Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संवैधानिक संकटको समाधान गर्न आवश्यक : नेपाल
संवैधानिक संकटको समाधान गर्न आवश्यक : नेपाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १२, २०८२

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी शक्तिबीच ध्रुवीकरणको आवश्यकता रहेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले अहिले देशमा उत्पन्न संवैधानिक संकटको समाधानका लागि वामपन्थी शक्तिबीच ध्रुवीकरण आवश्यक रहेकामा जोड दिए ।

कम्युनिष्ट पार्टीमा विकृति र विसंगति फैलिएकाले नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिँदै उनले सिद्धान्तमा निष्ठावान तथा जनताप्रति समर्पित वामसमूहबीच एकता, सहकार्य र समन्वय अपरिहार्य रहेको विचार व्यक्त गरे । अध्यक्ष नेपालले मुलुकमा देखिएको वर्तमान समस्या र अन्योलता समाधान गर्न चुनावको विकल्प नरहेको बताउँदै सरकारले सबै दललाई विश्वासमा लिएर निर्वाचन गराउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय राजनीतिमा कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा र विश्वास रहेको बताउँदै अध्यक्ष नेपालले मुलुकको राजनीतिलाई जनताको पक्षमा ल्याउन कम्युनिष्ट शक्ति संवेदनशील हुनुपर्ने उल्लेख गरे । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले जेनजी प्रदर्शनको भावनालाई समेट्नगरी पार्टीले पार्टी कमिटीमा २० प्रतिशत युवा सुनिश्चित गर्ने जनाउँदै सुशासन, रोजगारी, जनतालाई सहज रूपमा सेवा प्रवाहलगायत विषयलाई सबैले प्राथमिकता राख्नुपर्ने बताए । 

Hardik health

आजदेखि कात्तिक १४ गतेसम्म काठमाडौँमा बस्ने बैठकमा वामपन्थी शक्तिबीच एकता तथा सहकार्य गर्ने विषयमा नेताहरूबीच देखिएको मतभिन्नता र आन्तरिक विवादको समाधान केन्द्रीय कमिटी बैठकबाट गरिनेछ । पार्टीको वैचारिक दृष्टिकोण तथा सैद्धान्तिक विषयको निर्णय, पुनर्गठनको कार्ययोजनासहित अहिलेको नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको विषयमा पनि निर्णय गरिने पार्टीका पोलिटब्यूरो सदस्य ताजमोहम्मद मियाँले जानकारी दिए । उनका अनुसार बैठकमा जेनजी प्रदर्शनले उठाएका भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानताविरुद्ध विभिन्न अभियान सञ्चालनसम्बन्धी विषय तथा आवश्यक कार्यक्रम अनुमोदन गरिने छ ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पार्टी विभाजनको औचित्य पुष्टि भएको छ : अध्यक्ष नेपाल
पार्टी विभाजनको औचित्य पुष्टि भएको छ : अध्यक्ष नेपाल बुधबार, कात्तिक १२, २०८२
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै बुधबार, कात्तिक १२, २०८२
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन मंगलबार, कात्तिक ११, २०८२
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु मंगलबार, कात्तिक ११, २०८२
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा मंगलबार, कात्तिक ११, २०८२
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP