ललितपुर– नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले स्वास्थ्य समस्याका कारण आफू उपस्थित हुन नसक्ने कारण देखाउँदै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका हुन् ।
बैठकको सुरुआतमा सभापति देउवाले सम्बोधन गरेपश्चात् यही असोज ३० गते दिउँसो १ः०० बजे बस्नेगरी बैठक स्थगित गरिएको छ । बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एवम् आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।