Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवालाई नेतृत्व छाड्न दबाब, नछाड्ने अडानमा ओली
देउवालाई नेतृत्व छाड्न दबाब, नछाड्ने अडानमा ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २३, २०८२
  •  केन्द्रीय समितिमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएर देउवालाई नेतृत्वबाट चाँडै बिदा गराउने तयारीमा कांग्रेसका युवा नेताहरु
  • आफूले सकेसम्म एमालेको नेतृत्व नछाड्ने अडान दोहो¥याएका ओली संसद् पुनस्र्थापनाको मुद्दा लिएर अदालत जाने तयारीमा
  • माओवादी केन्द्र पार्टी पुनर्गठनसहित चुनावी कार्यक्रममा सक्रिय सहभागी बन्नेगरी अघि बढ्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेतृत्व छाड्न कांग्रेसभित्र दबाब बढेको छ । देउवालाई नेतृत्वबाट बिदा गराउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लागेका छन् ।महामन्त्री शर्माले नेतृत्व फेर्न विशेष महाधिवेशन बोलाउनका लागि महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरे । शर्माले मंगलबार एक भिडियो सन्देश जारी गर्दै असोज २५ गते केन्द्रीय कार्यालयमा बुझाउनेगरी हस्ताक्षर गर्न आग्रह गरेका हुन् ।

कांग्रेसले असोज २६ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठकअघि हस्ताक्षर बुझाउने शर्मालगायत नेताको तयारी छ ।‘विशेष महाधिवेशनका लागि २४ गतेभित्रै हस्ताक्षर गर्नुस् । किनकि साथीहरुले भन्नुभएको छ, हामी केन्द्रीय कार्यसमितिको बैठकको एक दिनअघि असोज २५ गते हस्ताक्षर गरेर विशेष महाधिवेशनका लागि केन्द्रीय कार्यालयमा निवेदन दर्ता गर्न चाहन्छौं,’ शर्माले भने ।

विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ । कांग्रेसको विधानको धारा १७ को उपधारा २ मा भनिएको छ, ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले केन्द्रीय महाधिवेशनको बैठक बोलाउने विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने छ ।’

महामन्त्रीद्वय शर्मा र थापाले युवा पुस्ताको मागअनुसार पार्टीमा नेतृत्व फेर्नुपर्ने माग गर्दै आएका छन् । उनीहरुको तयारीअनुसार कांग्रेस नेता गुरुराज घिमिरेले असोज ६ गते विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु गरेका थिए । केन्द्रीय सदस्य अजयबाबु शिवकोटीका अनुसार हस्ताक्षर ४० प्रतिशत नजिक पुगिसकेको छ । ‘जिल्लाजिल्लामा अहिले पनि हस्ताक्षर चल्दै छ, २४ गतेभित्र केन्द्रमा आइसक्छ,’ शिवकोटीले भने ।

Hardik health

दसैंमा गाउँ–गाउँ पुगेका महाधिवेशन प्रतिनिधिले हस्ताक्षर अभियान सञ्चालन गर्ने भनिए पनि वर्षाका कारण प्रभावित भएको एक महाधिवेशन प्रतिनिधिले बताए । यद्यपि, संस्थापनपक्षले विशेष महाधिवेशनभन्दा नियमित महाधिवेशन नै गर्नुपर्ने विषयमा जोड दिइरहेको छ । कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइरालाले पनि नियमित महाधिवेशनमै जोड दिएका छन् ।
कांग्रेसको विधानअनुसार आउँदो मंसिरभित्र नियमित महाधिवेशन गरिसक्नुपर्छ । यसका लागि क्रियाशील सदस्यता विवाद अझै समाधान हुन सकेको छैन । क्रियाशील व्यवस्थापन समितिले असोज मसान्तसम्म विवाद समाधानको समय दिए पनि कहिले सुल्झिने टुंगो छैन । क्रियाशील व्यवस्थापन समितिको संयोजकमा महामन्त्री थापा रहेका छन् । जेन–जी आन्दोलनका क्रममा कांग्रेसका ४५ भन्दा बढी जिल्लामा आगलागी भएकोले क्रियाशील सदस्यको अभिलेखसमेत जलेर नष्ट भएको अनुमान गरिएको छ ।

त्यसैले महामन्त्रीद्वय विशेष महाधिवेशन बोलाएर नेतृत्व फेर्ने योजनामा लागेका हुन् । भदौ २४ मा आफ्नै निवासमा कुटिएका कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेसम्म सार्वजनिक भएका छैनन् । यसैबीच देउवाले आज दिउँसो १ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएका छन् । बैठक बस्ने तय भए पनि बुधबार साँझसम्म स्थान तय गरिएको छैन । ‘बैठक बुधबार १ बजे बस्नेगरी बोलाइएको छ । स्थान तय भएको छैन,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने ।

यसअघि कांग्रेस पदाधिकारी बैठक देउवानिवास बूढानीलकण्ठमा बस्थ्यो । जेन–जी आन्दोलनका क्रममा देउवानिवास आगजनीबाट खण्डहर भएको । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय पनि आगजनीबाट ध्वस्त भएको छ । आजको बैठकमा देउवा सहभागी हुने सम्भावना रहेको बताइएको छ । जेन–जी आन्दोलनपछि पहिलोपटक पदाधिकारी बैठक बस्न लागेको हो । यसअघि पार्टीका उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

ओलीले नेतृत्व नछाड्ने, संसद् पुनस्र्थापनाको मुद्दा तताउने
नेकपा एमालेमा पनि नेतृत्व परिवर्तनको माग सर्वत्र उठेको छ । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू अहिलेकै अवस्थामा नेतृत्व नछाड्ने अडान लिएका छन् । ‘कुनै हिसाबले पनि शिर झुक्न दिन्नँ । जबसम्म म सक्छु, नेतृत्व छाड्दिनँ,’ ओलीले प्रदेश र जिल्लाका नेताहरुसँगको छलफलमा राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने । 

सोमबार, मंगलबार र बुधबार विभिन्न प्रदेश र जिल्लाका अध्यक्षहरूसँग ‘भर्चुअल’ संवादमा जोडिएका ओलीलाई नेता कार्यकर्ताले पार्टी पुनर्गठनको मुद्दा उठाएका थिए । तर ओलीले अहिले पार्टीको अवस्था कमजोर रहेकोले सम्हालिएर अघि बढ्नुपर्ने बताएका थिए । ‘पार्टी खरानीको थुप्रोमा पुगेको छ । यही थुप्रोबाट हामी माथि उठाउँछौं । तपाईंहरू नआत्तिकन अघि बढ्नुस्,’ ओलीले भने ।

ओलीले प्रदेशका नेताहरुसँग छलफलका क्रममा संसद् पुनर्स्थापनाको मुद्दा लिएर अदालत जाने तयारी भइरहेको बताएका थिए । यसका लागि सभामुख देवराज घिमिरेसमेत सक्रिय रुपले लागेका छन् ।

चुनाव केन्द्रित अभियानमा माओवादी
नेकपा माओवादी केन्द्र पार्टी पुनर्गठनसहित चुनावी गतिविधिमा अघि बढेको छ । केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति गठन भइसकेको अवस्थामा महाधिवेशन समितिका संयोजक पुष्पकमल दाहालले सबै तहका पार्टी पंक्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन निर्देशन दिएका छन् ।

दाहालले परिपत्र जारी गर्दै पार्टी कार्यकर्ताहरूलाई आगामी कात्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गर्न, विवाह तथा बसाइँसराइका कारण मतदान केन्द्र परिवर्तन गर्नुपरेमा आवश्यक प्रक्रिया पुरंयाउन, साथै नाम, जन्ममिति वा अन्य विवरणमा त्रुटि भएमा त्यसको सच्याउन पहल गर्न निर्देशन दिएका हुन् ।

‘निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो । त्यसैले सम्पूर्ण पार्टी पंक्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ,’ परिपत्रमा भनिएको छ ।
 


प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल बुधबार, पुस ९, २०८२
शेखर–गगन नै सार्ने माहोल बनाउँदै
शेखर–गगन नै सार्ने माहोल बनाउँदै बुधबार, पुस ९, २०८२
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा बुधबार, पुस ९, २०८२
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा मंगलबार, पुस ८, २०८२
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा मंगलबार, पुस ८, २०८२
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी मंगलबार, पुस ८, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्‍ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्‍ने मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP