Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • दासढुंगादेखी– मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा
दासढुंगादेखी– मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १७, २०८२

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको दासढुंगादेखि मुग्लिनसम्मको सडकखण्ड पहिरोका कारण सधैँ जोखिमपूर्ण हुने गरेको छ । पानी पर्दा लेदोसहितको पहिरो र पानी नपर्दा सुक्खा पहिरो खस्ने गरेको हो । 

चीन सरकारको सहयोगमा निर्माण भएको यो सडक अहिले आधुनिक रूपमा विस्तार भए पनि, प्रकृतिको जोखिमबाट अझै सुरक्षित हुन सकेको छैन । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इ. कृष्णप्रसाद आचार्यका अनुसार नारायणगढ–मुग्लिन सडक विसं २०३३ मा चीन सरकारको सहयोगमा निर्माण गरिएको हो । सुरुआती चरणमा यो सडक मिडियम लेनमा पाँच दशमलव पाच मिटर चौडाइमा बनेको थियो ।

राजधानी काठमाडौँ जाने प्रमुख मार्गको रूपमा विकसित यो सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्ने गर्दछन् । बढ्दो यातायातलाई मध्यनजर गर्दै विसं २०७०/७१ सालदेखि सडकलाई डेडिकेटेड डबल लेनमा विस्तार गर्ने कार्य सुरु गरी विसं २०७५ मा विस्तार कार्य सम्पन्न गरिएको आचार्यले जानकारी दिए । यससँगै सडकमा रहेका १९ वटा पुललाई पनि डबल लेनमा रूपान्तरण गरिएको छ । पछिल्लो समय विश्व बैंकको ऋण सहयोगमा सडक विस्तार र पुल निर्माणको काम गरिएको हो । 

Hardik health

सूचना अधिकारी आचार्यका अनुसार दासढुंगादेखि मुग्लिनसम्मको भू–बनोट पहिरो जाने प्रकारको भएकाले यो सडकखण्ड जोखिमयुक्त मानिन्छ । अधिकांश स्थानमा भाँचिएको ढुंगा ‘फ्याक्चर्ड रक’का पहाड भएकाले पहिरोको जोखिम बढी रहेको छ । हरेक वर्ष सक्रिय पहिरोका स्थानहरू परिवर्तन हुँदै जाने गरेको उनले बताए ।
विगतका वर्षहरूमा मौरीखोला र सेती दोभानखोला क्षेत्रमा बढी समस्या हुने गरेको भए पनि हालका वर्षहरूमा तुइनखोला, कालीखोला र नाम्सीखोलामा पहिरोको जोखिम बढी रहेको आचार्यले बताए । उनका अनुसार यो वर्ष तुइनखोलामा १६० मिटर, नाम्सीखोलामा १५० मिटर र कालीखोलमा ५० मिटर पहिरोको उच्च जोखिमा रहेको छ ।  
जोखिम न्यूनीकरणका लागि सडक डिभिजन कार्यालयले पहिरो हटाउने उपकरण तयारी अवस्थामा राखेको र नियमित रूपमा काम भइरहेको आचार्यले जानकारी दिए । पहिरो रोक्नका लागि योजना बनाएर विभागमा पठाइएको छ । उनका अनुसार आफूहरूले तयार पारेको योजना सहमतिका लागि बिभाग पठाइएको र अध्ययनको क्रममा रहेको उनले बताए । 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार यसअघि पहिरो खस्दा तुइनखोलामा पुलपट्टीको ढिस्को बाँकी रहेको थियो । सोही ढिस्कोको केही भाग हिजोआज खस्ने गरेको छ ।  पटक–पटक गरेर पहिरो खस्दा सडक जोखिमपूर्ण वनेको छ । गत महिना सो ठाउँमा पहिरो खस्दा लामो समय सडक अवरुद्ध भएको थियो । पहिरो नियन्त्रणका लागि योजना बनाइएको सो पहाडको धेरै भाग झरेपछि कार्यालयले सडक बिभागमा पहिरो नियन्त्रणका लागि पुनः लगत तयार गर्न फाइल पेस गरेको छ ।

लामिछानेका अनुसार यसअघि तुइनखोलासहित विभिन्न ठाउँमा पहिरो नियन्त्रणका लागि ३९ करोड रुपैयाँको लागत तयार गरी विभागमा पेस गरिएको थियो । पहिरो नियन्त्रण गर्नुपर्ने मुख्य पहाडको रूपमा रहेको तुइनखोला नजिकैको पहाडको स्वरूप पहिरोले परिवर्तन गरेपछि स्टिमेट पुनः गर्न लागिएको हो ।  उनका अनुसार यही हिउँदमा काम गर्नुपर्ने भएकाले विभागलाई यथासक्य छिटो निर्णय प्रक्रियामा लैजान आग्रह गरिएको छ । यो सडक हुँदै राजधानी काठमाडौँ र गण्डकी प्रदेशका विभिन्न जिल्लाहरू सवारीसाधन जाने आउने गर्दछन् । ती जिल्लाका लागि लाइफलाइनका रूपमा यो सडकलाई हेर्ने गरिन्छ । 

डिभिजन सडक कार्यालयले जोखिमपूर्ण ती क्षेत्रमा पहिरो रोकथामको काम गर्न गत वर्षनै विभागमा प्रस्ताव गरेको भए पनि समयमा ध्यान नदिँदा यो बर्र्सातमा यात्रुहरूले दुःख पाएका हुन् । 


 


प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा शुक्रबार, पुस ४, २०८२
नेपालगञ्‍जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै
नेपालगञ्‍जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै शुक्रबार, पुस ४, २०८२
नेपाल-भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया-नेपाल टुरिजम मिट
नेपाल-भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया-नेपाल टुरिजम मिट शुक्रबार, पुस ४, २०८२
दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता तालिम
दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता तालिम बिहीबार, पुस ३, २०८२
दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु
दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु बिहीबार, पुस ३, २०८२
पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल
पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल बिहीबार, पुस ३, २०८२
बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार
बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार बुधबार, पुस २, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP