Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटकलाई सावधानी अपनाउन आग्रह
पर्यटकलाई सावधानी अपनाउन आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २७, २०८२
File Photo

मुस्ताङ- उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई हाइअल्टिच्युडका कारण बिरामी पर्ने समस्या देखिएसँगै त्यहाँको लोमान्थाङ गाउँपालिकाले आज सार्वजनिक सूचना प्रकाशित गरी सावधानी अपनाउन आग्रह गरेको हो ।

गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङद्वारा जारी सूचनामा उपल्लो मुस्ताङमा अत्यधिक चिसो बढ्दै गइरहेको र उच्च उचाईको क्षेत्रमा भ्रमण गर्ने पर्यटकमा लेक लाग्ने समस्या देखिएको उल्लेख छ । दसैँ–तिहार र छठ पर्वको बिदा अवधिमा यहाँ भ्रमण गर्न आउने पर्यटकले आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाएर मात्रै भ्रमण गरिदिन अनुरोध गरिएको छ ।

यस याममा नेपाल–चीन उत्तरी कोरलानाका र उपल्लो मुस्ताङ क्षेत्रको भ्रमण गर्न आएका पर्यटकलाई लेक लाग्ने समस्या देखिएको र समस्यामा परेका पर्यटकलाई सीमित श्रोतसाधनका बावजुत गाउँपालिकाको तर्फबाट स्वास्थ्य सेवा प्रवाह गरिएको सूचनामा उल्लेख छ । 

Hardik health

गाउँपालिकाले लेक लागेर सिकिस्त भएका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवामार्फत जोमसोमस्थित प्रदेश अस्पताल पुर्याउने गरिएको जनाएको छ । दसैँपछि उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक बढ्दो रहेकाले यहाँको हावापानी र भौगोलिक समस्याका कारण हुने स्वास्थ्य जटिलतालाई मध्यनजर गर्दे आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरिएको अध्यक्ष गुरुङले बताए ।

गाउँपालिकाले सूचनामार्फत उपल्लो मुस्ताङतर्फ जाने पर्यटकले यात्रा गर्दा स्वास्थ्य अवस्था सम्वन्धि बिचार गर्नुपर्ने, दीर्घ रोगका बिरामीले यात्रा गर्दा चिकित्सकको सल्लाह लिएर यात्रा गर्न, चिसोबाट बच्न लगाइने स्वास्थ्य सुरक्षा सामग्री व्यवस्था गर्न, खाली पेटमा यात्रा नगर्न, दैनिक चार/पाँच लिटर पानी पिउन र तरल पदार्थ सेवन गरेर मात्रै यात्रा गर्न तथा विभिन्न ठाउँमा विश्राम लिँदै यात्रा गर्न अनुरोध गरेको हो ।

नेपाल–चीन उत्तरी कोरलानाका अवलोकनका लागि दैनिक दुई हजारको सङ्ख्यामा पर्यटक आउने गरेको लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बिओपीले जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक विष्णुहरी थापाका अनुसार कोरला नाकामा पुगेका पर्यटकलाई हाइअल्टिच्युडको समस्या हुने र सवारी साधन चिसोका कारण चल्न नसक्ने जस्ता समस्या देखिएको बताए । बिओपीले कोरलानाका भ्रमण गर्ने पर्यटकलाई बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।h
 


प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP