Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • मनाङ यात्रामा मौसम बाधक
मनाङ यात्रामा मौसम बाधक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २०, २०८२

मनाङ- हिमाली जिल्ला मनाङ भ्रमणका लागि असोज, कात्तिक र मङ्सिर महिना उपयुक्त मानिन्छ । यस समयमा मनाङमा पर्यटकको आगमनले भरिभराउ हुने हो । यसवर्ष मनाङमा पर्यटक शून्य नै छ । बाह्य पर्यटकको आगमनका लागि जेनजीको आन्दोलनले प्रभाव पारे पनि आन्तरिक पर्यटक आउने अपेक्षा मनाङवासीले गरेका थिए । दसैँको बिदामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने समय हो ।

यसवर्षको दशैँ बिदामा घुम्ने योजना बनाएका आन्तरिक पर्यटकका लागि मौसम बाधक बन्न पुग्यो । तनहुँको व्यास नगरपालिका–३ दमौली निवासी संगीत घिमिरे मनाङ भ्रमणमा जाने योजना बनाएकामा अहिले स्थगित गरेको बताए। उनी भन्छन् , “मनाङको सौन्दर्यताले आकर्षण गरिरहेको अवस्थामा एक पटक पुग्ने योजना बनाइएको थियो, तर योजना योजनामै सिमित भयो ।”
    
दसैँको टीकाको भोलिपल्ट यात्रामा निस्कने भनिएकामा मनसुन सक्रिय भएर भारी वर्षा हुने सूचनाका कारण यात्रा स्थगित गरिएको घिमिरे बताए। “लामो समयदेखि एक पटक मनाङ पुग्ने धोको थियो, वर्षाका कारण योजना नै स्थगित गरेर बसेका छौं”, उनले भने , “बल्लतल्ल समय मिलाएर बनाएको योजना ‘क्यान्सिल’ भएपछि अब कहिले जाने भन्ने निश्चित छैन ।”
    
“चार जनाको समूह बनेर टीकाटालो गरी निस्कने योजना नै क्यान्सिल गरियो”, उनले भने, “मनाङ पुगेर फर्कने यहाँका मानिसले त्यहाँको सुन्दरताको बयानले अझ प्रलोभनमा पारेको छ, यात्रा सफल बनाउन सकेनौँ मौसम तगारो बन्यो ।” 
जल तथा मौसम विज्ञान विभागले दसैँको टीकापछि तीन दिन यात्रा नगर्न सूचित गरेपछि अधिकांश आन्तरिक पर्यटकको मनाङ यात्रा रोकिएको छ । घिमिरेका समूह जस्तै अन्य आन्तरिक पर्यटकले अहिले हिमाली मनाङको यात्राका लागि मौसम बाधक बनेको छ । दशैँको टीका लगाएर मनाङ भ्रमणमा जाने योजना स्थगित गर्न बाध्य भएका छन् । 
    
जेनजीको आन्दोलनका कारण बाह्य पर्यटकको आगमन तथा बुकिङ भएका होटलसमेत स्थगित गरेकाले मनाङ सुनसान भएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिए । “जेनजी आन्दोलनले विदेश पर्यटक आगमनमा नभए पनि आन्तरिक पर्यटक आउने आशामा थियौं, तर यसवर्ष मौसमका कारण आन्तरिक पर्यटकको आगमन पनि हुन सकेन ।”
    
मनाङको प्राकृतिक सौन्दर्यताले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्दै यहाँको आयस्रोतले देशकै अर्थतन्त्रमा प्रभाव पार्दछ । मुख्य पर्यटकीय समयमा नै पर्यटकको आगमन भएको छैन । विगतमा विदेशी पर्यटक खचाखच हुने भए पनि यस वर्ष जेनजी आन्दोलनले यहाँको पर्यटकीय क्षेत्रमा परेको प्रभावले देशको अर्थतन्त्रलाई असर गरेको छ । 

थोरै जनसङ्ख्या भएको मनाङमा आन्तरिक पर्यटकको पनि यस पटक आगमन नभएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । चाडपर्वका बेलामा घुम्ने परम्परा विकसित भएसँगै यहाँ आन्तरिक पर्यटक पनि वर्षा, पहिरो तथा जेनजी आन्दोलनको प्रभावले आउन नसकेको उहाँको भनाइ छ । 

Hardik health

विगतका वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने मनाङका होटेल यसपालि पर्यटकीय मौसमको सुरुमै सुनसान बनेको होटेल व्यवसायी फुर्वा लामाले बताए । यहाँका बुकिङ भएका होटेल पनि रद्द भएका उनले जानकारी दिए । 

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले दसैँ सकिन नपाउँदै मौसमका कारण बिदामा मिलाएर मनाङ भ्रमणमा आउने पर्यटक पनि आउन नसकेको बताए । “टीकाटालो गरेपछि मनाङ घुम्न जान्छु भन्ने आन्तरिक पर्यटकलाई यस पटक मौसम बाधक बन्यो”, उनले भने, “जेनजी आन्दोलनले प्रभाव पारेको पर्यटन व्यावसायलाई मौसमले पनि साथ दिएन ।” 

विशेषगरी स्वदेशी तथा विदेशी पर्यटकको मनाङ आगमनले देशकै अर्थतन्त्रमा महत्वपूर्ण मानिन्छ । अहिले देशमा नै अर्थतन्त्र घाटामा पुग्ने देखिएको अध्यक्ष गुरुङको भनाइ छ । मनाङवासीको आम्दानी पर्यटन र कृषि तथा पशुपालन हो । तर, आम्दानी शून्य भएको छ । 
    
विदेशी पर्यटक विश्वकै १०औं स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमानास्थित थोराङ्ला भञ्ज्याङ (पास), विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल, मनास्लु हिमाल अरोहण गर्न आउने गर्दथे । स्वदेशी पर्यटक भने चाडपर्वको समयमा लामो बिदामा मनाङलाई भ्रमणको गन्तव्य बनाएर पुग्ने गर्दथे । तर, पर्यटकको लर्को लाग्ने यस समयमा नै यस वर्ष सुनसान छ ।


प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण
नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण आइतबार, कात्तिक २, २०८२
तिहार मनाउन छ लाख मानिसले उपत्यका छोड्ने अनुमान
तिहार मनाउन छ लाख मानिसले उपत्यका छोड्ने अनुमान आइतबार, कात्तिक २, २०८२
डेढ महिनामा सात हजार पर्यटक भित्रिए
डेढ महिनामा सात हजार पर्यटक भित्रिए आइतबार, कात्तिक २, २०८२
अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटक बढ्दै
अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटक बढ्दै शुक्रबार, असोज ३१, २०८२
बाह्र दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक
बाह्र दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक शुक्रबार, असोज ३१, २०८२
पहिलो आरोहणका अन्तिम साक्षीकाे निधन
पहिलो आरोहणका अन्तिम साक्षीकाे निधन बिहीबार, असोज ३०, २०८२
पाँच वर्षमा पनि बनेन दूधकोशीको चुहार पक्की पुल
पाँच वर्षमा पनि बनेन दूधकोशीको चुहार पक्की पुल बिहीबार, असोज ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP