काठमाडौं– नेकपा एमालेको ११ औँ महाधिवेशनको बन्दशत्र भृकुटीमण्डपमा निधारर्ण गरेको छ । उद्घाटन सकेसम्म खुलामञ्चमा गर्ने तयारी रहेको महासचिव शंकर पोखरेलको सचिवालयले जनाएको हो ।
यसभन्दा पहिला पनि नवौं महाधिवेशन त्यहीँ सम्पन्न भएको थियो । उक्त महाधिवेशनबाटै केपी शर्मा ओली पहिलो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए । ११ औँ महाधिवेशन मंसिर २७ देखि २० गतेसम्म पोखरामा आयोजना गर्ने पूर्वनिर्णय सच्याउँदै शनिवार सम्पन्न सचिवालयको ५९ औँ बैठकले सोही मितिमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।
पोखरेलको सचिवालयले काठमाडौंमा पार्टीको भव्य उपस्थिति देखाउन महाधिवेशनस्थल भृकुटीमण्डप रोजिएको जनाएको छ । उद्घाटनका लागि खुलामञ्च रोजिएको छ ।
तरऽ पुननिर्माणकार्य भइरहेको कारण काठमाडौं महानगरपालिकाले उक्त स्थानलाई सार्वजनिक प्रयोगका निम्ति खुला गरेको छैन । महाधिवेशन हुने समयभित्र खुला गरिए मात्रै त्यहाँ उद्घाटन गरिने, अन्यथा भृकुटीमण्डपमै गरिने तयारी छ ।