काठमाडाैं - पहिलो आरोहणका अन्तिम साक्षी आरोही कान्छा शेर्पाको निधन भएको छ।
ऐतिहासिक सन् १९५३ को ब्रिटिश सगरमाथा आरोहण अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको बिहीबार बिहान ९२ वर्षको उमेरमा निधन भएको उनका परिवारले जनाएकाे हाे ।
नाम्चेमा जन्मिएका कान्छा शेर्पा तेन्जिङ नोर्गेबाट प्रेरित भई मात्र १९ वर्षको उमेरमा पहिलो सफल सगरमाथा अभियानमा सहभागी भएका थिए। उनको समर्पण र साहस पर्वतारोहणको इतिहासको अभिन्न भाग बनेको छ।
पर्यटन क्षेत्रमा सकृय भइ आजको सगरमाथाकाे पर्यावरणीय, सांस्कृतिक र पर्यटनको दृष्टिले उनकाे महत्वपूर्ण याेगदान रहेकाे छ ।