Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
समाचार
  • Home
  • समाचार
  • गाइघाटमा झरनामा ‘कायाकिङ’
गाइघाटमा झरनामा ‘कायाकिङ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १२, २०८२

गलकोट -  बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरनामा कायाकिङको व्यवस्था मिलाइएको हो । झरनामा परीक्षण स्वरुप हाल १० वटा कायाकिङ (सानो डुङ्गा) उपलब्ध गराइएको छ । फेवातालमा निकै चर्चा पाएको कायाकिङ सानो आधुनिक डुङ्गा हो । 

ताराखोला गाउँपालिका–१ मा पर्ने गाइघाट झरना गलकोटतर्फ बगेको ताराखोलामा मिसिदै आएको छ । झरनामा पुग्ने अधिकांश पर्यटकले कायाकिङको मजा लिन थालेका छन् । सडकको स्तरोन्नतिसँगै मध्यपहाडी लोकमार्गका पर्यटकहरु समेत त्यता पुग्न थालेका छन् । 

बाह्रै महिना सफा पानी बग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिने गर्दछ । झरना खसेको तालमा कायाकिङको व्यवस्था गरेपछि झरना हेर्न पुगेका पर्यटकलाई थप मनोरन्जन दिन थालेको छ । दसैँदेखि गाइघाट झरनामा कायाकिङको परीक्षण भइरहेको आधिबेरी एडभेञ्चरका सञ्चालक प्रकाश सुनुवारले बताए । गलकोट नगरपालिका–६ निवासी सुनुवार साहसिक पर्यटनको क्षेत्रमा गाउँमै लगानी गर्नका लागि तत्पर भएको बताए । 

Hardik health

उनले ताराखोलाको गाइघाट क्षेत्रमा साहसिक पर्यटनको केन्द्र स्थापना गर्ने उद्देश्यले लगानी गर्न थालेको बताए । आधिबेरी एडभेञ्चरबाट गाइघाट झरना भन्दामाथि भुतेको गल्छीमा कायाकिङ गर्ने र रक कलाइमिङ गर्ने उद्देश्य राखिएपनि परीक्षणका लागि गाइघाट झरनामा कायाकिङ थालिएको सुनुवारले  बताए । 

“गाउँपालिकाबाट अध्ययनका लागि अनुमति मागिएको छ, खोलामाथिको ढुङ्गा खोपेर हिड्ने र त्यहाँ पुगेर कायाकिङको आनन्द लिने गरी अध्ययन भइरहेको छ”, सुनुवारले भने “साहसिक पर्यटनको ताराखोला गाउँपालिका–१ स्थित ताराखोला नदीको खोँच निकै सम्भावना युक्त स्थान देखियो, सुरुवाती चरणमा रु चार करोडसम्मको लागतमा ढुङ्गाको पहाडमा चड्ने, भुतेको गल्छी र गाइघाट झरनामा कायाकिङ गर्ने लगयातका साहसिक पर्यटनको क्षेत्रमा काम गर्ने योजना छ ।”

दसैंमा झरनाको तालमा थालिएको कायाकिङको राम्रो प्रचार भइरहेको उनको अनुभव रहेको छ । उनलाई साहसिक पर्यटनमा लगानी गर्नका लागि कायाकिङमा देखिएको आकर्षणले हौसाएको बताए।  अध्ययन पश्चात खोँचमा रहेको पहरामा रड गाडेर हिँड्न सक्नेगरी साहसिक पर्यटनको काम अनौठो हुने सुनुवारको भनाइ छ । 

गाइघाट झरनालाई ताराखोला गाउँपालिकाले पूर्वाधार निर्माण, झरनामा पुग्ने पुल निर्माण, झरना वरपरका क्षेत्रमा सोलार बत्तीसमेत जडान गरिएको छ ।  अहिले झरनाको तालमा कायाकिङ गरेको एक घण्टाको रु ५०० लिइँदै आइएको छ । गलकोटका स्थानीय महेशकुमार श्रेष्ठले गाइघाट झरनामा परिवर्तन भइरहको बताउनुभयो । पूर्वाधार निर्माणसँगै कायाकिङले पर्यटकलाई थप आर्कषित गर्दै आएको उनले बताए । 
 


प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए बुधबार, कात्तिक १२, २०८२
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना बुधबार, कात्तिक १२, २०८२
निरन्तर हिमपाले आन्तरिक  तथा बाह्य पर्यटक समस्यामा
निरन्तर हिमपाले आन्तरिक तथा बाह्य पर्यटक समस्यामा बुधबार, कात्तिक १२, २०८२
मुस्ताङमा भारी हिमपात
मुस्ताङमा भारी हिमपात बुधबार, कात्तिक १२, २०८२
हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव
हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव बुधबार, कात्तिक १२, २०८२
‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै
‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP