Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #नेपाली काङ्ग्रेस
  • #धनुषा कर्फ्यु
  • #३२औं विश्व आदिवासी दिवस
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • शेखरको साथ नपाएपछि गगन–विश्वले छाडे विशेष महाधिवेशनको अडान
कांग्रेस पदाधिकारी बैठक शेखरको साथ नपाएपछि गगन–विश्वले छाडे विशेष महाधिवेशनको अडान
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज २४, २०८२
  • महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकका लागि विशेष महाधिवेशन एजेण्डा बनाएर अघि बढाउने तयारी गरेका थिए
  • संस्थापनइरतका नेता डा. शेखरले गगन–विश्वको अभियानलाई दिएनन् साथ
  • नयाँ प्रतिनिधि नछानी पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्नु गलत हुने शेखर समूहको भनाइ

काठमाडौं– जेन–जी आन्दोलनको ठीक महिना दिनपछि बिहीबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्यो । उक्त आन्दोलनपछि पहिलोपटक भौतिक उपस्थितिमा पदाधिकारी बैठक बसेको हो ।

भदौ २४ गते आगजनीबाट ध्वस्त भएको ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो १ बजेबाट सुरु भएको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक केन्द्रीय समितिको एजेण्डाबारे छलफल भएको जानकारी दिइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा नआउने भएपछि उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि सहभागी भए । पदाधिकारी बैठकमा कोइरालाको यो पहिलो उपस्थिति हो ।कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकका लागि विशेष महाधिवेशन एजेण्डा बनाएर अघि बढाउने तयारी गरेका थिए ।

यद्यपि, बिहीबारको बैठकमा महामन्त्री थापा र शर्माले नियमित महाधिवेशनमै जोड दिए ।विधानअनुसार कांग्रेसको महाधिवेशन आउँदो मंसिरभित्र भइसक्नुपर्छ । यसैले आफू नियमित महाधिवेशनकै पक्षमा रहेको थापाले बैठकमा बताए । ‘कांग्रेसको वर्तमान कार्यसमितिको म्याद थप्ने प्रस्ताव असोज २६ को केन्द्रीय समितिमा म लैजान्न । सभापति देउवाकोमात्र होइन, म आफैं महामन्त्री गगन थापाको पनि म्याद थप नहुने कुरा हो यो । यो कार्यसमितिको म्याद अब थपिन्न,’ थापाले भने । उनले नियमित महाधिवेशन नभएमात्र विशेष महाधिवेशनमा आफ्नो जोड रहने बताए ।

Hardik health

यता अर्का महामन्त्री शर्माले पनि नियमित महाधिवेशनमै जोड दिए । ‘नियमित महाधिवेशन मंसिर मसान्तभित्रै गर्न सकिन्छ । यसले सभापतिज्यूको बहिर्गमनलाई पनि सहज बनाउने छ,’ शर्माले भने । जबकि शर्माले मंगलबारमात्र विशेष महाधिवेशनका लागि तत्काल हस्ताक्षर गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका थिए । शनिबार केन्द्रीय कार्यालयमा बुझाउनेगरी शुक्रबारसम्म हस्ताक्षर गरिसक्न शर्माको आग्रह थियो ।

शेखरको साथ नपाएपछि ‘ब्याक’
कांग्रेसमा विशेष महाधिवेशनको मागका लागि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी केन्द्रीय समितिमा प्रस्ताव गर्नुपर्छ । महामन्त्रीद्वय गगन–विश्वले चलाएको अभियानमा संस्थापनको साथ नरहने नै भयो । कांग्रेस केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढी सदस्यहरु संस्थापन पक्षका छन् । संस्थापनइतरका नेता डा. शेखरलेसमेत गगन–विश्वको अभियानलाई साथ दिएन ।

विशेष महाधिवेशन भनेको पुरानै महाधिवेशन प्रतिनिधिहरुबाट गरिने महाधिवेशन हो । कांग्रेसले नयाँ प्रतिनिधि नछानी पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्नु गलत हुने शेखर समूहको बुझाइ छ । ‘पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्नु जेन–जी आन्दोलनलाई बेवास्ता गर्नु हो । अहिले कांग्रेसलाई पुनर्ताजगी गर्न जेन–जीहरुकोसमेत सहभागिता गराउनुपर्छ । यो भनेको नयाँ महाधिवेशन प्रतिनिधि छनोट, त्यसपछि नियमित महाधिवेशन हो,’ शेखरनिकट एक महाधिवेशन प्रतिनिधिले भने ।

महामन्त्रीद्वयले महाधिवेशन तयारीका लागि कार्यवाहक दिएर महाधिवेशन आयोजक समिति गठन गर्ने तयारीसमेत गरेका छन् । तर यसबारे बिहीबार कुनै छलफल नभएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । ‘अहिले त्यो (कार्यवाहक सभापति) बारे कुनै कुरा भएको छैन, पार्टीको नियमित महाधिवेशन र आगामी नीतिबारेमात्र छलफल भए,’ बैठकपछि महतले भने ।

बैठक आज पनि
कांग्रेस पदाधिकारी बैठक आज दिउँसो १ बजे पुनः बस्ने भएको छ । पदाधिकारीहरुले धारणा राख्ने क्रम नसकिएकाले पुनः बस्नेगरी बैठक स्थगित भएको प्रवक्ता महतले बताए । ‘पार्टीलाई विशेष परिवेशमा कसरी अगाडि बढाउने भनेर छलफल भइरहेको छ,’ महतले भने, ‘पदाधिकारी बोल्ने क्रम भोलि पनि जारी रहने छ, समयमा नियमित अधिवेशन हुनुपर्छ भन्ने कुरा आएको छ, मंसिरभित्रै सम्पूर्ण विधि प्रक्रिया पूरा गर्न सकिन्छ कि सकिँदैन भनेर छलफल भएको छ ।’

महतले गत भदौ २४ गतेको जेन–जी आन्दोलनमा व्यक्तिका निजी सम्पत्ति, नेता तथा व्यवसायी, राष्ट्रिय सम्पत्तिमाथि आगजनी गर्नेलाई कारबाहीमा ल्याउनुपर्छ भन्ने धारणा कांग्रेसको रहेको बताए । ‘नेताहरुको घर जलाइएको छ, किसुनजीको आश्रम जलाइएको छ, लोकतान्त्रिक मूल्य मान्यतालाई सिध्याउने षडयन्त्र भइरहेको छ, यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, आन्दोलनमा गोली चलाउनेको पहिचान गरेर कारबाही हुनुपर्छ,’ उनले भने ।

उनले निर्वाचनका लागि कांग्रेस जहिले तत्पर रहेको भन्दै विश्वसनीय निर्वाचनका लागि सरकार गम्भीर नभए संसद् पुनस्र्थापनाको विकल्प हुन सक्ने धारणा राखे ।


देउवाको खोजी
कांग्रेस सभापति शेरबहादुर देउवा महिना दिन हुँदा पनि सार्वजनिक भएका छैनन् । देउवाले बिहीबार पदाधिकारी बैठक डाकेपछि उनी सार्वजनिक हुन्छन् कि भन्ने चर्चा थियो । कांग्रेसले बैठक कोपण्डोलस्थित होटल हिमालयमा डाकेको थियो ।
होटल हिमालयमा बैठक राख्ने भएसँगै पत्रकार सम्मेलनका लागि सञ्चारकर्मीलाई डाकिएको थियो । त्यहीँ देउवा सहभागी हुने धेरैको अनुमान थियो । तर कांग्रेसले बैठक सानेपामै राख्यो । 

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते देउवा र उनकी पत्नी डा. आरजु देउवा बूढानीलकण्ठस्थित आफ्नै निवासमा पिटिएका थिए । केही सञ्चारमाध्यमले देउवा आरजुका भाइ भुषण राणाको झम्सीखेलस्थित निवासमा बसेको समाचार लेखेका थिए । उक्त घरमा प्रहरीले सम्पत्ति लुकाएको आशंकामा छापासमेत मारेको थियो । 

भुषणसमेत विदेशमा रहेको बेला प्रहरीले उक्त घरमा ताल्चा फोडेर छापा मारेको थियो । त्यहाँ पुगेका प्रहरीले देउवा नभेटिएको बताएको थियो । कतिपयले देउवा अहिले छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत रहेको बताएका छन् । नेपाली कांग्रेसले उनको अवस्थाबारे कुनै जानकारी सार्वजनिक गरेको छैन ।
 


प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
काङ्ग्रेस रूपान्तरणका लागि वैधानिक बाटो अपनाउन अरुण सुबेदीको सुझाव !
काङ्ग्रेस रूपान्तरणका लागि वैधानिक बाटो अपनाउन अरुण सुबेदीको सुझाव ! बिहीबार, साउन २१, २०८३
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप बिहीबार, साउन २१, २०८३
एमालेको सदस्यता प्रणाली पूर्णतः ‘डिजिटल’ हुने
एमालेको सदस्यता प्रणाली पूर्णतः ‘डिजिटल’ हुने बिहीबार, साउन २१, २०८३
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP