण संसद्बाट निर्वाचित कार्यकारी प्रणाली भएको जिकिर
  • प्रत्यक्ष निर्वाचित कार्यकारी जनताप्रति बफादार हुने तर्क
  •  जेन–जी विद्रोहपछि चर्कियो प्रत्यक्ष कार्यकारीको माग

काठमाडौं– संसद्बाट निर्वाचित कार्यकारी प्रणालीले सत्ता राजनीतिमा अस्थिरता निम्त्याएको भन्दै त्यसको विकल्पबारे घनिभूत बहस भइरहेको छ । संविधान निर्माण गर्ने बेलामा जसरी जेन–जी विद्रोहपछि परिवर्तित राजनीतिक सन्दर्भमा कार्यकारी प्रणालीबारेको बहसले राजनीतिक वृत्त पूरै गर्माएको छ । 

जेन–जीका एक जना अगुवा मिराज ढुंगानाले त प्रत्यक्ष निर्वाचित कार्यकारीको चुनाव हुने निश्चित नभए आगामी प्रतिनिधिसभा चुनावमा सहभागी नहुने प्रस्ट पारिसकेका छन् । उनको यो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान राजनीतिक दलहरूमाथि दबाब बढाउने रणनीति भएको भन्ठान्नेहरू पनि छन् । 

नयाँ पुस्ताले यसलाई आशाको सन्दर्भमा हेरिरहेको छ किनकि अहिलेसम्मको प्रणालीबाट केही परिणाम आएन । यो ठीक छैन भने वैकल्पिक बाटो त खोज्नुपर्यो नि । अहिलेका लागि प्रत्यक्ष कार्यकारी प्रणालीलाई स्थापित गरेर स्थायित्व दिऊँ ।
अमित खनाल
जेन–जी अगुवा

 

Hardik health

गत २३ र २४ भदौमा भएको विद्रोहपछि जेन–जीहरूले संसद्बाट नभई जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डालाई मुखर बनाए । देशमा सत्ता राजनीतिको स्थिरता खातिर प्रत्यक्ष निर्वाचित कार्यकारी उपयुक्त हुने उनीहरूको तर्क छ । अहिलेको जस्तो अव्यवस्था हटाउने अचुक प्रणाली पनि प्रत्यक्ष निर्वाचित कार्यकारी हुने जिकिर गर्दै आएका छन् ।

जेन–जी अगुवामध्येका एक अमित खनालले संसद्बाट निर्वाचित कार्यकारी प्रणालीबाट देश परिणामविहीन भएको दाबी गरे । उनले प्रभावसँग भने, ‘नयाँ पुस्ताले यसलाई आशाको सन्दर्भमा हेरिरहेको छ किनकि अहिलेसम्मको प्रणालीबाट केही परिणाम आएन । यो ठीक छैन भने वैकल्पिक बाटो त खोज्नुप¥यो नि ! अहिलेका लागि प्रत्यक्ष कार्यकारी प्रणालीलाई स्थापित गरेर स्थायित्व दिऊँ ।’

नेपालमा संसदीय प्रणालीमा दुईतिहाइको सरकार बन्यो । त्यो पनि असफल भयो । बहुमतको सरकार पनि बन्यो, त्यो पनि अस्थिर रह्यो । अल्पमतको सरकार बन्यो, त्यो पनि अस्थिर भयो । त्यसैले अब संसदीय प्रणाली होइन, प्रत्यक्ष निर्वाचित कार्यकारी नै विकल्प हो ।
खिमलाल देवकोटा
नेता, माओवादी केन्द्र

संविधान निर्माणको बेला नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा सर्वाधिक उठाएको थियो । हरेक चुनावमा सार्वजनिक घोषणापत्र होस् वा पार्टी कमिटीको बैठकहरूमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा माओवादीले आफूलाई उभ्याउँथ्यो । प्रधानमन्त्री नभई राष्ट्रपति प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने मत राख्थ्यो । तर, कांग्रेस र एमालेले स्वीकारेनन् । तिनै दुई दल दोस्रो संविधानसभामा शक्तिशाली छँदा संसद्बाट निर्वाचित कार्यकारीको व्यवस्था गरेको संविधान जारी भयो । यसबीचमा सत्ता र शक्तिमा कहिल्यै स्थिरता भएन । 

यतिबेला जेन–जी विद्रोहीपछि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा जोडतोडले उठेको छ । यस मामिलामा अग्रमोर्चामा उभ्याउँदै आएका माओवादी नेता खिमलाल देवकोटा यो राम्रो मौका भएको बताउँछन् । उनले भने, ‘नेपालमा संसदीय प्रणालीमा दुईतिहाइको सरकार बन्यो । त्यो पनि असफल भयो । बहुमतको सरकार पनि बन्यो, त्यो पनि अस्थिर रह्यो । अल्पमतको सरकार बन्यो, त्यो पनि अस्थिर भयो । त्यसैले अब संसदीय प्रणाली होइन, प्रत्यक्ष निर्वाचित कार्यकारी नै विकल्प हो ।’ 

तर, प्रत्यक्ष निर्वाचित कार्यकारीचाहिँ प्रधानमन्त्री कि राष्ट्रपति ? यसमा जेन–जी विद्रोहीहरूबाट ठोस प्रस्ताव आएको छैन । माओवादी भने राष्ट्रपति हुनुपर्ने पक्षमा छ । हाल कार्यान्वयनमा रहेको संसद्बाट निर्वाचित कार्यकारीलाई ‘अल इन वान’ भन्ने गरिन्छ । त्यस्तो कार्यकारी बहुमत जोगाउन सांसद किनबेचजस्ता फोहोरी राजनीतिक खेलमा संलग्न हुने गरेको नेपालकै दृष्टान्त छ । 

हाम्रो जुन भौगोलिक र जनसांख्यिक स्थिति छ, त्यसमा एउटा बहुमत प्राप्त व्यक्तिले सम्पूर्ण अधिकार प्राप्त गर्ने, जो अल्पमतमा रहेका छन् । उसको केही हुँदैन । त्यसो हुँदा हाम्रो जुन बनावट छ, प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान अनुमति दिँदैन ।
निलाम्बर आचार्य
राजनीतिज्ञ

यस्तोमा प्रत्यक्ष निर्वाचित कार्यकारी नेपालका लागि हरेक दृष्टिले उपयुक्त हुने जिकिर गर्नेहरू छन् । तर, त्यसरी निर्वाचित शासक निरंकुश हुनसक्ने सम्भावना उत्तिकै हुने राजनीतिक विश्लेषकहरूको संशय छ । देशको विविधतालाई पनि सम्बोधन नगर्ने दाबी गर्दै आएका छन् । राजनीतिज्ञ निलाम्बर आचार्य भन्छन्, ‘हाम्रो जुन भौगोलिक र जनसांख्यिक स्थिति छ, त्यसमा एउटा बहुमत प्राप्त व्यक्तिले सम्पूर्ण अधिकार प्राप्त गर्ने, जो अल्पमतमा रहेका छन् । उसको केही हुँदैन । त्यसो हुँदा हाम्रो जुन बनावट छ, प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान अनुमति दिँदैन ।’

उसो त संसदीय प्रणालीबाट पनि आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, दलितलगायत समुदायबाट एक जना प्रधानमन्त्री भएका छन् । खस–आर्य समुदायको एकल वर्चश्व छ । त्यसो हुनाले आचार्यले भनेजस्तो संसदीय प्रणालीलेमात्रै शासनसत्तामा देशको जातीय विविधतालाई सम्बोधन गर्दैनन् भन्ने देखाएको छ । तर, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा स्थिरता, पारदर्शिता र समावेशीताको सम्भावना हुनेमा जेन–जी विद्रोहीहरू एकमत छन् । जनताले आफ्नो शासक आफैं चुन्ने प्रणाली जनमैत्री हुने पनि उनीहरूको तर्क छ । तर, प्रियतावादी अगाडि आउन सक्ने जोखिमबारे पनि उनीहरू चिन्तित छन् । 

देशमा २०१५ सालको आमचुनावपछि पहिलोपटक संसद्बाट निर्वाचित कार्यकारी प्रणालीको कार्यान्वयन भएको थियो । हालसम्म त्यही प्रणाली कायम छ । तर, जेन–जी विद्रोहले कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचनबाट टुंगो लगाउनुपर्ने माग उठेको हो । तर, नेपाली कांग्रेस र नेकपा एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारीबारे जेन–जी विद्रोहपछि औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले भने विरोध गरेको छ ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP