Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अलमलमा कांग्रेस–एमाले 
दुवै दलको बैठक सर्‍यो, दबाबमा नेतृत्व अलमलमा कांग्रेस–एमाले 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २६, २०८२

 

  • कांग्रेस पदाधिकारी बैठकले तय गर्न सकेन केन्द्रीय समिति बैठकको एजेण्डा
  • असोज २८ गते केन्द्रीय समिति बैठक बस्‍ने
  • तयारी नपुगेको भन्दै एमाले केन्द्रीय कमिटी बैठक पनि सर्‍यो, २९ देखि ३१ असोजसम्म बस्ने 
  • एमाले बैठक सर्नुको कारण ओलीको राजीनामाको प्रस्ताव !

काठमाडौं-  जेन–जी आन्दोलनपछि पहिलोपटक बस्न लागेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दुई दिन पछाडि सरेको छ । जेन–जी आन्दोलनपछिको अवस्थाबारे धारणा बनाउन आज आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो । 

केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न भन्दै सभापति शेरबहादुर देउवाले बिहीबार पदाधिकारी बैठक बोलाएका थिए । तर, उक्त बैठकमा देउवा उपस्थित भएनन् । गत भदौ २४ मा जेन–जी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा कुटिएपछि उनी सार्वजनिक भएका छैनन् । देउवाको उपस्थितिविनै बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिका लागि एजेण्डा तय गर्न नसकेपछि बैठक सारिएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलल भने कार्यसम्पादन समिति बैठक जारी रहेकाले केन्द्रीय समिति पछि सारिएको जानकारी दिए । उनका अनुसार अब केन्द्रीय समिति बैठक यही २८ असोजको दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ । बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र सातै प्रदेश सभापतिहरू सहभागी हुने छन् ।

Hardik health

जेन–जी आन्दोलनपछिको राजनीतिक परिवर्तनबारे कांग्रेसले संस्थागत धारणा सार्वजनिक गरेको छैन । प्रतिनिधिसभा पुनस्र्थापना कि फागुनमा चुनाव भन्नेबारे कांग्रेसको आधिकारिक धारणा आउन बाँकी छ । यही २४ असोजमा जेन–जी आन्दोलनबाट सत्ताच्युत भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने कांग्रेसलाई प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा उभिन आग्रह गरेका छन् । उनले चुनाव नहुने र त्यसको पक्षमा एमाले नभएको बताए । 

कांग्रेस भने यसबारे अनीर्णित छ । बरु, पार्टीमा नेतृत्व परिवर्तनको माग गर्ने संस्थापनइतर पक्षबाट विशेष महाधिवेशनको माग चर्कोगरी उठेको छ । त्यही भएर कार्यसम्पादन समिति बैठकमा पार्टीको नियमित महाधिवेशनबारे सहमति नजुटेको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बताए । उता एमालेको केन्द्रीय कमिटी बैठक पनि दुई दिन पछाडि सरेको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार तयारी नपुगेकाले यही २७ असोजमा बस्नेगरी बोलाएको बैठक अब असोजको २९ गतेदेखि ३१ गतेसम्म बस्‍ने छ । 

तर, एक जना सचिवालय सदस्य अध्यक्ष ओलीको राजीनामाको प्रस्ताव आएपछि बैठक स्थगित गरिएको बताउँछन् । उनका अनुसार ओली राजीनामाको प्रस्तावले रक्षात्मक बनेका छन् । सोही कारण ओलीले सचिवालय बैठक स्थगित गरेका हुन् । यद्यपि, ओली अस्वस्थ भएकाले बैठक स्थगित गरिएको बताइएको छ ।

गएको २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि एमालेको बहुसंख्यक पदाधिकारी ओलीको राजीनामा मागिरहेका छन् । २३ असोजको बैठकमै उनीहरूले पार्टी पुनर्गठनको प्रस्ताव सचिवालय बैठकमा गरेका थिए, जुन बैठक हाल ओलीको डेरा रहेको गुण्डुमा बसेको थियो । यो बैठकपछि ओली झस्किएका छन् । त्यो सचिवालय बैठकले भने पार्टी पुनर्गठनबारे कुनै निर्णय गरेन । केन्द्रीय समिति बैठक बोलाउने निर्णय गर्‍यो । बैठकको एजेण्डा तयार गर्नकै लागि सचिवालय बैठक ओलीले शनिबार आह्वान गरेका थिए । अन्तिममा आफ्नो स्वास्थ्यमा समस्या देखिएको कारण जनाउँदै बैठक स्थगित गरिदिए ।

एक नेताका अनुसार पार्टी पुनर्गठनका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले लिखित प्रस्ताव नै पेस गरेकी छन् । उनले अहिले नेतृत्व तहमा रहेका सबैले छाडेर नयाँलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेकी हुन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णु पौडेल र रामबहादुर थापाले पनि पुनर्गठनको प्रस्ताव गरेका छन् । यसको विपक्षमा उपाध्यक्ष गुरु बराल र महासचिव शंकर पोखरेल उभिएका छन् । उपमहासचिव प्रदीप ज्ञवाली तटस्थ देखिएका छन् ।
 


प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP