काठमाडौं - इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीर भोलि ९सोमबार० नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका एक उच्च स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत काठमाडौं ल्याइने तयारी गरिएको छ।
उक्त विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका तय गरिएको मन्त्रालयले जनाएको छ। विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थलमा उपस्थित रहनेछन्।
अध्ययनका लागि इजरायल पुगेका जोशी २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। लामो समयसम्म उनको अवस्था अज्ञात रहँदा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए।