काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर सद्भाव यात्रा गर्ने भएको छ । तिहार लगत्तै हिमाल, पहाड र तराईमा तीन चरणमा सद्भाव यात्रामा निस्कने गरी कार्यक्रम तय गर्दैछ ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आज बस्ने सचिवालय बैठकमा यो विषयमा थप छलफल हुनेछ । पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बिहान ११ बजे सचिवालय बैठक बस्दैछ । बैठकबाट तीन चरणमा सद्भाव यात्रा गर्ने गरी मिति तय गरिनेछ ।
आन्दोलनका क्रममा छिमेकीकै घर जोगाउन नलाग्ने जस्तो अवस्था देखा परेको, एउटा पार्टीले अर्को पार्टीको भवन जलाउँदा हेरेर बस्ने अवस्था रहेको भन्दै रास्वपाले मानिसहरूबीच एक अर्कोप्रति रहेको रिस कम सद्भाव यात्रा गर्न लागेको जनाएको छ ।