Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #इन्दिरा मानन्धर
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १२, २०८२

जुम्ला– आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको रारा तालमा एक वर्षको अवधिमा करिब १९ हजार बढी पर्यटक भित्रिएका छन् ।

मुगुमा पर्ने रारा तालमा गत आर्थिक वर्षमा १९ हजार १०४ मध्ये महिला छ हजार १७१ र पुरुष १२ हजार ९३३ आन्तरिक पर्यटकले अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्जका निमित्र् कार्यालय प्रमुख ऋषिकेश यादवले जानकारी दिए ।

त्यस्तै सार्क मुलुकबाट ७७ जनामध्ये पुरुष ६४ र महिला १३ जना रहेका छन् । तेस्रो मुलुक अर्थात् विदेशी २७६ मध्ये पुरुष १६३ र महिला ११३ पर्यटकले रारा भ्रमण गरेका छन् । चालु आर्थिक वर्ष २०८२र८३ को असोजसम्म रारा पुग्ने पर्यटकको सङ्ख्या दुई हजार ३४७ जनामध्ये पुरुष एक हजार ५८९ र महिला ७५८ जनाले राराको भ्रमण गरेको निकुञ्जका निमित्त कार्यालय प्रमुख यादवको भनाइ छ । सोही आवको असोजसम्म ३३ विदेशी पर्यटक रारा पुगेका छन् ।

अहिले कर्णाली राजमार्गको सडक स्तरवृद्धि भएसँगै सडक मार्ग भएर आन्तरिक पर्यटन रारा घुम्न आउनेको सङ्ख्या बढेको छ । विशेषगरी दसैँ–तिहारको अवसर पारेर रारा घुम्न आउने आन्तरिक पर्यटकको चाप यस वर्ष बढेको निकुञ्ज कार्यालयका निमित्र् कार्यालय प्रमुख यादवले बताए ।

Hardik health

रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । यो याममा बागमती, गण्डकी र लुम्बनी प्रदेशबाट घुम्न आउनेको सङ्ख्या बढिरहेको छ । सुर्खेत, दैलेख, कालीकोट, जुम्ला हुँदै मुगुको रारा पुगिन्छ । तालसँगै कस्तुरी, मृग, हाब्रे, हिमचितुवा, कालो भालुलगायत ५१ प्रजातिका स्तनधारी वन्यजन्तुको बासस्थान नै राराको विशेषता रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेशको अर्थतन्त्रलाई प्रभाव पार्ने रारासम्म सहज रूपमा पुग्नका लागि नाग्म–गमगडी सडक र कर्णाली राजमार्गलाई पूरै कालोपत्र बनाउन तीनै तहको सरकारको ध्यानाकर्षण हुनुपर्ने यहाँका होटल व्यवसायी बताए । पछिल्लो समयमा नेपाली नागरिकमा पनि भ्रमणमा निस्कने प्रचलन बढ्दै गएको पाइन्छ । जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवद्र्धनमा जोडिएको पाइएको छ । हिमाल, पहाडका दृश्य, कर्णालीवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ ।

रारा राष्ट्रिय निकुञ्ज विसं २०३२ मा स्थापना भएको हो । यसको क्षेत्रफल एक सय छ वर्गकिमीमा फैलिएको छ । यसको अधिकतम भाग मुगु र केही भाग जुम्ला जिल्लामा पर्दछ ।

पर्यटकको रोजाइमा रैथाने कृषि वस्तु
रारा पुगेर जुम्ला आउने अधिकांश आन्तरिक पर्यटकको प्रमुख रोजाइमा यहाँको रैथाने कृषि वस्तु पर्ने गरेको छ । स्वास्थ्यका लागि लाभदायिक र स्वादिष्ट हुने भएकाले जुम्ली रैथाने कृषि वस्तु जुम्ला आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको सरदमुकाम खलङ्गा बजारमा रहेको रारालिही अग्र्यानिक पसलका सञ्चालक अर्जुन बुढाले जानकारी दिए ।

यस वर्षको दसैँतिहारमा मात्र  तीनदेखि पाँच लाख रुपैयाँसम्मको अग्र्यानिक वस्तु बिक्री भएको छ । यहाँको रैथाने वस्तुको माग बढ्दै गएकाले गत वर्ष १२ लाख रुपैयाँबराबरको स्याउका चाना, मार्सी चामल, सिमी, ओखर, कोदोको पीठो, चिनो, कागुनो, महलगायतका अग्र्यानिक वस्तुको व्यापार भएको अग्र्यानिक पसलका सञ्चालनक बुढाको भनाइ छ । 


 


प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटन बोर्डद्वारा आज निःशुल्क शटल बस सेवा सञ्चालन
पर्यटन बोर्डद्वारा आज निःशुल्क शटल बस सेवा सञ्चालन बिहीबार, फागुन २१, २०८२
आइटिबीमा पर्यटन सम्भावनालाई विश्वसामु पुनःस्थापना गर्ने नेपालको प्रतिबद्धता
आइटिबीमा पर्यटन सम्भावनालाई विश्वसामु पुनःस्थापना गर्ने नेपालको प्रतिबद्धता बुधबार, फागुन २०, २०८२
एक लाख ५ हजार पर्यटक फेब्रुअरीमा भित्रिए नेपाल
एक लाख ५ हजार पर्यटक फेब्रुअरीमा भित्रिए नेपाल मंगलबार, फागुन १९, २०८२
पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’
पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’ मंगलबार, फागुन १२, २०८२
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन आइतबार, फागुन १०, २०८२
मुख्य याममा सौराहामा पर्यटक घटे
मुख्य याममा सौराहामा पर्यटक घटे शुक्रबार, फागुन ८, २०८२
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक शुक्रबार, फागुन ८, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP