Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क सञ्चालनको तयारीमा
डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क सञ्चालनको तयारीमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १२, २०८२

पर्वत- निर्माण सम्पन्न भएको डेढ वर्षपछि जिल्ला सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालन गर्ने तयारी भएको छ । मंगलबार कुश्मा नगरपालिकाको कार्यालयमा भएको सर्वपक्षीय छलफलमा यही कात्तिक १४ गते शुक्रबारदेखि नियमित रूपमा बसपार्क सञ्चालन गर्ने निर्णय भएको हो ।

जनप्रतिनिधि, यातायात व्यावसायी र सरोकार भएका निकायका प्रतिनिधिबीचको छलफलले अहिले शिवालयचोक क्षेत्रमा रहेका सबै यातायात कम्पनीका टिकट काउण्टर कात्तिक १४ गते १ः०० बजेभित्र बसपार्कमा रहेको टर्मिनल भवनमा सार्ने निर्णय भएको बसपार्क सञ्चालक दीपक पुनले जानकारी दिए ।

उनका अनुसार बसपार्कबाट छुट्ने सबै यातायात प्रालिका सवारीसाधनमध्ये ट्याक्सीको हकमा दुई–दुई र अन्यको हकमा एक–एकवटा यात्रु चढाउनका लागि शिवालयचोकमा प्रतीक्षालय राख्न पाइने, लामो दूरीमा आवतजावात गर्ने सवारीसाधनले शिवालयचोकमा यात्रु झार्न र  चढाउन पाउने, राजमार्गको छेउछाउ वा बजार क्षेत्रमा अव्यवस्थित पार्किङ गरेर राखेका सवारीसाधन बसपार्कभित्रै राख्नुपर्ने निर्णय पनि छलफलले गरेको छ ।

Hardik health

बसपार्क सञ्चालनका लागि कुश्मा नगरपालिकाले गत साउन २९ गते  ११ लाख १९ हजार २५२ रुपैयाँमा बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्र युवा व्यवसायी पुनको नाममा स्वीकृत भएपछि सञ्चालन प्रक्रिया अघि बढेको हो । योसँगै यहाँबाट नियमित रूपमा जिल्लाभित्र र बाहिर जाने सवारीसाधन छुट्ने व्यवस्था मिलाइएको सञ्‍चालक पुनले बताए । यसले यात्रुलाई कुन ठाउँमा सवारीसाधनको प्रतीक्षा गर्ने भन्ने झन्झट हटेर जाने, अव्यवस्थित रूपमा हुँदै आएको पार्किङको समस्या समाधान हुने तथा दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

पुनले बसपार्क सञ्चालनका लागि रङरोगन, विद्युतीकरणलगायत सबै तयारी पूरा भएको जानकारी दिए । निर्माण सम्पन्न भएर पनि बसपार्क सञ्चालन नहुँदा निर्मित संरचना जीर्ण बन्नसक्ने, अव्यवस्थित पार्किङले सवारी दुर्घटना बढ्दै जाने, यात्रुले सुरक्षित रूपमा सवारीसाधन प्रयोग गर्न नपाउनेलगायत समस्या बढ्दै गएपछि समाधानका लागि सञ्चालनको तयारी थालिएको उनको भनाइ छ । यसअघि कुश्माको शिवालयचोक र मध्यपहाडी लोकमार्गमा अव्यवस्थित रूपमा सवारीसाधन पार्किङ गरेर राख्ने गरिएको जनाउँदै पुनले अब उक्त समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

भवनसहित बसपार्कको संरचना अघिल्लो असारमा निर्माण गरेर गत वर्षको कात्तिकमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले कुश्मा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाको आन्तरिक तयारीका कारण सञ्चालन गर्न समय लागेको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । उहाँले दुईतले भवनसहित टिकट काउन्टर, यात्रु प्रतीक्षालय, शौचालय र व्यावसायिक प्रयोजनका लागि छवटा सटरसहितको कोठा निर्माण गरिएको जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख बलबहादुर गुरुङले बसपार्क सञ्चालनमा आएपछि अव्यवस्थित पार्किङको समस्या अन्त्य हुनुका साथै सवारी दुर्घटना न्यूनीकरण हुने बताए । उनका अनुसार  छ करोड ६६ लाख तीन हजार २५० रुपैयाँको लागतमा बनेको बसपार्क हाताभित्र दुई ठाउँमा सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ ।

पर्वत सदरमुकाम कुश्मा बजारबाट दैनिक काठमाडौँ, पोखरा, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा, काँकरभिट्टालगायत सहरमा सार्वजनिक सवारीसाधन छुट्ने गर्छन् भने दैनिक हजारौँको सख्यामा सवारीसाधन बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्मा हुँदै जाने गर्दछन् । यसअघि जिल्लामा भित्रिएका र बास बस्नुपर्ने सवारीसाधन असुरक्षित ढंगले सडकमा पार्किङ गरिँदै आइएको थियो । 


प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP