Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘राज्य निर्माण सबैको साझा जिम्मेवारी’ : अधिवक्ता कृष्णप्रसाद खनाल
जेनजी आन्दोलन ‘राज्य निर्माण सबैको साझा जिम्मेवारी’ : अधिवक्ता कृष्णप्रसाद खनाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १०, २०८२

काठमाडौं-  जेनजी आन्दोलनका क्रममा २३ र २४ गतेको भीड, नारा र त्यसले पारेको हानी-नोक्सान अझै पनि जनमानसमा ताजा छ । यही घटनाबारे स्मरण गर्दै अधिवक्ता कृष्णप्रसाद खनाल (विराज) भन्छन् –‘राज्य निर्माणको जिम्मेवारीबाट कसैले पनि उम्कन सक्दैन। यो बोझ मात्र सरकारको काँधमा छैन, यो त हामी सबै नागरिकको साझा कर्तव्य हो ।’

उनको स्वरमा विरोध मात्र होइन, विकल्पसहितको आग्रह पनि मिसिएको छ । खनालको भनाइमा, विरोधका लागि मात्र विरोध गर्ने समय सकिएको छ, अब संवादका ढोका खोल्नुपर्छ र विकल्पका बाटा खोज्नुपर्छ । ‘म र मेरो टिम तयार छौं, के तपाईं पनि तयार हुनुहुन्छ ?’ उनले प्रश्न गरे ।

धुलिखेल नगरपालिका-८ निवासी खनाल उमेरले पचास कटे पनि आँखामा अझै युवा जोश देखिन्छ । दुई दशकभन्दा बढी समय वकिल पेशामा बिताएका उनले अदालतका मुद्दामात्र होइन, गाउँगल्लीका विपन्नको पीडा बुझन्न पनि निरन्तर अग्रसर रहँदै आएका छन्  । 

करिब २३ वर्षअघि उनले सुरु गरेको निशुल्क कानुनी सेवा आज पनि सर्वसाधारणलाई न्याय दिलाउने एउटा आधार बनेको छ । ‘न्याय पैसाले किन्न सकिने वस्तु होइन, यो प्रत्येकको हक हो,’ उनी भन्छन् । यही सोचले उनलाई समाजसेवामा सक्रिय राखेको छ।

Hardik health

२०७२ सालको महाभूकम्पदेखि कोभिड–१९ महामारीसम्म, उनी उद्धार, राहत र समुदायप्रति समर्पित गतिविधिमा अग्रपंक्तिमा देखिएका थिए । यसअघि उनी करिब एक दशक यूनिसेफमा कार्यरत रहँदा बालबालिका र समुदायका लागि उल्लेखनीय योगदान दिएका थिए ।

युवाशक्ति विदेशिनुपर्ने अवस्था र पछिल्लो ‘जेनजी आन्दोलन’बारे खनाल चिन्तित छन् ।  उनले भने,‘यदि सरकारले समयमै रोजगारी सिर्जना गर्ने गम्भीर योजना ल्याएको भए, युवाशक्ति परदेशिनुपर्ने थिएन। न त नेपालले पछिल्लो आन्दोलन भोग्नुपर्ने थियो ।’

उनले वैज्ञानिक भूमि सुधार, स्वचालित प्रशासनिक प्रक्रिया र रोजगारी प्रत्याभूत गर्ने योजनामा सरकार गम्भीर हुनुपर्ने जोड दिएका छन् । उनका अनुसार घरमै बसेर विना झन्झट सरकारी सेवा लिन सक्ने व्यवस्था सम्भव छ, तर राज्यको उदासीनताले जनता अझै निराश छन् । 

खनालले जेनजी आन्दोलनका घटनाहरूको निष्पक्ष छानबिनका लागि सक्षम नेतृत्वमा आधारित समावेशी उच्चस्तरीय समिति गठन हुनुपर्ने माग गरेका छन् ।  कुनै दलसँग प्रत्यक्ष संलग्न नभए पनि न्याय, समानता र नागरिक अधिकारका सवालमा उनी स्पष्ट र दृढ छन् । 

उनका लागि न्याय केवल कानुनी शब्द होइन, जीवनको दर्शन हो । समाजसेवा केवल कर्तव्य होइन, आत्माको आवाज हो। र राज्य निर्माण केवल नेताहरूको जिम्मेवारी नभई सम्पूर्ण नेपालीको साझा उत्तरदायित्व हो भन्ने उनको भनाइ छ ।
 


प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १०:१५
#जेनजी_आन्दोलन
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधसभाः भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग
प्रतिनिधसभाः भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग मंगलबार, जेठ १२, २०८३
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने मंगलबार, जेठ १२, २०८३
बौद्धनाथ क्षेत्रको अभिलेख सुरक्षित राख्न निर्देशन
बौद्धनाथ क्षेत्रको अभिलेख सुरक्षित राख्न निर्देशन मंगलबार, जेठ १२, २०८३
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची मंगलबार, जेठ १२, २०८३
मंगलबारकाे प्रतिनिधि सभा बैठक
मंगलबारकाे प्रतिनिधि सभा बैठक मंगलबार, जेठ १२, २०८३
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश मंगलबार, जेठ १२, २०८३
परराष्ट्रमन्त्रीको भ्रमण रद्द भएपछि रवि आफैं भारत जाँदै
परराष्ट्रमन्त्रीको भ्रमण रद्द भएपछि रवि आफैं भारत जाँदै मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP