Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • पोखरा सडक महोत्सवका लागि संयोजक चयन
पोखरा सडक महोत्सवका लागि संयोजक चयन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २३, २०८२

पोखरा- रेस्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको कार्यसमिति बैठकले आगामी २७औं पोखरा सडक महोत्सवका लागि संयोजक मण्डल र स्टेरिङ कमिटी गठन गरेको छ ।समितिको आज बसेको बैठकले आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुने महोत्सवको संयोजकमा प्रथम उपाध्यक्ष वसन्त गौतमलाई मनोनित गरेको  हाे ।

त्यस्तै कार्यसमिति सदस्य सुनिलबहादुर भट्टराई र सुमन भट्टराईलाई सह–संयोजकका रूपमा जिम्मेवारी दिइएको छ ।    महोत्सवको स्टेरिङ कमिटीमा अध्यक्ष विश्वराज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त गौतम, द्वितीय उपाध्यक्ष विकास भट्टराई, महासचिव विरेन्द्र शेरचन र कोषाध्यक्ष रोशनजंग कार्की गरी छ सदस्यीय समिति गठन गरिएको छ ।

रेवान पोखराले विगत २६ वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइड क्षेत्रमा ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ सडक महोत्सव आयोजना गर्दै आएको छ । करिब तीन किलोमिटर क्षेत्रफलमा फैलिएको लेकसाइड क्षेत्रमा आयोजना हुने यो महोत्सवले पोखरालाई अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्य स्थलका रूपमा स्थापित गरेको छ ।

Hardik health

महोत्सवको उद्देश्य कला–संस्कृति प्रवद्र्धन, स्थानीय उत्पादनको बजार विस्तार, व्यापार अभिवृद्धि, ब्रान्डिङ तथा लोपोन्मुख सामग्रीको संरक्षण र प्रदर्शनका लागि साझा मञ्च उपलब्ध गराउनु रहेको रेवानले जनाएको छ । संयोजक गौतमका अनुसार यस वर्षको महोत्सवलाई अझ आकर्षक र सहभागिता बढाउन विभिन्न सरोकारवालाको सुझाव र सल्लाह समेटिनेछ । 

“परिवर्तित समयका अपेक्षाअनुसार महोत्सवको स्वरूपलाई नवीकरण गर्दै पोखराको पर्यटन र स्थानीय अर्थतन्त्रलाई थप गतिशील बनाउने लक्ष्य राखिएको छ”, गौतमले भने । रेवानका अनुसार सडक महोत्सवले स्थानीय आर्थिक गतिविधि प्रवद्र्धन, विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

निरन्तर २६ वर्षदेखि आयोजना हुँदै आएको यस महोत्सवले अब नेपाली मात्र नभई विदेशी पर्यटकलाई पनि नयाँ वर्ष पोखरामै मनाउने आकर्षक वातावरण सिर्जना गर्न सफल भएको आयोजकको भनाइ छ । 


प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १५:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP