Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
विचार
  • Home
  • विचार
  • बडादसैं, जेन–जी सवाल र सरकारको दायित्व
बडादसैं, जेन–जी सवाल र सरकारको दायित्व
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १०, २०८२
रिसव गौतम

 

दसैं हाम्रो यस्तो चाड हो, जुनबेला परदेसिएका धेरै नेपालीहरु घर फर्कने गर्छन् । उनीहरुलाई यस्तो बेला कसरी सहजीकरण गर्न सकिन्छ । त्यसमा सरकारले काम गर्न सक्नुपर्छ । रोजगारीका लागि अहिले विश्वका १०० भन्दा बढी मुलुकमा नेपालीहरु पुगिसकेका छन् । त्यसकारण दसैं तिहार घरदेशमा मात्र होइन परदेशमा पनि मनाइन्छ । अहिले त ६० लाखभन्दा बढी नेपाली विदेशमा छन् भनिन्छ । नेपालमै रोजगारी थियो भने, नेपालमै हरेक आधारभूत कुराहरु व्यवस्थित थियो भने उनीहरु किन जान्थे होला र विदेश ?


 

हिन्दूहरुको महान् चाड वडा दसैं ऐतिहासिक, धार्मिक तथा सांस्कृतिकरुपले मात्र होइन नेपालीहरुको खुसी साटासाट गर्ने साइतका हिसाबले पनि महत्‍वपूर्ण छ । धनी होस् वा गरिब, जस्तै आयस्तर भएकाहरुले पनि मिठो मसिनो खाने, वर्षभरि अरु समयमा नसकिएको लुगाफाटालगायत किनमेल गर्ने र घुमघाम गर्ने, मान्यजनबाट टीका आशीर्वाद थाप्ने यस पर्व महत्‍वका साथ मनाइने गरिन्छ । अझ पछिल्ला वर्षहरुमा त केही नयाँ घरायसी सामान, गाडी, घोडा तथा आवश्यकताका वस्तु किन्न पनि दसैं नै कुर्ने चलन चलेको छ ।

खासगरी यस समयमा नेपालको बजार अत्यधिक चलायमान हुन्छ । फलस्वरुप पनि बजारमा विभिन्न खाले अफरहरु, छुट योजनाहरु, शेल मार्केटहरु, उपभोक्ता सामानहरुको प्रदर्शनीहरु दसैं सेरोफेरो नै हुने गरेको छ । खसी, बाख्रा पालेका ग्रामीण भेगका किसानहरुले यही समय आफ्नो उत्पादनहरु बिक्री गर्न पाउँछन् । यातायात व्यवसायीहरुको होस् वा हवाई क्षेत्रका व्यवसायीहरु हुन् यही समयमा मालामाल हुन्छन् । सरकारी कर्मचारीहरुले डबल तनखा बुझ्न यही दसैं नै आउनुपर्छ । निजी क्षेत्रका व्यवसायीहरुका व्यवसायले यही समयमा बजार पाउँछ । त्यसकारण यो दसैंको समय र सेरोफेरो हरेकका लागि गुल्जार छ । तर कठिन परिस्थितिमा गुज्रिएका, गरिबी र अभावमा पिल्सिएका, शारीरिक अशक्तता र चेतनास्तर कमजोर भएकाहरुका लागि दसैंले उतिसारो अर्थ राख्दैन । हिजोआज दसैंको मुखमा पनि सुदूरपश्चिमा नाकाहरुबाट भारतमा मजदुरी गर्न जानेहरुको भीड लगिरहेको छ ।
नेपालको जस्तो गैरजिम्मेवार शासकहरु भएको देशमा न तिनका व्यथा कसैले बुझ्छ, न त बुझ्‍न प्रयास गरिन्छ । टाढा जानै पर्दैन, त्यही भारत तथा अरबका देशहरुमा राष्ट्रिय चाडपर्वमा राज्यकै स्तरमा जनतालाई सुविधा दिइन्छ । तर नेपालमा आमनेपालीले त्यस्ता सुविधा पाउने कुरा त परको भयो । राष्ट्रिय तथ्यांक कार्यालयको आकडाअनुसार गरिबीमा रहेका २० प्रतिशतलाई पनि सरकारले केही हेर्न सक्दैन । फगत दसैं सुरु हुनु केही अघि देशका विभिन्न ठाउँमा सहुलियत पसल खोलिन्छ र त्यसमा केही रुपैयाँ सहुलियतमा उपभोक्ता वस्तुहरु बिक्री गरिन्छ । जुन नाममात्रको सहुलियतजस्तो लाग्दछन् । 

Hardik health

त्यसकारण यस्ता राष्ट्रिय पर्वहरुलाई सबैको गरिबदेखि धनीसम्मको उल्लाह समय बनाउन सरकारले केही राहत प्याकेज सुरु गर्नैपर्छ । किनकि, सरकारले थोरै मात्र पनि गरिबका लागि गर्ने खर्च त्यो घुमिफिरि अर्थतन्त्र चलायमान बनाउने अस्त्र पनि हो । फरि एउटा सर्वभौम राष्ट्रले आफ्ना हरेक वर्ग र क्षेत्रका जनतालाई लाभान्वित हुनेगरी गर्ने खर्च भनेको प्रत्युत्पादक हुँदैन । जस्तो कि शिक्षा, स्वास्थ्य, पोषण र गरिबका आवश्यकतामा सरकारले गर्ने खर्च न्यायोचित नै हुन्छ ।  किनकि, हाम्रो देशले पनि पूर्वाधारको क्षेत्रमा धेरै गरिसकेको छ । बाटो, घाटो, बिजुली र खानेपानी, इन्टरनेटजस्ता अत्यावश्यक न्यूनतम पूर्वाधारको क्षेत्रमा नेपालमा ठूलो लगानी भइसकेको छ । र, अहिले त्यस क्षेत्रमा प्रगति पनि भइसकेका छन् । त्यसकारण सरकारले अबका दिनहरुमा अलिक फरक र नवीनतम् दृष्टिकोण राख्‍न सक्नुपर्छ । आमजनताको खुसीका लागि, धनी र गरिबीबीचको आसमानता घटाउनका लागि सरकारले त्यही ढंगले काम गर्नुपर्छ । अब केन्द्रको सिंहदरबार गाउँसम्म पुग्यो भनेर मात्र हुँदैन । केन्द्रको गतिलो बजेट दूरदराजका ग्रामीण जनतासम्म पुयाउनेगरी सोच्‍नुपर्छ ।

अब काठमाडौं र त्यसका वरिपरिका जिल्लाहरु मात्र सुविधा सम्पन्न भएर हुँदैन । हरेक जिल्लाहरुमा ती अवसर सुविधाहरु पुर्‍याइनुपर्छ । अन्यथा हालैका केही दिनअघि भएको जेन–जी आन्दोलनजस्ता विद्रोह फेरि पनि उठ्न सक्छन् । भनाइको आशय राज्यले एक्लो विनोद चौधरी बनाउने होइन, तीन करोड विनोद चौधरी बनाउने नीति लिनुपर्छ । त्यो भनेको समानताको नीति हो । धनीलाई पनि अझै धनी हुने वातावरण नखुम्च्याउने तर गरिबलाई अलि बढी प्रोत्साहन दिएर धनी हुनेगरी सहयोग गर्ने सरकारको नीति हुनुपर्छ । अनिमात्र चाडपर्व आमनेपालीले रौनकपूर्वक मनाउन पाउँछन् । सबैले खर्च गर्नसक्ने वातावरण बन्छ । 

विडम्बना यहाँ त चप्पल पडकाउँदै राजनीतिमा आएकाहरु अर्बौंका मालिक भएका छन् । राजशी जीवन उनीहरुकै छ । आफ्नै बलबुता र मिहेनतमा व्यापार गर्नेहरुको हात पुरपुरोमा छ । तर सबैभन्दा बढी नाफाको व्यापार वा पेसा जस्तोे राजनीतिलाई बनाइएको छ । उनीहरु सत्ता र शक्तिको नजिक रहेर हरेक कुरामा दलाली र कमिसन खाने, कामै नगरीकन सहरमा बंगला, हार, कार, सुख, सुविधामा रम्ने अनि त्योे देखेका आक्रोसित जनताले नेताका घरमा आगो लगाए भनेर मात्र हुन्छ र ? भन्नुस् त नेताका घरमा आगो लगाउने धरातल कसले खडा गरेको हो ? समाज सेवाको उच्चतम् रुप हुनुपर्ने राजनीति किन डुङडुङ्ती गनायो ? किन नेता भन्नेबित्तिकै मान्छेहरु नाक खुम्च्याउँछन् ? ठग र भ्रष्टाचारीको जामा पहि¥याइहाल्छन् । त्यो सबै चिजको जिम्मेवार उनीहरु नै हुन् । त्यसकारण नैतिकतासहितको राजनीति र सेवा आजको आवश्यकता हो । राज्यले जनताको मन छुने ठाउँमा, आत्मैदेखि महसुस गर्ने ठाउँमा लगानी गर्नुपर्छ । त्यो भनेको यस्तै चाडबाडमा सरकारले नहुनेहरुलाई, गरिब तथा विपन्नहरुलाई मद्दत गर्नु पनि हो । राजमार्गका होटलहरुमा, गाडी भाडाहरुमा ठग्नेहरुलाई तह लगाउनु प¥यो । जनताको दैनिकीलाई सहज बनाउनुप¥यो । अनि न जनताको मन फर्किन्छ ।

दसैं हाम्रो यस्तो चाड हो, जुनबेला परदेसिएका धेरै नेपालीहरु घर फर्कने गर्छन् । उनीहरुलाई यस्तो बेला कसरी सहजीकरण गर्न सकिन्छ । त्यसमा सरकारले काम गर्न सक्नुपर्छ । रोजगारीका लागि अहिले विश्वका १०० भन्दा बढी मुलुकमा नेपालीहरु पुगिसकेका छन् । त्यसकारण दसैं तिहार घरदेशमा मात्र होइन परदेशमा पनि मनाइन्छ । अहिले त ६० लाखभन्दा बढी नेपाली विदेशमा छन् भनिन्छ । त्यो पनि सबैभन्दा बढी लाउँलाउँ र खाउँखाउँ भन्ने सक्रिय उमेरका नेपालीहरु विवशताले डो¥याएर परदेशमै छन् । नेपालमै रोजगारी थियो भने, नेपालमै हरेक आधारभूत कुराहरु व्यवस्थित थियो भने उनीहरु किन जान्थे होला र विदेश ?

त्यसकारण नयाँ नागरिक सरकार बनेको छ, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा । मन्त्रीमण्डल पनि बनाएकी छन्, विभिन्न क्षेत्रमा राज्यलाई केही न केही योगदान दिएका, ख्याती कमाएकाहरुलाई समेटेर । गैरदलीय व्यक्तिहरु नै रोजेकी छन् । यसले आशा जगाएको छ । तर प्रधानमन्त्रीले बुझ्नुपर्छ कि यो सरकारको प्रमुख म्याण्डेट भनेको तोकिएकै समयमा चुनाव गराउनु हो । दोस्रो, म्याण्डेट भनेको जेन–जीहरुले उठाएको २०४६ सालपछिका प्रमुख भ्रष्टाचार काण्डहरुको उच्चस्तरीय छानबिन आयोग बनाएर अविलम्ब त्यसको प्रतिवेदन सार्वजनिक गर्नु हो । यदि उनले तीन महिनाभित्रै त्यो काम सम्पन्न गर्न सकिन् भनेमात्रै जेन–जी आन्दोलनको मर्म स्थापित हुने छ । 

किनकि छानबिन आयोगले दोषी देखाएका व्यक्तिहरुले कम्तीमा चुनाव लड्न पाउँदैनन् । फलस्वरुप आगामी निर्वाचनबाट राम्रा र अवसर नपाएका युवाहरु आउने आशा गर्न सकिन्छ । त्यसकारण सेलिबे्रटीमात्रै बटुल्ने होइन । उनीहरुले उत्पात काम गरेर देखाउने समय पनि छैन । दैन्दिन सरकारी कामहरु सम्पादन गर्न धेरै सेलिब्रेटी चाहिँदा पनि चाहिँदैन । चुनावको व्यापक तयारीमा सरकार जुट्नुपर्छ । त्यो वातावरण बनाउनुपर्छ । र, दसैं, तिहार, छठ,लगायतका चाडबाडमात्र होइन जनताको दैनिकीलाई कसरी सहजीकरण गर्न सकिन्छ त्यसबारे प्रधानमन्त्रीले सोच्‍नुपर्छ ।
 


प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप विचार
धिमे मैचा इन्दिरा लाछिमस्युको विद्रोह
धिमे मैचा इन्दिरा लाछिमस्युको विद्रोह सोमबार, मंसिर १, २०८२
आवेग होइन व्यावहारिक राजनीतिको आवश्यकता
आवेग होइन व्यावहारिक राजनीतिको आवश्यकता सोमबार, मंसिर १, २०८२
आर्थिक विकासमा सामाजिक मूल्यमान्यता र संस्थाको महत्‍व
आर्थिक विकासमा सामाजिक मूल्यमान्यता र संस्थाको महत्‍व आइतबार, कात्तिक ३०, २०८२
खेमराज पोखरेललाई सम्झदा
खेमराज पोखरेललाई सम्झदा बिहीबार, कात्तिक २७, २०८२
युवा नेतृत्वको खोजी
युवा नेतृत्वको खोजी मंगलबार, कात्तिक २५, २०८२
राजनीतिक पाठशालाको सन्देश
राजनीतिक पाठशालाको सन्देश सोमबार, कात्तिक २४, २०८२
माछाखेतीको बहुआयमिक लाभ
माछाखेतीको बहुआयमिक लाभ आइतबार, कात्तिक २३, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP