काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी कार्यालय सानेपामा पुगेका छन् । उनी जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका हुन् ।
जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते घाइते भएका देउवा त्यसपछि पहिलो पटक पार्टी कार्यालयबाट सार्वजनिक भएका हुन् ।
बूढानीलकण्ठस्थित निवासमा आन्दोलनका क्रममा आन्दोलनकारीबाट कुटिएका देउवा त्यसपछि सार्वजनिक भएका थिएनन् ।