Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपालीहरुलाई उद्धार गर्ने तयारी
नेपालीहरुलाई उद्धार गर्ने तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १३, २०७७
Hardik health
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले विश्वका जुनसुकै देशमा समस्यामा रहेका नेपालीहरुको उद्धार गर्ने तयारी भइरहेको बताएका छन् । उनले सोमबार देशबासीका नाममा सम्बोधन गर्दै कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट स्वदेश फर्कन चाहनेहरुलाई विश्वका कुनै पनि कुनाबाट सरकारले सकेसम्म चाँडोभन्दा चाँडो उद्धार गर्नका लागि नेपालीहरुलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना जारी गरिने बताएका हुन् । कोभिड–१९ को महामारीबाट बच्न सरकारले देशमा लकडाउन घोषणा गरेपछि प्रधानमन्त्री ओलीले दोस्रोपटक सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उद्धारको काममा कुनै ढिलाइ नगरी आवश्यक तयारीहरु अघि बढाइने बताएका छन् । उनले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने विस्तृत योजना छिट्टै ल्याइने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधनका क्रममा विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेकाहरुको समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिने बताएका छन् । उनले सम्बोधनमा भारतबाट घर फर्किनेहरूलाई पनि छुटाएका छैनन् । विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार सीमा पार गर्नुअघि अनिवार्य परीक्षण गर्नुपर्नेमा त्यसो हुन नसक्दा समुदायमा युद्धस्तरमा महामारी फैलिएको उनले बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालीहरू ठूलो संख्यामा कार्यरत रहेका मुलुकका सरकार तथा राष्ट्र प्रमुखस“ग गम्भीर संवाद गरिरहेको पनि बताएका छन् । संवादमा प्रधानमन्त्री ओलीले नेपालीहरूको अप्ठ्यारोमा सहयोग गर्न उनीहरुसँग अनुरोध गरेको बताए । उनका अनुसार सो संवादमा सरकार प्रमुख तथा राष्ट्र प्रमुखले नेपालीहरुको बारेमा निश्चिन्त रहन आश्वस्त पारेका छन् । यसका बाबजुद पनि कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गरिने उनले बताए । सरकार आङ्खना नागरिकप्रति संवेदनशील रहेकाले यसमा निश्चिन्त रहन सबैलाई प्रधानमन्त्री ओलीले आग्रह गर्दै विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका नेपालीहरुलाई सरकारले समयमै उद्दार गर्ने पुनः दोहो¥याएका छन् । विभिन्न माध्याबाट स्वदेश भित्रिइसकेकाहरुले कोरोनाको छिटो परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टिनमा रहन र अन्य नियमहरुको पालना गर्न पनि उनले आग्रह गरेका छन् । यस काममा आवश्यक सहयोग पु¥याउन स्थानीय तहले पनि सहयोग गरिदिन अनुरोध गरे । जनस्तरमा पारस्परिक सहयोगको आवश्यकता हुने भन्दै जनता–जनताबीचको आपसी सहयोग र सजगतामा मात्रै कोरोनाजस्तो महामारीको संक्रमणलाई नियन्त्रण गर्न सकिने प्रधानमन्त्री ओलीले बताएका छन् । सम्बोधनका क्रममा उनले कोही पनि रहरले विदेशिएको नहुने र कसैले पनि इच्छाले संक्रमण बोकेर नफर्किने भन्दै विदेशबाट फर्किएकाहरुको आत्मसम्मानमा चोट नपु¥याउन पनि उनले अनुरोध गरे । घर फर्किएका सबैलाई आङ्खना कारणले आङ्खनो परिवार, छरछिमेक तथा समुदायमा महामारी नफैलियोस् भन्नेमा सतर्क रहन र चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिम स्वास्थ्यसम्बन्धी अन्य नियमहरूको पालना गर्न पनि उनले अनुरोध गरेका छन् । अप्ठ्यारो बेलामा जनतालाई भ्रमित गर्दै समाजमा असन्तोष फैलाउन उद्यत् गैरजिम्मेवार तत्वहरुको बहकावबाट सतर्क रहनसमेत प्रधानमन्त्री ओलीले आह्वान गरे । यतिबेला विदेशमा रोजगारी गुमेर ठूलो संख्यामा हाम्रा श्रमिकहरु स्वदेश फर्कनु परेको भन्दै मुलुकमा विद्यमान र यस्ता विभिन्न ढंगले सिर्जना भएको रोजगारीको अवसर, विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका र स्वदेशमै रोजगारविहीन नेपालीहरुलाई राहत उपलब्ध गराइने पनि उनले बताएका छन् । सरकारले यसका लागि आवश्यक पर्ने उपयुक्त सीप र तालिमको व्यवस्था गर्ने पनि बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ०६:२७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP