Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #जरा_उद्यान
  • #राष्ट्रिय जनमुक्ति पार्टी
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै
‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ११, २०८२

कञ्‍चनपुर-  भीमदत्त नगरपालिका–१४ स्थित नयाँगाउँका पर्शुराम राना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जंगल सफारी गराउँछन् । रानाथारू घरबास (होमस्टे)का सञ्चालकसमेत रहेका उनी ‘सिजन’मा पर्यटक नआएपछि दुई वर्षयता निराश भएका छन् ।  

‘दुई वर्षअघि सम्म दसैँ–तिहारको समयमा थुप्रै पर्यटक शुक्लाफाँटा घुम्न आउनुहुन्थ्यो, हाम्रो होमस्टे पनि भरिभराउ हुन्थ्यो’, रानाले भने, ‘पर्यटक आउने सिजनमै पर्यटक नआउँदा होमस्टे रित्तै छन् ।’ उनले पर्यटक आउने समय दसैँ–तिहारको समयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी बन्द भएका कारण पर्यटक आउन नसकेको बताए । 

निकुञ्‍ज प्रशासनले गत असार १ देखि असोज १ गतेसम्म बर्सातको समयमा जंगल सफारी बन्द गर्ने गर्दछ । विगतमा असोज १ गतेदेखि जंगल सफारी खुल्ने भए पनि दुई वर्षयता दसैँ–तिहारको समयमा जंगल सफारी खुल्न नसकेको राना बताउँछन् । ‘दसैँ–तिहारको समयमा मात्र रु एक लाखभन्दा बढी आम्दानी हुन्थ्यो’, रानाले भने,‘अहिले फाटफुट भारतीय पर्यटक मात्रै आएका छन् ।’ 

Hardik health

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक निकुञ्ज छेउमै रहेको रानाथारू होमस्टेमा बास बस्ने गरेको उहाँले बताए । ‘समयमा निकुञ्ज सफारी नखुल्दा यस वर्ष सिजनमै पर्यटक आएनन्, अब फागुनपछि मात्रै पर्यटक आउँछन्’, रानाले भने,‘यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटकले रानाथारूको संस्कृति र खाना मन पराउँछन् ।’
यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आएका विदेशी पर्यटकको रोजाइ होमस्टे हुने गरेको भए पनि यस वर्ष विगतमा जस्तो उल्लेख्य पर्यटक नआएको रानाथारू होमस्टे सञ्चालक केशमती रानाले बताए  । ‘ढिलो गरी निकुञ्ज सफारी खुल्दा पर्यटक आएनन्, विगतमा जस्तो संघसंस्थाहरुको भ्रमण पनि यस वर्ष भएन’, उनले भने,‘दसैँ–तिहारको समयमा अग्रिम बुकिङ्ग हुने हाम्रो होमस्टेमा अहिले एक÷दुई जना भारतीय पर्यटक मात्रै छन् ।’

सिजनमै पर्यटक नआउँदा आम्दानी घटेपछि होमस्टे सञ्चालक निराश छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा होमस्टे सञ्चालनमा आएपछि यहाँका स्थानीय रानाथारु समुदायको आय स्तरमा समेत वृद्धि हुन थालेको छ । होमस्टेमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण सँगसँगै प्रचारप्रसार समेत हुने गरेको राना बताए ।     

वर्षाले बाटो बिग्रिएपछि गत असारमा बन्द भएको निकुञ्ज सफारी यस वर्ष ढिलो गरि खुला गरिएको निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । ‘वर्षाले ब्रिगेको बाटो र पुल मर्मत गर्नुपर्ने भएकाले निकुञ्ज सफारी हुन सकेको थिएन’, उनले भने,‘अहिले पर्यटकका लागि निकुञ्जमा जंगल सफारी खुला गरिएको छ ।’

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिंगे छन । निकुञ्ज भित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ । वन्यजन्तु मात्रै नभइ दुर्लभ वनस्पतीका लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ ।


प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान
लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान मंगलबार, माघ २०, २०८२
व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड
व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड आइतबार, माघ १८, २०८२
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन शुक्रबार, माघ १६, २०८२
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध बिहीबार, माघ १५, २०८२
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’ बिहीबार, माघ १५, २०८२
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी बिहीबार, माघ १५, २०८२
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु बुधबार, माघ १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP