Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
समाचार
  • Home
  • समाचार
  • डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क सञ्चालनको तयारीमा
डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क सञ्चालनको तयारीमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १२, २०८२

पर्वत- निर्माण सम्पन्न भएको डेढ वर्षपछि जिल्ला सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालन गर्ने तयारी भएको छ । मंगलबार कुश्मा नगरपालिकाको कार्यालयमा भएको सर्वपक्षीय छलफलमा यही कात्तिक १४ गते शुक्रबारदेखि नियमित रूपमा बसपार्क सञ्चालन गर्ने निर्णय भएको हो ।

जनप्रतिनिधि, यातायात व्यावसायी र सरोकार भएका निकायका प्रतिनिधिबीचको छलफलले अहिले शिवालयचोक क्षेत्रमा रहेका सबै यातायात कम्पनीका टिकट काउण्टर कात्तिक १४ गते १ः०० बजेभित्र बसपार्कमा रहेको टर्मिनल भवनमा सार्ने निर्णय भएको बसपार्क सञ्चालक दीपक पुनले जानकारी दिए ।

उनका अनुसार बसपार्कबाट छुट्ने सबै यातायात प्रालिका सवारीसाधनमध्ये ट्याक्सीको हकमा दुई–दुई र अन्यको हकमा एक–एकवटा यात्रु चढाउनका लागि शिवालयचोकमा प्रतीक्षालय राख्न पाइने, लामो दूरीमा आवतजावात गर्ने सवारीसाधनले शिवालयचोकमा यात्रु झार्न र  चढाउन पाउने, राजमार्गको छेउछाउ वा बजार क्षेत्रमा अव्यवस्थित पार्किङ गरेर राखेका सवारीसाधन बसपार्कभित्रै राख्नुपर्ने निर्णय पनि छलफलले गरेको छ ।

Hardik health

बसपार्क सञ्चालनका लागि कुश्मा नगरपालिकाले गत साउन २९ गते  ११ लाख १९ हजार २५२ रुपैयाँमा बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्र युवा व्यवसायी पुनको नाममा स्वीकृत भएपछि सञ्चालन प्रक्रिया अघि बढेको हो । योसँगै यहाँबाट नियमित रूपमा जिल्लाभित्र र बाहिर जाने सवारीसाधन छुट्ने व्यवस्था मिलाइएको सञ्‍चालक पुनले बताए । यसले यात्रुलाई कुन ठाउँमा सवारीसाधनको प्रतीक्षा गर्ने भन्ने झन्झट हटेर जाने, अव्यवस्थित रूपमा हुँदै आएको पार्किङको समस्या समाधान हुने तथा दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

पुनले बसपार्क सञ्चालनका लागि रङरोगन, विद्युतीकरणलगायत सबै तयारी पूरा भएको जानकारी दिए । निर्माण सम्पन्न भएर पनि बसपार्क सञ्चालन नहुँदा निर्मित संरचना जीर्ण बन्नसक्ने, अव्यवस्थित पार्किङले सवारी दुर्घटना बढ्दै जाने, यात्रुले सुरक्षित रूपमा सवारीसाधन प्रयोग गर्न नपाउनेलगायत समस्या बढ्दै गएपछि समाधानका लागि सञ्चालनको तयारी थालिएको उनको भनाइ छ । यसअघि कुश्माको शिवालयचोक र मध्यपहाडी लोकमार्गमा अव्यवस्थित रूपमा सवारीसाधन पार्किङ गरेर राख्ने गरिएको जनाउँदै पुनले अब उक्त समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

भवनसहित बसपार्कको संरचना अघिल्लो असारमा निर्माण गरेर गत वर्षको कात्तिकमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले कुश्मा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाको आन्तरिक तयारीका कारण सञ्चालन गर्न समय लागेको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । उहाँले दुईतले भवनसहित टिकट काउन्टर, यात्रु प्रतीक्षालय, शौचालय र व्यावसायिक प्रयोजनका लागि छवटा सटरसहितको कोठा निर्माण गरिएको जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख बलबहादुर गुरुङले बसपार्क सञ्चालनमा आएपछि अव्यवस्थित पार्किङको समस्या अन्त्य हुनुका साथै सवारी दुर्घटना न्यूनीकरण हुने बताए । उनका अनुसार  छ करोड ६६ लाख तीन हजार २५० रुपैयाँको लागतमा बनेको बसपार्क हाताभित्र दुई ठाउँमा सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ ।

पर्वत सदरमुकाम कुश्मा बजारबाट दैनिक काठमाडौँ, पोखरा, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा, काँकरभिट्टालगायत सहरमा सार्वजनिक सवारीसाधन छुट्ने गर्छन् भने दैनिक हजारौँको सख्यामा सवारीसाधन बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्मा हुँदै जाने गर्दछन् । यसअघि जिल्लामा भित्रिएका र बास बस्नुपर्ने सवारीसाधन असुरक्षित ढंगले सडकमा पार्किङ गरिँदै आइएको थियो । 


प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता
ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता बुधबार, कात्तिक १२, २०८२
दाङखोलामा अलपत्र पुल बनाउन दबाब
दाङखोलामा अलपत्र पुल बनाउन दबाब बुधबार, कात्तिक १२, २०८२
अलैँचीको मूल्य निरन्तर उकालो: प्रतिमन एक लाख रुपैयाँ पुग्यो
अलैँचीको मूल्य निरन्तर उकालो: प्रतिमन एक लाख रुपैयाँ पुग्यो बुधबार, कात्तिक १२, २०८२
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात बुधबार, कात्तिक १२, २०८२
गाइघाटमा झरनामा ‘कायाकिङ’
गाइघाटमा झरनामा ‘कायाकिङ’ बुधबार, कात्तिक १२, २०८२
कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी
कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP