Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवालाई नेतृत्व छाड्न दबाब, नछाड्ने अडानमा ओली
देउवालाई नेतृत्व छाड्न दबाब, नछाड्ने अडानमा ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २३, २०८२
  •  केन्द्रीय समितिमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएर देउवालाई नेतृत्वबाट चाँडै बिदा गराउने तयारीमा कांग्रेसका युवा नेताहरु
  • आफूले सकेसम्म एमालेको नेतृत्व नछाड्ने अडान दोहो¥याएका ओली संसद् पुनस्र्थापनाको मुद्दा लिएर अदालत जाने तयारीमा
  • माओवादी केन्द्र पार्टी पुनर्गठनसहित चुनावी कार्यक्रममा सक्रिय सहभागी बन्नेगरी अघि बढ्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेतृत्व छाड्न कांग्रेसभित्र दबाब बढेको छ । देउवालाई नेतृत्वबाट बिदा गराउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लागेका छन् ।महामन्त्री शर्माले नेतृत्व फेर्न विशेष महाधिवेशन बोलाउनका लागि महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरे । शर्माले मंगलबार एक भिडियो सन्देश जारी गर्दै असोज २५ गते केन्द्रीय कार्यालयमा बुझाउनेगरी हस्ताक्षर गर्न आग्रह गरेका हुन् ।

कांग्रेसले असोज २६ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठकअघि हस्ताक्षर बुझाउने शर्मालगायत नेताको तयारी छ ।‘विशेष महाधिवेशनका लागि २४ गतेभित्रै हस्ताक्षर गर्नुस् । किनकि साथीहरुले भन्नुभएको छ, हामी केन्द्रीय कार्यसमितिको बैठकको एक दिनअघि असोज २५ गते हस्ताक्षर गरेर विशेष महाधिवेशनका लागि केन्द्रीय कार्यालयमा निवेदन दर्ता गर्न चाहन्छौं,’ शर्माले भने ।

विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ । कांग्रेसको विधानको धारा १७ को उपधारा २ मा भनिएको छ, ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले केन्द्रीय महाधिवेशनको बैठक बोलाउने विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने छ ।’

महामन्त्रीद्वय शर्मा र थापाले युवा पुस्ताको मागअनुसार पार्टीमा नेतृत्व फेर्नुपर्ने माग गर्दै आएका छन् । उनीहरुको तयारीअनुसार कांग्रेस नेता गुरुराज घिमिरेले असोज ६ गते विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु गरेका थिए । केन्द्रीय सदस्य अजयबाबु शिवकोटीका अनुसार हस्ताक्षर ४० प्रतिशत नजिक पुगिसकेको छ । ‘जिल्लाजिल्लामा अहिले पनि हस्ताक्षर चल्दै छ, २४ गतेभित्र केन्द्रमा आइसक्छ,’ शिवकोटीले भने ।

Hardik health

दसैंमा गाउँ–गाउँ पुगेका महाधिवेशन प्रतिनिधिले हस्ताक्षर अभियान सञ्चालन गर्ने भनिए पनि वर्षाका कारण प्रभावित भएको एक महाधिवेशन प्रतिनिधिले बताए । यद्यपि, संस्थापनपक्षले विशेष महाधिवेशनभन्दा नियमित महाधिवेशन नै गर्नुपर्ने विषयमा जोड दिइरहेको छ । कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइरालाले पनि नियमित महाधिवेशनमै जोड दिएका छन् ।
कांग्रेसको विधानअनुसार आउँदो मंसिरभित्र नियमित महाधिवेशन गरिसक्नुपर्छ । यसका लागि क्रियाशील सदस्यता विवाद अझै समाधान हुन सकेको छैन । क्रियाशील व्यवस्थापन समितिले असोज मसान्तसम्म विवाद समाधानको समय दिए पनि कहिले सुल्झिने टुंगो छैन । क्रियाशील व्यवस्थापन समितिको संयोजकमा महामन्त्री थापा रहेका छन् । जेन–जी आन्दोलनका क्रममा कांग्रेसका ४५ भन्दा बढी जिल्लामा आगलागी भएकोले क्रियाशील सदस्यको अभिलेखसमेत जलेर नष्ट भएको अनुमान गरिएको छ ।

त्यसैले महामन्त्रीद्वय विशेष महाधिवेशन बोलाएर नेतृत्व फेर्ने योजनामा लागेका हुन् । भदौ २४ मा आफ्नै निवासमा कुटिएका कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेसम्म सार्वजनिक भएका छैनन् । यसैबीच देउवाले आज दिउँसो १ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएका छन् । बैठक बस्ने तय भए पनि बुधबार साँझसम्म स्थान तय गरिएको छैन । ‘बैठक बुधबार १ बजे बस्नेगरी बोलाइएको छ । स्थान तय भएको छैन,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने ।

यसअघि कांग्रेस पदाधिकारी बैठक देउवानिवास बूढानीलकण्ठमा बस्थ्यो । जेन–जी आन्दोलनका क्रममा देउवानिवास आगजनीबाट खण्डहर भएको । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय पनि आगजनीबाट ध्वस्त भएको छ । आजको बैठकमा देउवा सहभागी हुने सम्भावना रहेको बताइएको छ । जेन–जी आन्दोलनपछि पहिलोपटक पदाधिकारी बैठक बस्न लागेको हो । यसअघि पार्टीका उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

ओलीले नेतृत्व नछाड्ने, संसद् पुनस्र्थापनाको मुद्दा तताउने
नेकपा एमालेमा पनि नेतृत्व परिवर्तनको माग सर्वत्र उठेको छ । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू अहिलेकै अवस्थामा नेतृत्व नछाड्ने अडान लिएका छन् । ‘कुनै हिसाबले पनि शिर झुक्न दिन्नँ । जबसम्म म सक्छु, नेतृत्व छाड्दिनँ,’ ओलीले प्रदेश र जिल्लाका नेताहरुसँगको छलफलमा राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने । 

सोमबार, मंगलबार र बुधबार विभिन्न प्रदेश र जिल्लाका अध्यक्षहरूसँग ‘भर्चुअल’ संवादमा जोडिएका ओलीलाई नेता कार्यकर्ताले पार्टी पुनर्गठनको मुद्दा उठाएका थिए । तर ओलीले अहिले पार्टीको अवस्था कमजोर रहेकोले सम्हालिएर अघि बढ्नुपर्ने बताएका थिए । ‘पार्टी खरानीको थुप्रोमा पुगेको छ । यही थुप्रोबाट हामी माथि उठाउँछौं । तपाईंहरू नआत्तिकन अघि बढ्नुस्,’ ओलीले भने ।

ओलीले प्रदेशका नेताहरुसँग छलफलका क्रममा संसद् पुनर्स्थापनाको मुद्दा लिएर अदालत जाने तयारी भइरहेको बताएका थिए । यसका लागि सभामुख देवराज घिमिरेसमेत सक्रिय रुपले लागेका छन् ।

चुनाव केन्द्रित अभियानमा माओवादी
नेकपा माओवादी केन्द्र पार्टी पुनर्गठनसहित चुनावी गतिविधिमा अघि बढेको छ । केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति गठन भइसकेको अवस्थामा महाधिवेशन समितिका संयोजक पुष्पकमल दाहालले सबै तहका पार्टी पंक्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन निर्देशन दिएका छन् ।

दाहालले परिपत्र जारी गर्दै पार्टी कार्यकर्ताहरूलाई आगामी कात्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गर्न, विवाह तथा बसाइँसराइका कारण मतदान केन्द्र परिवर्तन गर्नुपरेमा आवश्यक प्रक्रिया पुरंयाउन, साथै नाम, जन्ममिति वा अन्य विवरणमा त्रुटि भएमा त्यसको सच्याउन पहल गर्न निर्देशन दिएका हुन् ।

‘निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो । त्यसैले सम्पूर्ण पार्टी पंक्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ,’ परिपत्रमा भनिएको छ ।
 


प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP