Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #नेपाली काङ्ग्रेस
  • #धनुषा कर्फ्यु
  • #३२औं विश्व आदिवासी दिवस
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवा गुपचुप बस्दा कांग्रेसमा तीव्र ध्रुवीकरण
देउवा गुपचुप बस्दा कांग्रेसमा तीव्र ध्रुवीकरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २७, २०८२

 

  • नेतृत्वबाट हटाउन तीव्र दबाब भइरहेका बेला देउवा भने अण्डरग्राउण्ड
  • गगन–विश्व एक भएर विशेष महाधिवेशनको माग गर्दा शेखरको साथ नपाएपछि ‘ब्याक’
  • कुनै बेला गगनको साथ लिएर सभापतिमा भिडेका कृष्णप्रसाद सिटौला अहिले शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहसँग नजिकिँदै, यही समूहमा मिसिए प्रवक्ता डा. प्रकाशशरण महत
  • देउवा समूहबाट सहमहामन्त्रीमा निर्वाचित भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय डिना शेखर समूहसँग नजिकिँदै

काठमाडौं– नेपाली कांग्रेसमा तीव्र ध्रुवीकरण सुरु भएको छ । जेन–जी विद्रोहपछि सडकमा आइपुगेको कांग्रेसभित्र नेतृत्व परिवर्तनको विषयलाई लिएर तीव्र ध्रुवीकरण सुरु भएको हो ।

कांग्रेस, एमाले र माओवादीका सबै साथीहरुलाई म अपिल गर्छु– हामीले तीनजनै नेतालाई भन्नुपर्छ– अब ‘नो मोर’ । ‘इफ’, ‘बट’ केही हुँदैन । तपाईंहरुले अब छाड्नुपर्छ । तपाईंहरु अब घर बस्नुपर्छ । तपाईंहरुविना पार्टी चलाउँछौं भनेर हामीले भन्नुपर्छ । यसो गर्न सकेमात्र हाम्रो पार्टीले आम मानिससँग कुरा गर्न सक्छ ।
गगन थापा
महामन्त्री, नेपाली कांग्रेस

सभापति शेरबहादुर देउवा भदौ २४ यता सार्वजनिक भएका छैनन् । जेन–जी आन्दोलनका क्रममा देउवा आफ्नै निवास बूढानीलकण्ठमा कुटिएका थिए । त्यसपछि सेनाको सुरक्षामा उपचारका लागि लगिएका देउवा केन्द्रीय समिति नजिकिँदा पनि सार्वजनिक भएका छैनन् ।

Hardik health

कांग्रेसले आइतबारका लागि डाकेको केन्द्रीय समिति भोलि २८ गतेका लागि सारेको छ । यो बीचमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको पहल गरेका थिए । तर डा. शेखर कोइरालाले साथ नदिएपछि दुई महामन्त्रीले नियमित महाधिवेशन हुनुपर्ने माग गरेका छन् ।

केन्द्रीय समितिका लागि एजेण्डा तय गर्न बिहीबारबाट तीन दिनसम्म चलेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केही निचोड निकाल्न सकेन । यो बीचमा संस्थापनपक्ष र संस्थापनइतरका शेखर नियमित महाधिवेशनबाटै नेतृत्व चयन गर्नुपर्ने पक्षमा देखिन्छन् । चौतर्फी रुपमा देउवालाई नेतृत्वबाट हटाउनुपर्ने आवाज उठ्न थालेको छ ।

देउवानिकट मानिने पूर्वमहामन्त्री डा. शशांक कोइरालाले देउवाले तत्काल कार्यबाहक सभापति तोक्नुपर्ने सुझाएका छन् । ‘मैले शेरबहादुरजीलाई भनेँ– यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँलाई के भने भने तपाईं (कार्यसमिति) विघटन गर्नुस् । एक जनालाई कार्यवाहक सभापति दिनुस् । उनले गठन गर्दछन् र उनले मिति तय गर्दछन् । मलाई लाग्छ– मंसिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो,’ शनिबार कोइरालाले भनेका थिए । देउवापक्षकै केन्द्रीय सदस्य उदयशमशेरले पनि देउवाले कार्यवाहक तोक्नुपर्ने बताएका छन् ।

यता कांग्रेस महामन्त्री थापाले भने आइतबार भिडियो वक्तव्य जारी गर्दै देउवालाई नेतृत्व छाड्न भनेका छन् । तीन ठूला पार्टीमध्ये एमाले र माओवादीले पनि नेतृत्व फेर्नुपर्ने थापाको भनाइ थियो । ‘तिम्रो पार्टीका टाउको हटाऊ, उनीहरुलाई विश्राम लिन लगाऊ भन्छन् हाम्रै मतदाता । यसको बारेमा कुनै द्विविधा छ ? छैन । तर हामी टेक्निकल कुरा गरिरहेका छौं । उहाँहरुले हट्न चाहनुभएको छैन । हामीले पनि हटाउन सकिरहेका छैनौं,’ गगनले भनेका छन्, ‘कांग्रेस, एमाले र माओवादीका सबै साथीहरुलाई म अपिल गर्छु– हामीले तीनजनै नेतालाई भन्नुपर्छ– अब ‘नो मोर’ । ‘इफ’, ‘बट’ केही हुँदैन । तपाईंहरुले अब छाड्नुपर्छ । तपाईंहरु अब घर बस्नुपर्छ । तपाईंहरुविना पार्टी चलाउँछौं भनेर हामीले भन्नुपर्छ । यसो गर्न सकेमात्र हाम्रो पार्टीले आम मानिससँग कुरा गर्न सक्छ ।’

थापाले जेन–जीको आन्दोलनपछि र अघिको अवस्था एउटै नभएकाले अब नियमको कुरा गरेर प्रमुख नेताहरुले पदमा बस्न नसुहाउने र उनीहरुका लागि अरुले वकालत गर्न नमिल्ने बताए । ‘नियम बाँकी छ अब ? भदौ २५  र भदौ २२ सम्मको नेपाल एउटै हो ? यो मेसेजलाई हामीले बुझ्नुपर्छ कि पर्दैन ?,’ उनले भनेका छन्, ‘नेतृत्व बदलेपछि पार्टीको संस्कृति बदल्नु छ । मति बदल्नु छ । गति बदल्नु छ । तर त्यसका लागि नेतृत्व बदलेमात्र बाटो खुल्छ ।’

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने अहिले नै सभापति देउवाको विकल्प खोज्ने बेला भइनसकेको बताएका छन् । ‘अहिले नै सभापतिको विकल्प खोज्ने बेला भएको हो त ? विकल्प खोज्नु पर्ने अवस्था अहिले म देख्दिनँ,’ शीर्ष नेताको बैठकमा सिटौलाले भने । कुनै बेला गगनको साथ लिएर सभापतिमा भिडेका सिटौला अहिले शशांक, विमलेन्द्र निधि र प्रकाशमान सिंहसँग नजिकिएका छन् । यो समूहमा कांग्रेस प्रवक्ता डा. महत पनि लागेका छन् ।
देउवा समूहबाट सहमहामन्त्रीमा निर्वाचित भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’ भने शेखर समूहमा नजिकिएका छन् । पदाधिकारी बैठकबाट एजेण्डा तय गर्न नसकेपछि कांग्रेसले अनौपचारिक छलफलसमेत थालेको छ । यी छलफलबाट केन्द्रीय समितिको एजेण्डा तय गरिने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । 

एमालेको महाधिवेशन मंसिरमा, प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जाने
emale-1760333270.jpg
विधानअनुसार नेकपा एमालेको ११औं महाधिवेशन हुन एक वर्ष बाँकी छ । तर पछिल्लो परिस्थितिको सम्बोधन गर्न भन्दै एमालेले आउँदो मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ ।

आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले ११औं महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार महाधिवेशनको मिति र स्थान केन्द्रीय कमिटी बैठकले तय गर्ने छ । केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्म बस्दै छ । एमालेको १०औं महाधिवेशन २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो । 

यसैगरी एमालेले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताउँदै पुनस्र्थापनाको मागसहित अदालतमा जाने निर्णय गरेको छ । ‘प्रतिनिधिसभा विघटनलाई यो बैठकले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको विघटन बदर गर्दै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ भन्ने स्पष्ट माग बैठकले गरेको छ,’ ज्ञवालीले भने ।
 


प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
काङ्ग्रेस रूपान्तरणका लागि वैधानिक बाटो अपनाउन अरुण सुबेदीको सुझाव !
काङ्ग्रेस रूपान्तरणका लागि वैधानिक बाटो अपनाउन अरुण सुबेदीको सुझाव ! बिहीबार, साउन २१, २०८३
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप बिहीबार, साउन २१, २०८३
एमालेको सदस्यता प्रणाली पूर्णतः ‘डिजिटल’ हुने
एमालेको सदस्यता प्रणाली पूर्णतः ‘डिजिटल’ हुने बिहीबार, साउन २१, २०८३
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP