Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
समाचार
  • Home
  • समाचार
  • पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’
पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १६, २०८२

नवलपरासी– पछिल्लो समय देवचुली नगरपालिका–६ स्थित ‘देवचुलीडाँडा’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पदयात्रा गर्न रुचि हुनेहरूको आगमन बढ्नुका साथै देचवुलीडाँडा जिल्लाकै प्रमुख पदयात्राको गन्तव्यसमेत बन्दै गएको हो । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सबैभन्दा अग्लो डाँडाका रूपमा समुद्र सतहदेखि करिब एक हजार (३६ मिटर उचाइमा पर्दछ । पर्यटकीय क्षेत्र देवचुलीडाँडाबाट सूर्योदयको मनमोहक दृश्य हेर्न आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । नवलपुरसहित चितवन आसपासका क्षेत्रबाट पदयात्रामा रुचि राख्नेहरूको अहिले देवचुलीडाँडा रोजाइमा पर्न थालेको देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले बताए ।

उहाँका अनुसार अहिले दैनिक २०–३० जनासम्म आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । डाँडाबाट बिहान सूर्योदयको सुन्दर दृश्य, उत्तरतर्फका हिमाल, नवलपुर, तनहुँ, पाल्पा र चितवनका भूभाग अवलोकन गर्न पाउँदा आनन्द महसुस गरेको कावासोतीका वसन्त अधिकारीले बताए  । ‘यहाँबाट उत्तरतर्फ देखिने मनमोहक हिमशृङ्खलाले मन आनन्दित बनाउँछ’, उनले भने,‘यस क्षेत्रमा पर्यटकीय पूर्वाधार विस्तार गर्न सबै बाह्य पर्यटकको रोजाइमा पनि पर्ने थियो ।’ देवचुली डाँडाबाट दक्षिणतर्फ नारायणी नदी, पूर्व–पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भूभाग सहजै अवलोकन गर्न सकिने अधिकारीले जानकारी दिए  । पूर्वाधार विस्तारसँगै पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्न सकिने उहाँले धारणा राखे ।

छोटो दूरीको पदयात्रामा रमाउनेका लागि देचवुलीडाँडा उपयुक्त गन्तव्य बन्न सक्ने कावासोतीका प्रवीन सापकोटाले बताए । पहाडी पाखाको यात्रा, यात्रामा देखिने मनोरम दृश्यले आगन्तुकलाई आकर्षित गर्ने उनको भनाइ छ । एक  साँझ पोखरी क्षेत्रमा रहेको घरबास (होमस्टे)मा बास बसेर मगर समुदायको स्थानीय परिकार, संस्कृतिको अवलोकन गर्न सकिने उनले बताए ।

Hardik health

पूर्व–पश्चिम राजमार्गको दलदलेबाट करिब २० किलोमिटर उत्तर लागेपछि पोखरी पुगिन्छ । त्यसपछि पैदलयात्रा सुरु हुन्छ । पोखरी क्षेत्रमा खाने, बस्ने सुविधासहिका होटल सञ्चालनमा छन् । यहाँ घरबासको सुविधासमेत छ ।  कोही दलदलेबाट मुण्डे–कीर्तिपुरहुँदै देवचुलीडाँडा चढ्ने गर्दछन् । करिब तीन घण्टाको पैदलयात्रापछि देवचुलीडाँडा पुग्न सकिन्छ । 

देवचुलीडाँडा जाने अधिकांश पोखरीहुँदै जाने देवचुली–६ का वडाध्यक्ष सोतीले बताए । यो मार्ग हुँदै जाँदा ठाडो उकालो कम पर्ने हुनाले अधिकांशले यही मार्ग प्रयोग गर्ने उनको भनाइ छ । ‘यो मार्ग भएर जानेहरू अघिल्लो साँझ बोझा पोखरी पुग्ने गर्दछन् । यहाँ घरबाससमेत रहेकाले राति घरबासमा बस्ने, पहाडका स्थानीय परिकार खाने, सांस्कृतिक कार्यक्रममा रमाइलो गर्ने र बिहान पैदलयात्रामा निस्कने गर्दछन् । पदयात्राका क्रममा बीचमा केही होटलहरू पनि छन’, उनले भने । 

देवचुली डाँडामा प्राकृतिक गुफा, तीन कन्यामाईको मन्दिर, भ्यू टावरलगायत संरचना निर्माण गरिएको वडाध्यक्ष सोतीले जानकारी दिनुभयो । परापूर्वकालमा यहाँ पाँच पाण्डव गुप्तबास बसेका किंबदन्तीसमेत रहेको उहाँले बताउनुभयो । थारु समुदायले प्रत्येक वर्ष चैत पूर्णिमाका दिन देवचुली डाँडामा विशेष पूजा गर्दछन् । सो दिन डाँडामा मेलासमेत लाग्ने गर्दछ । यहाँ पूजा गर्नाले आफ्नो कूलमा सुख, सम्वृद्धि प्राप्त हुने जनविश्वास थारु समुदायमा छ ।

पछिल्लो समयमा यो क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको वडाध्यक्ष सोतीले बताउनुभयो । अहिले विभिन्न ठाउँबाट यहाँ आउने आन्तरिक पर्यटक बढेका भन्दै दैनिक ३० जनासम्मले डाँडा चढ्ने गरेका उहाँले जानकारी दिए ।

देवचुलीडाँडा पदयात्राको गन्तव्य बन्दै जाँदा पोखरी, कुमसोत, कीर्तिपुर क्षेत्रमा चहलपहल बढेको उनले बताए । यस क्षेत्रमा थप पर्यटकीय पूर्वाधार विकास गर्दै पर्यटन प्रवद्र्धनका माध्यमबाट स्थानीयको आयआर्जन बढाउने योजनामा नगर र वडा कार्यालय रहेको उनले उल्लेख गरे ।


प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा शुक्रबार, पुस ४, २०८२
नेपालगञ्‍जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै
नेपालगञ्‍जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै शुक्रबार, पुस ४, २०८२
नेपाल-भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया-नेपाल टुरिजम मिट
नेपाल-भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया-नेपाल टुरिजम मिट शुक्रबार, पुस ४, २०८२
दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता तालिम
दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता तालिम बिहीबार, पुस ३, २०८२
दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु
दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु बिहीबार, पुस ३, २०८२
पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल
पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल बिहीबार, पुस ३, २०८२
बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार
बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार बुधबार, पुस २, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP