Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #भोजपुर
  • #नारायणगढ–मुग्लिन सडक
  • #मिस्टर_नेपाल
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • नेपाल पर्यटकको स्वागतका लागि तयार : पर्यटन बोर्ड 
नेपाल पर्यटकको स्वागतका लागि तयार : पर्यटन बोर्ड 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज ५, २०८२

ढाका -  बंगलादेशको ढाकामा सम्पन्न १२औं एशियन पर्यटन मेलामा नेपाल पर्यटक स्वागतका लागि तयार भएकोले नेपाल भ्रमणका लागि र्यटन बोर्डले आग्रह गरेको छ । असोज २ (सेप्टेम्बर १८) देखि असोज ४ (सेप्टेम्बर २०) सम्म अन्तर्राष्ट्रिय ढाकास्थित कन्वेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा नेपाल पर्यटन बोर्डले ‘नेपाल पर्यटक स्वागतका लागि पूर्णमा तयार रहेको’ सन्देश प्रवाह गरेको हो । 


हालैको जेन-जी आन्दोलनका क्रममा नेपालमा उत्पन्न चुनौतीपछि अन्तर्राष्ट्रिय मेलामा नेपालका पर्यटन व्यवसायिक कम्पनीहरूको यो पहिलो ठूलो सहभागिता हो । यसले नेपाल सामान्य अवस्थामा फर्किएको र पर्यटकहरूको सुरक्षित स्वागतका लागि तयार रहेको सन्देश बंगलादेशका पर्यटन व्यवसायी र पर्यटकहरूलाई दिएको छ ।

नेपालका लागि बंगलादेशस्थित राजदूत घनश्याम भण्डारीले मेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालको पर्यटन उद्योगले विभिन्न चुनौतीबीच पनि छिटो पुनरुत्थान गर्न सक्ने क्षमता रहेको उल्लेख गरेका छन् । उनले नेपाल-बंगलादेशबीचको पर्यटन सहकार्य र जनस्तरीय सम्बन्ध अझ मजबुत बनाउनु पहल भइरहेको बताएका छन् । सोही मेलामा राखिएको नेपाल स्टलमा ठूलो संख्यामा आगन्तुकहरूको उपस्थिती रहेको थियो । स्टलमार्फत सहभागी नेपाली कम्पनीहरूले नयाँ अवसर पहिचान गर्न, पुराना सम्बन्धलाई नवीकरण गर्न र आफ्ना प्याकेज तथा सेवाहरू प्रस्तुत गरेका थिए ।

Hardik health

कयौँ बंगलादेशी आगन्तुकहरूले हालैको जेन-जी आन्दोलनपछिको नेपालको अवस्थाबारे जिज्ञासा राखे पनि उनीहरूले नेपाल छिटो सामान्य अवस्थामा फर्किएको देखेर सन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले बंगलादेशमै विगत वर्षमा भएका राजनीतिक घटनाक्रमसँग तुलना गर्दै नेपाल भ्रमण गर्ने योजनामा कुनै असर नपरेको प्रतिक्रिया दिएका छन् । 

बंगलादेश नेपालका लागि तीव्र रूपमा बढ्दो पर्यटक बजार बन्दै गएको छ । सन् २०२४ मा नेपालले करिब ४९ हजार बंगलादेशी पर्यटक स्वागत गरेको थियो भने सन् २०२५ को पहिलो आठ महिनामै बंगलादेशी पर्यटक आगमनमा झन्डै ३२ प्रतिशत वृद्धि भएको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ । भौगोलिक निकटता, समान जीवनशैली र बंगलादेशको बढ्दो आर्थिक क्षमता नेपालका लागि ‘अवसर’ साबित भएको छ ।

यस वर्षको मेलामा आठ विभिन्न देशका १५० संस्था सहभागी भएका थिए । १८० स्टलमार्फत पर्यटनसम्बन्धी सेवा र प्याकेजहरू प्रस्तुत गरिएको थियो । नेपाल पर्यटन बोर्डसँगै नेपालका हिमालयन क्लब टुर्स एण्ड ट्राभल, नेपाल बिग माउन्टेन ट्राभल कम्पनी, दि ट्रेक नेपाल, गो नेपाल ट्राभल टुर्स एण्ड ट्रेकिङ, स्नोवी होराइजन ट्रेक्स एण्ड एक्सपिडिसन, क्लासिकल एडभेन्चर नेपाल, हिमालगरी ट्राभल एण्ड टुर्स, फिमेल गाइड काठमाडौं, काठमाडौं स्वीट होम, र रेगुलस ट्रेक्स एण्ड एक्सपिडिसन गरी १० कम्पनी सहभागी भएका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार बंगलादेशमा भएको यस सहभागिताले नेपाल सुरक्षित र आतिथ्यताका लागि उपयुक्त गन्तव्य रहेको स्पष्ट सन्देश प्रवाह गरेको छ, जसले दुवै देशबीचको पर्यटन सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग गर्नेछ ।
 


प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
जनश्रमदानबाट सडक मर्मत
जनश्रमदानबाट सडक मर्मत आइतबार, असोज ५, २०८२
गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव
गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव आइतबार, असोज ५, २०८२
दसैंको मुखमा प्रमुख राजमार्ग अवरुद्ध, घर जाने यात्रु अलपत्र
दसैंको मुखमा प्रमुख राजमार्ग अवरुद्ध, घर जाने यात्रु अलपत्र आइतबार, असोज ५, २०८२
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द बिहीबार, असोज २, २०८२
मन्त्री घिसिङको निर्देशनपछि तातोपानी सडक बनाउन तातियो विभाग
मन्त्री घिसिङको निर्देशनपछि तातोपानी सडक बनाउन तातियो विभाग बिहीबार, असोज २, २०८२
पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले-बाघखोर’
पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले-बाघखोर’ बुधबार, असोज १, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP