Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेतृत्व नछाड्ने अडानमै ओली 
महाधिवेशनमा हराएर देखाउन चुनौती नेतृत्व नछाड्ने अडानमै ओली 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ३०, २०८२
  • मैले हट्नुपर्छ भनेर फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने । केन्द्रीय समितिले के भन्छ, त्यो मान्ने हो । त्यो महाधिवेशनले देखाउँछ ।
  • कसैले अब सधैंका लागि एमाले सरकारबाट हट्यो भन्ने ठानेको होला । यो भ्रम नपाले हुन्छ । एमाले राजनीतिक आर्थिक नायकत्व दिइरहेको पार्टी हो ।
  • हाम्रो पार्टी असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको प्रतिनिधिसभा विघटनप्रति आपत्ति व्यक्त गर्दछ र विघटित प्रतिनिधिसभा तत्काल पुनस्र्थापना हुनुपर्दछ भन्ने कुरामा जोड दिन चाहन्छ ।

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको नेतृत्व तत्काल नछाड्ने बताएका छन् । ललितपुरको भनीमण्डलस्थित रामबाग महलमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले आफूलाई महाधिवेशनमा हराएर देखाउन नेताहरुलाई चुनौती दिए ।

जेन–जी आन्दोलनका कारण भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएर सडकमा आइपुगेका ओलीले पार्टी नेतृत्वबाट हट्नुपर्ने भनी फेसबुकमा आएको माग आफूले नमान्ने तर्क गरे । ‘मैले हट्नुपर्छ भनेर फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने । केन्द्रीय कमिटीले के भन्छ, त्यो मान्ने हो । त्यो महाधिवेशनले देखाउँछ,’ ओलीले भने । जेन–जी विद्रोहपछि धेरैले शीर्ष तीन नेताले नेतृत्व छाड्नुपर्ने आवाज चर्किएको छ ।

जेन–जी विद्रोहअघि नै एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायतले ओलीले अब नेतृत्व छाड्नुपर्ने सुझाएका थिए । तर ओलीले उक्त प्रस्ताव अस्वीकार गरिरहे । जेन–जी विद्रोह र अरु दलहरुले नेतृत्व परिवर्तनको सुरसार गरेपछि सबैभन्दा पहिले महाधिवेशनको मिति र स्थान तोक्ने नेता बनेका छन् ओली । उनले ११औं महाधिवेशन मंसिरको २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव राखेका छन् । जबकि एमालेको महाधिवेशनको कार्यकाल अझै एक वर्ष बाँकी छ । २०७८ मंसिरमा चितवनको सौराहमा एमालेको १०औं महाधिवेशन भएको थियो ।

ओलीले नेतृत्वबाट बिदा नलिएर महाधिवेशन तोक्नुलाई फेरि नेतृत्वमा आउने चाहना देखाएको एमालेका एक केन्द्रीय सदस्यले बताए । ‘ओली फेरि नेतृत्वमा आउने देखिन्छ । यसको ग्राउण्ड उहाँले गोदावरीको विधान महाधिवेशनमा तयार पारिसक्नुभयो,’ ती केन्द्रीय सदस्यले भने । गोदावरीमा भदौ २२ मा सम्पन्न विधान महाधिवेशनले ओलीलाई अर्को कार्यकालका लागि अध्यक्ष बन्न पाउनेगरी ढोका खुला गरिदिएको थियो । यसअघि दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था विधानमा थियो । उनले आफू अध्यक्ष बन्नकै लागि उक्त प्रावधान विधान महाधिवेशनमार्फत हटाएका थिए ।
  
संसद् पुन:स्थापना  जोड
एमाले अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा अन्तरिम सरकारकी प्रधानमन्त्रीमा सुशीला कार्कीलाई सिफारिस गरेको तर आफ्नो सुझाव बाहिर गएर संविधान बाहिरबाट सरकार गठन भएको दाबी गरेका छन् । ‘संविधानसम्मत निकासका लागि कामचलाउ सरकारको प्रधानमन्त्रीको हैसियतले प्रतिनिधिसभा विघटन नगरी सरकार गठनका लागि सिफारिस गरेको थिएँ । तर त्यो सुझाव विपरीत संविधान बाहिरबाट सरकार गठन गरिएको छ । तसर्थ यो सरकार असंवैधानिक छ,’ ओलीले भने ।

Hardik health

यस्तो अवस्थामा प्रतिनिधिसभा तत्काल पुनस्र्थापना हुनुपर्नेमा ओलीले जोड दिएका छन् । ‘हाम्रो पार्टी असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको प्रतिनिधिसभा विघटनप्रति आपत्ति व्यक्त गर्दछ र विघटित प्रतिनिधिसभा तत्काल पुनस्र्थापना हुनुपर्दछ भन्ने कुरामा जोड दिन चाहन्छ,’ ओलीले भनेका छन् । 

उनले कार्की नेतृत्वको सरकारले चुनाव गर्ने छाँट नदेखाएको दाबी गर्दै प्रतिनिधिसभा पुन:स्थापनामा जोड दिएका हुन् । तर केही केन्द्रीय सदस्यले भने चुनावमा लाग्नुपर्ने सुझाव दिएका छन् । चुनावको पक्षमा केन्द्रीय सदस्यहरू विष्णु रिजाल, हरि राई, सोम मिश्रलगायतले धारणा राखेका थिए । 

नेपाली कांग्रेसले चुनावी वातावरण बनेमा संविधानको रक्षा यही बाटोबाट हुने भनिसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पनि दलहरुसँग छलफल गरी संविधान जोगाउने विकल्प चुनाव भएको बताइसकेका छन् । एमाले केन्द्रीय कमिटी आज ८ बजे बस्नेगरी स्थगित भएको छ । केन्द्रीय कमिटीमा नेपाली वर्णाणुक्रम ‘ज्ञ’ बाट सुरु गरी अन्तिममा ‘क’ बाट नाम आउनेले बोल्ने कार्यतालिका तय गरिएको छ । पहिलो दिन ५० जनाले धारणा राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

देउवाको प्रशंसा
एमाले केन्द्रीय कमिटीको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले १५ बुँदे राजनीतिक प्रतिवेशन पेस गर्दा नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको प्रशंसा गरे ।

देउवाले मंगलबारमात्र कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका थिए । एमाले केन्द्रीय कमिटीमा उनको उक्त कदमको प्रशंसा भएको हो । केन्द्रीय सदस्य विद्या भट्टराईले केन्द्रीय कमिटी बैठकमा बोल्दै देउवालेजस्तै निर्णय गर्न ओलीलाई आग्रह गरिन् । ‘हामीसँग सहकार्य गरेको कांग्रेसले हिजो गरेको निर्णयको समानार्थी हुनेगरी हामीले पनि निर्णय गर्नुपर्छ,’ भट्टराईले भनिन् ।

भट्टराईलेझैं अरु नेताहरुले पनि केन्द्रीय कमिटीमा देउवाको प्रशंसा गरेका थिए । माओवादी केन्द्रले यसअघि कार्यसमिति भंग गरी महाधिवेशन आयोजक समिति गठन गरिसकेको छ । माओवादीले मंसिरमा महाधिवेशन गर्ने भने पनि मिति र स्थान तोकेको छैन ।

एमाले अध्यक्ष ओलीले भने आफू यस्तो लहडमा नलाग्ने र सरकारको नेतृत्वमा फेरि पुग्न सक्ने सन्देश दिएका छन् । ‘कतिपयले त मलाई भन्नुहुन्छ । तपाईंलाई बोकेर त जानै सकिँदैन । किन बोक्नुपर्‍यो म आफैं हिँड्छु । हिँड्न नसक्ने हैन । दौडन सक्ने अवस्थामा छु,’ ओलीले भने ।

ओलीले एमालेले राजनीतिक आर्थिक नायकत्व दिइरहेकोसमेत दाबी गरे । यस्तो अवस्थामा देशलाई एमालेको खाँचो अझै रहेको ओलीको तर्क थियो । ‘कसैले अब सधैंका लागि एमाले सरकारबाट हट्यो भन्ने ठानेको होला । यो भ्रम नपाले हुन्छ । एमाले राजनीतिक आर्थिक नायकत्व दिइरहेको पार्टी हो । व्यवहारले यसको पुष्टि गरेको थियो, देखाएको थियो । विश्व बैंकको हालै प्रकाशित तथ्यांकले पनि एमाले सरकारमा नहुँदा मुलुक कसरी कमजोर हुन्छ भन्ने पुष्टि भयो,’ उनले भने ।
 


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP