Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्री कार्कीलाई मुख्यमन्त्रीहरुको माग– प्रदेशको अस्तित्व स्वीकारियोस्
प्रधानमन्त्री कार्कीलाई मुख्यमन्त्रीहरुको माग– प्रदेशको अस्तित्व स्वीकारियोस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १७, २०८२

 काठमाडौं -  सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रदेशको अस्तित्व स्वीकार गर्न माग गरेका छन् । प्रधानमन्त्री कार्कीले आइतबार आयोजना गरेको छलफलमा मुख्यमन्त्रीहरुले यस्तो माग राखेका हुन् । 

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले प्रदेश संविधानले नै व्यवस्था गरेको छुट्टै सरकार भएकाले सोहीअनुसार व्यवहार गर्न आग्रह गरिएको बताए । ‘प्रदेश भनेको संघको एकाइ होइन । संघ मातहतको होइन,’ मुख्यमन्त्री बानियाँले भने । गत असोज ५ मा संघीय सरकारले प्रदेश सरकारलाई जानकारी नदिई प्रमुख सचिवलाई परिपत्र गरेको थियो ।

खर्च कटौतीका लागि गरिएको उक्त परिपत्रले प्रदेश सरकारको क्षेत्राधिकारमा हस्तक्षेप गर्न खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको मुख्यमन्त्रीहरुको भनाइ थियो । परिपत्रमा संघ सरकारले कानुनमार्फत तोकेभन्दा बढी सहयोगी र सल्लाहकार राख्न नपाउने, १० लाख रुपैयाँभन्दा माथिका योजनाको ठेक्कामा अनिवार्य बोलपत्र आह्वान गरी प्रतिस्पर्धा गराउनुपर्नेजस्ता मार्गदर्शन गरेको थियो । 

प्रदेश भनेको संघको एकाइ होइन । संघ मातहतको होइन । परिपत्र सरकारलाई नलेखी सोझै सचिवलाई लेखेर हामीलाई निकायजस्तो व्यवहार गरियो ।
इन्द्र बानियाँ
मुख्यमन्त्री, बागमती प्रदेश

Hardik health

परिपत्रले प्रदेशलाई निकायजस्तो व्यवहार गरिएकोले मुख्यमन्त्रीहरुले असन्तुष्टि जनाएको उनको भनाइ थियो । ‘परिपत्र संविधान, कानुन र ऐनअनुसार नै होला । तर प्रदेशमा सरकार छ । सरकारलाई नलेखी सोझै सचिवलाई लेखेर हामीलाई निकायजस्तो व्यवहार गरियो,’ मुख्यमन्त्री बानियाँले भने ।

उक्त भेटमा मुख्यमन्त्रीहरुले प्रदेश र संघबीच समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई व्यवहारमा उतार्न जोड दिएका थिए । यसका लागि प्रधानमन्त्रीको अध्यक्षतामा रहने अन्तरप्रदेश समन्वय परिषद्को बैठक अविलम्ब बोलाउन पनि मुख्यमन्त्रीहरुले आग्रह गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताए । उक्त बैठकले आपसी समझदारी बढाउन र काम गर्न सहज हुने उनको भनाइ छ ।

बैठक मुख्यतः निर्वाचनको वातावरण बनाउने विषयमा केन्द्रित थियो । मुख्यमन्त्रीहरुले निर्वाचनका लागि प्रदेश सरकारले राजनीतिक र प्रशासनिक दुवै तहमा भूमिका खेल्न तयार रहेको बताएका थिए । तर, यसका लागि संघीय सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्नुपर्ने, लुटिएका हतियार फिर्ता ल्याउनुपर्ने र सुरक्षाकर्मीको कमजोर बनेको मनोबल उच्च पार्ने काम गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।वातावरण बनेमा एमाले निर्वाचनबाट पछि नहट्ने कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताए । ‘म एमालेको प्रतिनिधित्व गर्छु । हामी चुनावका विरोधी होइनौं, तर चुनावको वातावरण बनाउन संघ सरकार लागोस् र त्यसमा हाम्रो भूमिकालाई पनि नबिगारोस्,’ उनले भने ।

म एमालेको प्रतिनिधित्व गर्छु । हामी चुनावका विरोधी होइनौं, तर चुनावको वातावरण बनाउन संघ सरकार लागोस् र त्यसमा हाम्रो (प्रदेशको) भूमिकालाई पनि नबिगारोस् ।
यमलाल कँडेल
मुख्यमन्त्री, कर्णाली प्रदेश

 

मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनार (सोनल)ले खडेरी र अतिवृष्टिबाट प्रभावित किसानका लागि राहत घोषणा गर्न माग गरेका थिए । बैठकमा प्रदेशहरुले आ–आफ्नो सभाबाट पारित गरिसकेको बजेटमा संघबाट दिइने समपूरक, ससर्त र विशेष अनुदानमा कुनै कटौती हुन नहुने माग राखेका थिए । जवाफमा अर्थमन्त्री रामेश्वर खनालले बजेट कटौती नहुने विश्वास दिलाएका थिए । 
यस्तै, ‘जेन–जी’ प्रदर्शनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माणका लागि संघ सरकारले नै ‘प्याकेज’ ल्याउनुपर्ने मुख्यमन्त्रीहरूले सुझाव दिएका छन् । यसैगरी मुख्यमन्त्रीहरूले ‘डेडिकेटेड फिडर’को बक्यौता नबुझाउने उद्योगको बिजुलीको लाइन काट्ने निर्णयले उद्योगका साथै मजदुर र सरकारको राजस्वमा असर पर्नेतर्फ पनि ध्यानाकर्षण गराएका थिए ।प्रधा

नमन्त्री कार्कीले प्रदेश सरकारका चासोहरुलाई गम्भीरतापूर्वक लिएको र आगामी दिनमा यस्ता विषयमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राजनीतिक दल नै यस व्यवस्थाका वाहक भएकाले जतिसक्दो छिटो निर्वाचन गरी दलीय सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको जवाफ प्रधानमन्त्रीको थियो ।

जेन–जी आन्दोलनका क्रममा प्रदेशहरुमा ध्वस्त भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि संघीय सरकारसँग सहयोग मागेका थिए । आन्दोलनका कारण बागमती प्रदेशमामात्रै करिब डेढ अर्ब रुपैयाँको क्षति भएको जानकारी गराउँदै यसमा संघीय सरकारले सहयोग गर्नुपर्ने मागमा अर्थमन्त्रीले सकारात्मक जवाफ दिएको मुख्यमन्त्रीहरुको भनाइ छ । 

छलफलका क्रममा जेन–जीले प्रदेश खारेजीको माग उठाएको विषय पनि प्रवेश भएको थियो । यद्यपि प्रधानमन्त्री कार्कीले अहिलेको सरकार संविधानप्रति प्रतिबद्ध रहेकोले प्रदेश तलमाथि नहुने बताएकी थिइन् ।


सबै मिलेर मुलुक बनाऔंः प्रधानमन्त्री

PM-sushila-Karki1-1762145619.jpg

प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउने जिम्मेवारी सबैको भएको बताएकी छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको बैठकमा उनले भनिन्, ‘हामी सबै मिलेर मुुलुक बनाउने हो । हामीले नसुधारे कसैले सुधारिदिँदैन । त्यसैले जे–जस्ता समस्या छन्, मिलेर समाधान गरौं ।’

प्रधानमन्त्री कार्कीले आफू राजनीतिक नेता नभएको र परिस्थितिले यहाँ ल्याइपु¥याएको बताउँदै गत भदौ २३ गतेअघिसम्म त यो परिस्थिति आउला भन्ने अनुमान पनि नभएको उल्लेख गरिन् । जेन–जीहरूको सुरुको माग भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा रहेको बताउँदै उनले अहिले धेरै थरी जेन–जी देखापरेका तथा धेरै माग आउन थालेको उल्लेख गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

‘कतिपय जेन–जी यहीँ आएर चर्का कुरा गरेर जान्छन् । कतिपय यहाँभित्र ठीकठाक हुन्छन्, बाहिर गएर मनोमानी बोल्छन् । जेसुकै भए पनि ती सबै हाम्रा छोराछोरी हुन्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सिक्दै छन् । कतिपय त निकै नै परिपक्व कुरा पनि गर्छन् । हामीले भन्दा धेरै कुरा उनीहरूले जानेका छन् ।’

प्रधानमन्त्री कार्कीले आफूहरु प्रदेश सरकारसँग सहकार्य गरेर नै अघि बढ्ने उल्लेख गर्दै संविधानले दिएको परिधिभित्रै रहेर काम गर्ने बताइन् । संविधानले बनाएका संरचनाको सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।‘स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिन्छ । निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन् । राजनीतिक दल नभई यो व्यवस्था चल्दैन ।

त्यसैले स्वतन्त्र विज्ञ भनेर नाम चलेका व्यक्ति पनि चुनाव लड्न दल खोल्दै छन्,’ उनले भनिन्, ‘जेन–जीहरूलाई पनि पार्टी खोलेर चुनावमा सहभागी होऊ र आफ्ना एजेण्डा जनताबाट अनुमोदन गराऊ भनेका छौं । कोही–कोही बरालिएका छन्, कोही उग्र पनि छन् । उनीहरूले यो समयको संवेदनशीलता र अन्तरिम सरकारका सीमा बुझ्नुपर्छ ।’

स्थानीय सरकारले पनि हातेमालो गर्नुपर्ने र तीनै तहका सरकारसँग समन्वय गरेर नै अघि बढ्ने बताउँदै प्रधानमन्त्री कार्कीले अबको छलफल स्थानीय सरकारका प्रतिनिधिसँग गर्ने जानकारी गराइन् ।


प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेटवार्ता
शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेटवार्ता सोमबार, कात्तिक १७, २०८२
बसाइँसराइले म्याग्दीमा मतदाता घटे
बसाइँसराइले म्याग्दीमा मतदाता घटे सोमबार, कात्तिक १७, २०८२
किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित
किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित सोमबार, कात्तिक १७, २०८२
एमालेको ११ औँ महाधिवेशनको बन्दशत्र भृकुटीमण्डपमा 
एमालेको ११ औँ महाधिवेशनको बन्दशत्र भृकुटीमण्डपमा  सोमबार, कात्तिक १७, २०८२
कांग्रेस नेता खतिवडालाई पितृ शोक
कांग्रेस नेता खतिवडालाई पितृ शोक सोमबार, कात्तिक १७, २०८२
कांग्रेसका कार्यकर्ताले आफ्नै कार्यालयमा तालाबन्दी
कांग्रेसका कार्यकर्ताले आफ्नै कार्यालयमा तालाबन्दी आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP