काठमाडौं– नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रका आन्तरिक समस्यालाई समाधान गर्दै जनताले अपेक्षाअनुसार एकताबद्ध भए अघि बढ्नु पर्ने बताएका छन् ।उनले तरुण दलले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा बताएका हुन ।
खड्काले नेपाली कांग्रेस आफ्ना बीचमा भएका समस्यालाई समाधान गर्दै, कतिपय विषयलाई थाति राख्दै बृहत एकताबद्ध भएर फेरि नेपाली जनताले, नेपालको माटोले, राष्ट्रले विगतको इतिहासको कालखण्डजस्तै नेपाली कांग्रेसबाट अपेक्षा गरेको छ, आशा गरेको बताए । खड्काले भने,‘‘हाम्रा विगतमा भएका कमीकमजोरीलाई स्वीकार्छौं भन्दै नेपाली कांग्रेस संविधान र परिवर्तनको रक्षाका लागि, अधिकारलाई रक्षा गर्ने कुरालाई शीरमा राखेर हामी एकताबद्ध भएर अघि बढ्छौं ।’
आज तरुण दलको स्थापना दिवस मनाउँदै उनले भने ,‘यो क्षणमा सबै तरुण साथीहरूलाई अनुरोध गर्न चाहन्छु, अनुशासित भएर, धैर्यता, संयमता र जिम्मेवारीबोधका साथ देशको रक्षाका लागि एकताबद्ध हुनुपर्ने छ ।’
उनले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्य निरन्तर सुधार हुँदै गएको जानकारी गराए ।