Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • सन्दर्भ विश्व दृष्टि दिवसः दृष्टि सुरक्षित राख्नु नै उज्यालो भविष्यको पहिलो कदम
सन्दर्भ विश्व दृष्टि दिवसः दृष्टि सुरक्षित राख्नु नै उज्यालो भविष्यको पहिलो कदम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २३, २०८२
डा शैलेशकुमार मिश्र

‘आफ्नो आँखालाई माया गरौँ’ भन्ने नाराका साथ आज नेपालसहित विश्वभर नै विश्वदृष्टि दिवस मनाइँदैछ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसका रुपमा विविध कार्यक्रम आयोजना गरी विश्वभर नै मनाउने गरिन्छ । 

यस वर्षको नाराले व्यक्तिगत दृष्टि स्वास्थ्यलाई प्राथमिकता दिने र सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा उपचार सेवा सुनिश्चित गर्ने रहेको छ । सन् १९९८ को अक्टोवर ८ गतेदेखि विश्व स्वास्थ्य सङ्गठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको छाता सङ्गठन (International Agency for the Prevention of Blindness- IAPB)   ले संयुक्त रुपमा मनाउन सुरु गरेको विश्व दृष्टि दिवसले विश्वमा अन्धोपनको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनसाधारणसम्म सूचना र जानकारी प्रवाह गरी सचेतना अभिवृद्धि गर्ने कार्यमा सरोकारवाला सबैलाई अझ बढी प्रेरित र प्रोत्साहित गर्ने गरिन्छ । 

हामी आँखा स्वास्थ्य क्षेत्रमा संलग्नहरुका लागि यो दिन अझ विशेष र महत्वपूर्ण दिन पनि हो । विश्व दृष्टि दिवसका अवसरमा विभिन्न देशका संस्था, स्वास्थ्यकर्मी र अभियन्ताहरूले आँखाको हेरचाह र नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जनस्तरमा सचेतना फैलाउँछन् । विश्वभर फैलिने यस अभियानले सरकार र नीति निर्माताहरूले  आँखा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ भनि सचेत गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

समयमै उपचार र नियमित आँखाको जाँचले दृष्टि गुम्ने जोखिम घटाउनुका साथै शिक्षा, रोजगारी र समग्र आर्थिक सम्भावनालाई पनि मजबुत बनाउँछ । दृष्टि हाम्रा अवसरहरूको ढोका हो— त्यसैले आँखाको हेरचाहलाई हाम्रो दैनिक जीवनको अङ्ग बनाउनु आवश्यक छ ।

Hardik health

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०५० सम्म विश्वका करिब ५० प्रतिशत मानिसमा दृष्टिदोषको समस्या देखिन सक्ने अनुमान गरिएको छ । यस जोखिमलाई रोकथाम र न्यूनीकरण गर्नका लागि सबै पक्षबीच सहकार्य गर्दै समुदायस्तरमै आँखासम्बन्धी जनचेतना अभिवृद्धि गर्न आवश्यक छ ।

आँखाको समस्या केवल दृष्टिसँग मात्रै सीमित हुँदैन, यसले व्यक्तिको सिकाइ, मानसिक स्वास्थ्य र समग्र जीवनस्तरमा पनि प्रत्यक्ष प्रभाव पार्छ । यसैले बालबालिकाको दृष्टि स्वास्थ्यमा विशेष ध्यान दिनु जरुरी छ । नवजात शिशु जन्मिएको एक महिना, छ महिना र  एक वर्षमा आँखा परीक्षण गराउनुपर्दछ । साथै बालबालिकालाई विद्यालय भर्ना गर्नुअघि र हरेक वर्ष कम्तीमा एक पटक आँखा परीक्षण गराउनु उपयुक्त मानिन्छ । समयमै समस्या पहिचान भएमा यसले दृष्टि गुम्ने जोखिम धेरै नै न्यून हुन्छ ।

आँखाको उपचार केवल चिकित्सकीय उपचारमा सीमित नभइ समग्र विकाससँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ । दिगो विकासका १७ लक्ष्यमध्ये आठ वटा लक्ष्यहरू आँखा स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् — गरिबी न्यूनीकरण, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, मर्यादित रोजगारी, असमानता न्यूनीकरण तथा दिगो समुदाय विकासजस्ता क्षेत्रमा दृष्टि स्वास्थ्यले महत्वपूर्ण योगदान पु¥याउँछ ।

एक तथ्याङ्क अनुसार केवल एउटा चस्माको प्रयोगले पनि कामकाजी व्यक्तिको उत्पादकत्वमा २२ प्रतिशत र विद्यार्थीको अध्ययन सफलतामा ४४ प्रतिशतसम्म सुधार ल्याउन सकिन्छ । त्यसैले, आँखाको हेरचाहलाई व्यक्तिगत होइन, सामाजिक प्राथमिकताको रूपमा लिनु आजको आवश्यकता हो ।

नेपालले आँखा उपचार क्षेत्रमा गरेका कामको प्रगतिको अहिले विश्व समुदायमै प्रशंसा हुने गरेको छ । नेपालको सरकार र गैर सरकारी संस्थाको साझेदारीमा सञ्चालित आँखा स्वास्थ्य सेवालाई विश्वमा नै अनुकरणीय उदाहरणका रुपमा लिने गरिन्छ ।

 विगतका दशकको तुलनामा दुबै आँखा नदेख्ने दृष्टिविहीनहरुको अनुपातमा उल्लेख्य कमि आएको छ ९सन् १९८१ मा गरिएको सर्वेक्षणमा अन्धोपनको अनुपात ०।८४ प्रतिशत रहेकोमा सन् २०२१ मा यो घटेर ०।२८ प्रतिशतमा रहेको छ० । तर दृष्टि क्षमता कम भएका तथा न्यून दृष्टिको अनुपात भने उल्लेख्य रुपमा बढिरहेको पाइएको छ ।आँखासम्बन्धी विश्व स्वास्थ्य सङ्गठनले दिएको मार्गदर्शन तथा नीतिहरुलाई हाम्रो देशले पनि आत्मसात गर्दै आएको छ । नेपाल सरकारको विश्व स्वास्थ्य सङ्गठनको महासभाद्वारा पारित Integrated People Centre Eye Care को उद्देश्यलाई अवलम्बन गरी आँखा स्वास्थ्य रणनीति तयार गरिसकेको छ ।

सन् २०३० सम्ममा विश्वव्यापी लक्ष्यलाई प्राप्त गर्ने गरी कार्ययोजना तर्जुमा गर्ने कार्यसमेत भइरहेको छ ।  संयुक्त राष्ट्र सङ्घको २०२१ को महासभामा Vision for everyone सबैका लागि दृष्टि तथा दिगो विकासका लक्ष्य प्राप्तिमा आँखा स्वास्थ्यको महत्वपूर्ण भूमिका रहेको महसुस गरिएको परिपेक्ष्यमा आगामी दिनमा पनि नेपालको आँखा स्वास्थ्य सेवालाई सर्वसुलभ सबैको पहुँचमा पु¥याइ दिगो विकासको स्वास्थ्यसम्बन्धी लक्ष्य प्राप्त गर्न हामी एक सेवा प्रदायकका रुपमा कटिबद्ध छौँ ।

आज विश्व दृष्टि दिवस मनाइरहँदा आँखा स्वास्थ्यका क्षेत्रमा थपिँदै गएका नयाँ नयाँ चुनौतीलाई आँकलन गर्नुपर्ने खाँचो छ । बढ्दो जनसङ्ख्या वृद्धि दर, औसत आयुमा वृद्धि, प्रविधिको अत्यधिक प्रयोग, वातावरणीय जोखिमयुक्त बसोबास, आधुनिक खानपान आदि कारणबाट आँखा स्वास्थ्यमा पर्न जाने नकारात्मक असर र उत्पन्न हुने नयाँ नयाँ आँखा रोगको निवारणका लागि पूर्वतयारी र आवश्यक रोकथामका विधिको विकासमा समयमै ध्यान नदिने हो भने हाम्रा आजसम्मका उपलब्धिको महत्व न्यून हुन जाने छ ।

आगामी दिनहरूमा आँखासम्बन्धी समस्याको प्रभावकारी समाधानका लागि रोकथाम र जोखिम न्यूनीकरणमा ध्यान दिनु अत्यावश्यक छ । यसका साथै, आँखाको स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्न तीनै तहका सरकार (सङ्घीय, प्रदेश तथा स्थानीय तह) बीच सशक्त समन्वय, लगानी र सक्रिय भूमिका अपरिहार्य छन् । 

त्यसैले सबै सम्बद्ध निकायहरूले आ–आफ्नो तह र जिम्मेवारी अनुसार प्राथमिकता निर्धारण गरी कार्यान्वयनतर्फ अघि बढ्नु आवश्यक छ । दृष्टि केवल हेर्ने क्षमता होइन, यो जीवनको उज्यालो हो । त्यसैले, आफ्नो आँखालाई माया गरौँ, नियमित जाँच गरौँ, र अरूलाई पनि आँखाको हेरचाहमा सचेत बनाऔँ । दृष्टि सुरक्षित राख्नु नै उज्यालो भविष्य निर्माणतर्फको पहिलो कदम हो त्यसैले आँखा उपचारका क्षेत्रमा सबैले हातेमालो गरौँ । सम्पूर्णमा विश्व दृष्टि दिवसको हार्दिक शुभकामना ।

(लेखक डा मिश्र नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक हुन् )


प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP