पाटन- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले कांग्रेस पार्टी कार्यालयको अवलोकन गरेका छन् । आज बिहान ‘जेनजी’ प्रदर्शनका क्रममा जलाइएको कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर उहाँहरूले आवश्यक जानकारी लिएका हुन् ।
उपाध्यक्षद्वय गुरु बराल, अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई, नेता अमृतकुमार बोहरालगायत नेताहरू अवलोकनमा गएका थिए । उनीहरूलाई कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय कार्यालय सचिव प्रदीप पराजुलीले क्षतिको जानकारी गराएका थिए ।
“एउटै समूहले योजनाबद्ध रूपमा क्षति पुर्याएको हो । पहिलो, दोस्रो र तेस्रो पटकसम्म उनीहरू आएर सामग्री लुटेर लगे, चौथोपटक आएर आगो लगाइदिए”, श्रेष्ठले भने ।