Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • दसैंको मुखमा प्रमुख राजमार्ग अवरुद्ध, घर जाने यात्रु अलपत्र
दसैंको मुखमा प्रमुख राजमार्ग अवरुद्ध, घर जाने यात्रु अलपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज ५, २०८२
  • तुइन खोलामा पहिरो झरेको झर्‍यै, यात्रुहरूको विजोग
  • देशभरका विभिन्न राजमार्ग अवरुद्ध
  • अवरुद्ध राजमार्ग छिटो खुलाउन भौतिक पूर्वाधारमन्त्री घिसिङको निर्देशन
     

काठमाडौंऔ दसैंमा घर जानेहरूको भीड काठमाडौंका बसपार्कहरूमा देखिँदा प्रमुख राजमार्गहरू बाढी र पहिरोले अवरुद्ध भएका छन् । राजमार्गहरू अवरुद्ध भएसँगै कतिपय यात्रुहरू बीच बाटैमा अलपत्र परेका छन् । घर जान भनेर बसपार्कमा पुगेका यात्रुहरू रोकिनु परेको छ । 

देशकै सर्वाधिक व्यस्तमध्येमा पर्ने मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार बिहानैदेखि उक्त सडक दुईतर्फी नै बन्द भएको हो । पहिरो खसिरहेका कारण पन्छाएर सवारी सञ्चालन गर्न नसकिएको चितवनका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले बताए । ‘पहिरो झरेको झरेकै भयो । रोकिँदै रोकिएन । हाम्रो टोली पहिरोग्रस्त नजिकै छ,’ उनले प्रभावसँग भने, ‘पहिरो रोकिएपछि पन्छाउँछौं ।’

पहिरो झरेको झरेकै भयो । रोकिँदै रोकिएन । हाम्रो टोली पहिरोग्रस्त नजिकै छ । पहिरो रोकिएपछि पन्छाउँछौं ।
गोविन्द पुरी
प्रहरी उपरीक्षक, चितवन
 

उनले आज (आइतबार) मध्याह्न १२ बजेअघि पहिरो पन्छाएर सवारी सञ्चालन गर्न मुस्किल पर्ने बताए । पहिरो खसेको क्षेत्र चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा हो । त्यहाँ शुक्रबारदेखि नै पहिरो खसिरहेको हो । पहिरो खसिरहेपछि सडक अवरुद्ध हुँदा यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरू बाटोमा अलपत्र परेका छन् । अलपत्र यात्रुहरूलाई शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालय र प्रहरीले पानी र खानाको व्यवस्था गरेको एसपी पुरीले बताए ।

Hardik health

अविरल वर्षापछिको बाढीपहिरोले मुग्लिन–नारायणगढ सडकमात्रै होइन, देशका विभिन्न मुख्य राजमार्गहरू पनि अवरुद्ध भएका छन् । कोशी राजमार्गको संखुवासभास्थित भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा अविरल वर्षापछि सडक पूर्णरूपमा बिग्रिएको छ । सिद्धिचरण लोकमार्गको उदयपुरको कटारी नगरपालिकारू–८ को सिरिरेमा पहिरोले सडक पूर्वरुपमा अवरुद्ध छ ।

साउनको २४ गते रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा पर्ने नेपाल–चीन जोड्ने पुल बाढीले बगाए पनि अझै पुनर्निर्माण हुन सकेको छैन, जसले गर्दा अझैसम्म पूर्णरूपमा यो सडक अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा पर्ने कोदारी र सोही गाउँपालिकाको वडा नम्बर ४ स्थित डाक्लाङमा पहिरोका कारण सडक पूर्णअवरुद्ध रहेको सडक विभागले जानकारी दिएको छ ।

दसैंको मुखमा मुख्य राजमार्ग नै अवरुद्ध भएपछि शनिबार दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल भयो । भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले राजमार्ग खुलाउन र वैकल्पिक व्यवस्थासमेत गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

यात्रुवाहक सवारी सुरुङमार्गबाट सञ्चालन, दाउन्ने खण्डमा ठूला सवारीलाई रोक
दसैंमा घर जाने यात्रुलाई सहज बनाउन यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्गबाट चल्न दिइने भएको छ । शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई उक्त सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

मन्त्रालयको निर्णयमा भनिएको छ, ‘काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारीसाधनहरूमध्ये यात्रुवाहक सार्वजनिक सवारीसाधनहरू सो सुरुङमार्ग (नागढुंगा–सिस्नेरी)बाट बाहिर जाने ।’मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका लागि निर्देशन दिए । त्यसैगरी बाढीपहिरोले अवरुद्ध सडकहरु तत्काल सञ्चालनमा ल्याउन पनि निर्देशन दिएका छन् । आम नागरिकहरुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने निर्णयसमेत भएको छ । 

मुलुकभरिको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न २४ घण्टा नै सञ्चालन हुनेगरी ‘फोकल पर्सन’ समेतको व्यवस्थापन गर्नरगराउन सडक विभागलाई निर्देशन दिइएको छ ।

दाउन्‍ने खण्डमा ठूला सवारीलाई रोक
बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दसैं अवधिमा ठूला भारवाहन (१२ चक्के र सोभन्दा माथि) सवारीसाधन सञ्चालन नहुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङको अध्यक्षतामा शनिबार बसेको बैठकले दसैंको अवधिभर यात्रुवाहक सवारीहरूको चाप बढ्ने हुँदा ठूला भारवाहन सवारीलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । यद्यपि, बैठकले खाद्यान्नलगायतका अत्यावश्यक सामाग्रीहरू ढुवानी गर्ने सवारीसाधनलाई भने सञ्चालनमा रोक नलगाउने निर्णय गरेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

 


प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल सोमबार, साउन १८, २०८३
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द सोमबार, साउन १८, २०८३
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै बिहीबार, साउन १४, २०८३
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल आइतबार, साउन १०, २०८३
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक शुक्रबार, साउन ८, २०८३
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण मंगलबार, साउन ५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP