Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • दिल्लीको वायु प्रदूषण नियन्त्रणमा भारतको ‘महँगो प्रयोग’ असफल
दिल्लीको वायु प्रदूषण नियन्त्रणमा भारतको ‘महँगो प्रयोग’ असफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १६, २०८२

एएफपी– भारतले आफ्नो फराकिलो राजधानी नयाँदिल्लीमा क्लाउड सिडिङ अर्थात् कृत्रिम वर्षा प्रयोगमार्फत वायु प्रदूषण नियन्त्रण गर्न गरेको प्रयास असफल भएको देखिएको छ । वैज्ञानिक र वातावरणीय अभियानकर्मीहरूले यस कदमको प्रभावकारिता र औचित्यमाथि प्रश्न उठाएका छन् ।

क्लाउड सिडिङमा विमानबाट बादलमा सिल्भर आयोडाइड र नुनजस्ता कणहरू छर्काइन्छ, जसले वर्षा निम्त्याएर वायुमण्डलका प्रदूषकहरूलाई पखाल्ने अपेक्षा गरिन्छ । दिल्ली सरकारले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) कानपुरसँगको सहकार्यमा गत हप्ता सहरका केही क्षेत्रमा सेस्ना विमान प्रयोग गरी परीक्षण सुरु गरेको थियो । तर पातलो बादलका कारण पहिलो परीक्षणबाट अपेक्षित परिणाम नआएपछि अत्यन्त न्यून मात्र वर्षा भएको जनाइएको छ ।

वातावरणीय अभियानकर्मी भावरीन कान्धारीका अनुसार यस्तो प्रविधि ‘भ्रमपूर्ण’ हो । उनले भने,‘यसले कहिल्यै काम गर्दैन । जबसम्म हामी वायु प्रदूषणका वास्तविक स्रोतहरू हटाउँदैनौँ, तबसम्म समस्या समाधान हुँदैन ।’ स्थानीय सञ्चारमाध्यमका अनुसार यस परीक्षणमा सरकारले करिब तीन लाख ६४ हजार अमेरिकी डलर खर्च गरेको छ । हरेक जाडोमा बाक्लो धुवाँले दिल्ली र यसका करिब तीन करोड बासिन्दालाई घेरिरहेको हुन्छ । चिसो मौसममा खेतमा आगो लगाउने, कारखानाबाट निस्किने धुवाँ र सवारीसाधनका उत्सर्जनले वायुमण्डललाई विषाक्त बनाउँछ ।

सवारीसाधनमा प्रतिबन्ध, धुवाँ सोस्ने टावर र कुहिरो छर्किने ट्रकजस्ता प्रयासहरूका बावजुद पनि दिल्लीको हावाको गुणस्तर विश्वका राजधानीहरूमध्ये सबैभन्दा खराब अवस्थामा रहेको छ । पछिल्लो परीक्षणको भोलिपल्ट मात्रै क्यान्सर उत्पन्न गर्ने सूक्ष्म कण एः २.५ को स्तर ३२३ पुगेको थियो । यो विश्व स्वास्थ्य सङ्गठनले तोकेको दैनिक सीमा भन्दा करिब २० गुणा बढी हो । विशेषज्ञहरूले यस अवस्थालाई आगामी दिनमा अझ बिग्रिने अनुमान गरेका छन् ।

Hardik health

सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण ३८ लाख मानिसको मृत्यु भएको अध्ययन द ल्यान्सेट प्लानेटरी हेल्थ पत्रिकामा प्रकाशित छ । यसबीच, क्लाउड सिडिङमा प्रयोग गरिएका रसायनहरूको दीर्घकालीन प्रभावबारे पनि चिन्ता व्यक्त गरिएको छ । अमेरिकी वातावरणीय संरक्षण एजेन्सीका अनुसार सीमित अध्ययनले सिल्भर आयोडाइडले गम्भीर स्वास्थ्य जोखिम उत्पन्न नगरेको देखाए पनि यसको व्यापक प्रयोगका दीर्घकालीन असरहरू अझै अज्ञात छन् ।

वातावरणीय विज्ञहरूका अनुसार क्लाउड सिडिङले वर्षा गराउन सफल भए पनि यसको प्रभाव अत्यन्तै अल्पकालीन हुन्छ । कर्नेल विश्वविद्यालयका जलवायु वैज्ञानिक डेनियल भिजनीले भने,‘यदि हावामा पर्याप्त आद्र्रता छैन भने यो प्रविधिले वर्षा उत्पन्न गर्न सक्दैन । यसले वर्षालाई एक ठाउँमा केन्द्रित गर्न सक्छ, तर प्रदूषण हटाउने स्थायी उपाय होइन ।’ उनका अनुसार प्रदूषण घटाउने एकमात्र विवेकपूर्ण उपाय भनेको जीवाश्म इन्धनको दहन कम गर्नु हो ।

दिल्लीका सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का वीरेन्द्र सचदेवले भने यस प्रयासलाई असफल भनेर खारेज गर्न हतार नगर्न आग्रह गर्नुभयो । उहाँका अनुसार यो अनुसन्धान प्रक्रियाको हिस्सा हो । सफलता सधैँ पहिलो प्रयासमै पाइँदैन । तर आइआइटी दिल्लीका वायुमण्डलीय वैज्ञानिक शाहजाद गनी र कृष्ण अच्युतरावले भने क्लाउड सिडिङ योजनालाई ‘विज्ञानको गलत प्रयोग र नैतिकताको बेवास्ता गरिएको उदाहरण’ भन्नुभएको छ । दिल्लीस्थित सेन्टर फर साइन्स एन्ड इन्भाइरनमेन्टका विज्ञ मोहन जर्जले पनि कृत्रिम वर्षा कुनै दीर्घकालीन समाधान नभएको बताउनुभयो । उनले भने,‘वर्षा रोकिएपछि प्रदूषण फेरि उस्तै स्तरमा पुग्छ ।’

सन् १९४० को दशकमा पहिलोपटक विकसित गरिएको क्लाउड सिडिङ प्रविधि विश्वका विभिन्न देशहरूमा वर्षा गराउन, कुहिरो हटाउन र खडेरी घटाउन प्रयोग गरिँदै आएको छ, तर परिणाम प्रायः मिश्रित नै देखिएका छन् । चीनले पनि सन् २००८ को बेइजिङ ओलम्पिकका क्रममा मौसम नियन्त्रणको प्रयासस्वरूप यस प्रविधिको प्रयोग गरेको थियो ।

गनी र अच्युतरावका अनुसार दिल्लीको प्रदूषणका कारणहरू अनियन्त्रित उत्सर्जन र मौसमी बाली जलाउने प्रमुख कारण हुन् भन्ने सबैलाई थाहा छ । समाधान पनि स्पष्ट छ—स्वच्छ इन्धनको प्रयोग, सशक्त फोहोर व्यवस्थापन र नियमको कडा कार्यान्वयन । तर उनीहरू भन्छन्,‘यी प्राथमिकताहरूले बलियो बनाउनुको सट्टा वैज्ञानिक समुदायका केही भागहरू र संस्थाहरूले संकटको मूल स्रोतलाई सम्बोधन नगरी थोरै मात्र काम गर्ने महँगो दृश्यलाई विश्वसनीयता दिइरहेका छन् ।’
 


प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP